Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सरकार सुध्रिएर जनपक्षिय हुनुपर्छ –प्रचण्ड, सरकारले राम्रै गरिरहेको छ –ओली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुचर्चित स्थायी समिति बैठक आजबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा नेकपाका अध्यक्षद्वाय पुस्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले आआफ्ना धारणा राखेपछि आजको लागी सकिएको छ र भोली पुन बस्नेछ ।

बैठकमा धारणा राख्दै अध्यक्ष प्रचण्डले सुध्रनु या सिद्दिनुको विकल्प नभएको बताएका छन् भने अर्का अध्यक्ष ओलीले सरकारको बचाव गर्दै पार्टीभित्र नै विपक्ष जन्मेको र राम्रो काम गर्दागर्दै आलोचना भएको बताएका छन् ।

स्रोतका अनुसार प्रचण्डले बैठकमा निकै गम्भिर भएर धारणा राखेका थिए । उनले प्रधानमन्त्री समेत रहेको ओली र सरकारप्रति लक्षित गर्दै घमण्ड र दम्भ बढेको बताएका थिए । उनको भनाई उल्लेख गर्दै स्रोत भन्छ, –‘सरकार र पार्टी सफल बनाउनका लागी आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबाट पछि हटे तर घमण्ड र दम्भ बढ्यो र कसैका कुरा नसुन्ने जस्तो भयो ।’

उनले थपे, –‘अहिलेको बहुमत एउटा व्यक्तिका लागि आएको होइन। यो नेकपाका लागि आएको हो’ ।

उनले पार्टीमा यस्तै अवस्था रहे र नेतृत्वले कार्यशैली नसच्याए पार्टी विघटनको दिशामा जाने समेत बताए । उनले थपे, –‘अहिले यो अनूभुति भएको छैन। यही अवस्था रहिरह्यो भने आगामी दिनमा पार्टी विघटनको दिशामा जान्छ।’

उनले भने, ‘मैले गल्ती गरेको भए म सच्चिनुपर्छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्रीले गल्ती गएको भए उहाँ सच्चिनुपर्छ र त्याग गर्न तयार हुनुपर्छ । पार्टीलाई एकतावद्ध बनाउनुपर्छ ।’

\"\"

साथै प्रचण्डले पार्टी सामु ‘फाइट टू फिनिस’ हुने गरी आन्तरिक सघर्षमा गएर एकता पैदा गर्ने विकल्प मात्रै बाँकी भएकोले सुध्रिन र पार्टीलाई एकताबद्द गर्न समेत भनेका थिए । उनले आफुहरुसँग एकताको बाटो रोज्नुपर्ने बाध्यताबाहेक अर्को विकल्प नरहेको भएपनि आन्तरिक सघर्षबाट एकता पैदा गर्ने मुडमा रहेको स्पष्ट पारेका थिए ।

यसैगरी अर्का अध्यक्ष ओलीले भने अधिकांश समय सरकारको कामको बचाव गरेका थिए भने पार्टीभित्रै विपक्षीहरु निस्केको बताएका थिए । स्रोतले ओलीको भनाई उदृत गर्दै भन्यो, –‘हाम्रा साथीहरूले आफ्ना असन्तुष्टि पार्टीका बैठकमा राखे हुने हो तर बाहिर भन्दै हिँड्नुहुन्छ’ उनले भने, -‘पार्टीका मान्छेले आलोचना गरेपछि जनताले पनि त्यही कुरा पत्याउँदा रहेछन्।’

उनले कम्युनिष्टको नेतृत्वमा सरकार बनेकोमा अन्तराष्ट्रिय र राष्ट्रियरुपमा केही मानिसहरुलाई मन नपरेकोले सरकारलाई असफल बनाउन लागि परेको समेत बताएका थिए ।

उनले सरकारले राम्रो काम गरिरहेको र कोरोनासँग सफलतापुर्वक लडिरहेको बताएका थिए । अर्का अध्यक्ष लगायतका नेताहरुप्रति इंगित गर्दै ओलीले आफुलाई घेराबन्दीमा पारेको गुटउपगुटको राजनीति भएको बताएका थिए ।

उनले अहिले गुटउपगुटमा लाग्ने बेला नभएको र महाधिवेशनसम्म सहमतिमै अघि बढ्नुपर्नेमा जोड गरेका थिए ।

दल विद्येयक गल्ती भएको थिएन

प्रधानमन्त्री ओलीले बैठकमा धारणा राख्दै दलविभाजनसम्बन्धि विद्येयक ल्याएर ‘आफुले गल्ती नगरेको बरु साथिहरुले भनेको मानेको’ बताएका छन् ।

आफ्नो नेतृत्वको सरकारले देशलाई समाजवाद उन्मुख बनाएको र कोरोना भाइरसको महामारी नियन्त्रणमा पनि राम्रो काम गरेको उनको दाबी थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: