Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

वामदेव फेरी ओली कित्तामा नरहेको सचिवालयको घोषणा

काठमाडौं । बजेट र लिम्पियाधुराको नक्सा प्रकरणबाट शान्त देखिएको सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)मा पुन अन्तरविरोध चर्कने संकेत देखिन थालेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र मनमौजी निर्णयका विरुद्द भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालसमेतले गठबन्धन गरी निर्णायक लडाईमा उत्रिएका बेला कित्ता परिवर्तन गरी उपाध्यक्षसमेत रहेका वामदेव गौतम ओलीको पक्षमा उभिएपछि अन्य नेताहरु अप्ठ्यारोमा परेका थिए।

नेकपाको ९ सदस्यिय सचिवालयमा प्रचण्ड, नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल लगायत ओलीको कार्यशैली सच्याउनुपर्ने वा ओलीले पद त्याग्नुपर्ने अडानमा थिए ।
संविधान संशोधन गरी गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले सचिवालय बैठकमा गरेपछि फुर्किएका गौतमले ओलीको विकल्प नभएको भन्दै बोलेका थिए भने पौडेल पनि ओलीकै कित्तामा उभिएका थिए ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र नहटाउने पक्षमा सांसदहरुलाई हस्ताक्षर समेत गराइएपनि कुनै पक्षमा समेत बहुमत आवश्यक संख्या पुगेको थिएन ।

यसैबिच बजेट तथा भारतले सिमा मिचेर सडक बनाएको विषय आउपछि साम्यजस्तो देखिएको नेकपा विवाद एमसिसिमा समेत स्पष्ट विभाजन देखिन्छ ।

यस्तो अवस्थामा गौतमका प्रेस सल्लाहाकार समेत रहेका विश्वमणी सुवेदीले एक आज एक फेसबुक पोष्ट सार्वजनिक गर्दै गौतम ओली कित्तामा नरहेको बताएका छन् । उनले भनेका छन्, –‘ क. केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । क। वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । क. वामदेवलाई पनि त्यहीँ भेटिदैछ ।’

सुवेदीको फेसबुकपोष्ट सँगै नेकपामा अन्तरविरोध फेरी बढ्ने त होइन भन्ने प्रश्नचिन्हमात्रै खडा गरेको छैन प्रचण्ड, नेपालको कित्ता झन शक्तिशाली बनेको संकेत समेत गरेको छ ।

यसअघि ओलीको पक्षमा उभिएका भनिएका राम बहादुर थापा बादल समेत एमसिसिको पक्षमा नरहनुले अन्त्रविरोध फेरी चर्कने संकेत गरेको छ ।

हेर्नुहोस् सुवेदीको फेसबुक स्ट्याटस-

https://www.facebook.com/bishwamani.subedi/posts/10158355874217744
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: