Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

स्वदेश फर्किँदै नेपाली: हेर्नुस् उडान तालिका र भाडादर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन उडानको मिति र भाडा दर तोकेको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्ससँगै अब विदेशी जहाजले पनि उडान गर्न पाउने भएका छन् ।

पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपाली स्वदेश फिर्तीका लागि मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सिसीएमसीलाई बुझाएको छ ।

मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ २९ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ ।

३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजले २४ वटा उडान भर्नेछन् ।

उडान तालिका

जेठ २९ गतेः कुवेतबाट दुई उडान
जेठ ३२ गतेः बंगलादेश
असार १ गतेः माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमन
असार २ गतेः संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्स
असार ३ गतेः अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिका
असार ४ गतेः साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन
असार ५ गतेः जापान, कुवेत, साउदी अरब र नाइजेरिया
असार ६ गतेः साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियन
असार ७ गतेः दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया
असार ८ गतेः अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार
असार ९ गतेः जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा
असार १० गतेः साउदी अरब, कुवेत
असार ११ गतेः साइप्रस र इजरायल

भाडादर

मन्त्रालयले विदेशबाट हुने नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण गरेको छ ।

साउदी अरबको दमामका लागि पाँच सय ९० डलर, रियादका लागि ६ सय ३० डलर, जेदहाका लागि ७ सय ७० डलर, कुवेतका लागि पाँच सय ७० डलर, कतारको दोहाका लागि पाँच सय ४५ डलर, ओमानका लागि पाँच सय १० डलर, यूएईको दुबई, आबुधावी र शारजाहका लागि समान ५ सय डलर भाडा तोकिएको छ ।

\"\"

यस्तै मलेसियाको क्वालालाम्पुरका लागि पाँच सय २० र बहराइनका लागि पाँच सय ४५ डलर तोकिएको छ। नारिताका लागि ९ सय ३५ डलर, जोर्डनका लागि ८ सय १५, साइप्रसका लागि ८ सय ७५, लन्डनका लागि एक हजार ३ सय ४० र जर्मनीको फ्रान्कफर्टका लागि एक हजार २ सय ५५ डलर भाडा तोकिएको छ ।

हङकङका लागि पाँच सय ५०, माल्दिभ्सका लागि पाँच सय ५, कम्बोडियाका लागि ४ सय, बैंककका लागि ३ सय ९०, नयाँ दिल्लीका लागि २ सय ५, बैंगलोरका लागि ३ सय ३५, मुम्बईका लागि ३ सय १०, बंगलादेशका लागि एक सय ६५ र सुडानको खार्तुनका लागि ९ सय ४० डलर तय भएको छ ।

उडानका नियम

चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णय गरेको छ ।

यात्रुको व्यवस्था भने नेपाल सरकारको कुटनीतिक नियोगले गर्नुपर्ने छ । कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ ।

\"\"

नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ रिजल्ट रहेको प्रमाण पेस गर्नुपर्ने छ । त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: