Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

चौरजहारी घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही होस् : जनार्दन

काठमाडौ । नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् । रुकुम (पश्चिम) निर्वाचित प्रतिनधिसभा सदस्य शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै चौरजहारीमा भएको घटना मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीका रुपमा लिएको भन्दै छानबिनको माग गरेका हुन् ।

उनले भनेका छन्, “उक्त घटनाको घोर भत्र्सना गर्दै अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुन्न भन्ने मेरो स्पष्ट धारणा छ । अपराधी नछुटुन् र निर्दोष नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य अनुसन्धान मुख्य कुरा हो ।” सांसद शर्माले घटनाको छानबिनका लागि सरकारसँग उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनमा माग गर्दै भनेका छन्, “घटनाको छानबिनमा सहयोग गर्न म प्रतिबद्ध छु ।”

संविधानमा दलित अधिकार उल्लेख भए पनि वैचारिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिकरूपमा समाजलाई रुपान्तरण गर्न अझै सफल नभएको यस घटनाले देखाएको उल्लेख गर्दै उनले भनेका छन्, “यस्ता घटना फेरि पनि नघटुन् भन्नका लागि सामन्ती चिन्तन प्रवृत्तिविरुद्ध बृहत सांस्कृतिक रुपान्तरणको सङ्घर्ष आवश्यक छ । यसको नेतृत्व राज्य स्वयंले गर्न साहस गर्नुपर्छ ।”

उक्त घटनाका विषयमा सङ्घीय संसद्मा सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदहरुले होहल्ला गरी भनाइ राख्न अवरोध गरेको उल्लेख गर्दै सांसद शर्माले आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने प्रयत्न भएको बताएका छन् । उनले जनयुद्ध, संविधान निर्माण र संविधान कार्यान्वयनमा आफूले राखेका खुला विचार र सङ्घर्ष सबैसामु छर्लङ्ग रहेको भन्दै भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

“मैले संसद्मा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समयमागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो । मैले मेरा सम्पूर्ण भनाइ राख्नबाट बञ्चित भएँ”, शर्माद्वारा जारी विज्ञप्तिमा भनिभएको छ, “मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ । सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने काम नहोस् ।”

आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य नै उत्पीडित वर्गका पक्षमा खडा हुने भएको स्पष्ट पार्दै उनले अपराधीलाई कारवाहीका साथै राज्य पूर्ण उत्तरदायी भएर जानुपर्नेमा जोड दिएका छन् । जेठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय विवाहको विवादमा सो घटना भएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: