Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

साइकलप्रेम र एसएलसी

\"bashanta_article\"ग्राहक पठाएर भर्खर सटर लगाउने वेला भएको थियो । चिसो चिया नवेच्ने भएकाले साँझ ६ वजेतिर नै होटलको सटर सुस्ताउन पाउथ्यो । पसललाई भर्खर सटरभित्र के थुनेको थिए । बा ले नयाँ साइकल टिलिक्क टल्काउदै दोकान अगाडि रोक्नुभयो । बा को “भर्जिन” साइकल देखेर मुखमा थुक भरियो । त्यो समय नै त्यस्तै थियो साइकल देखे पनि मनमा अद्भुत प्रकारको आनन्द आउने गर्दथ्यो । अहिले वाइक चलाउनेको वरु त्यति शान हुदैन ऊ वेला जति साइकल चलाउदा हुन्थ्यो । साइकलको “हार्टली फ्यान ” भएकाले होला घरमै साइकल आएपछि एकचोटी आफैलाई चिमोटे । कुरो साँचो रहेछ, मज्जाले दुख्यो पो ।  साँझ विहान जेनतेन खाने पुग्ने परिवारमा “आरामदायी” का लागि साईकल किनीनु ठुलो कुरा थियो । आरामदायी यो शर्तमा कि साइकल किन्नै पर्ने व्यस्तता हामी कसैसँग थिएन । घरमा साइकल नभएपनि त्यति वेला वजारका विभिन्न साइकल पसलबाट साईकल भाडामा लिएर चलाउने लहर नै थियो ।
आफ्नै आँखाले हेरे रिजल्ट । म पैसा नदिनेमा परिनछु , नयाँ १० को नोट दिदै दौडिए हावा भन्दा पनि वेगवान भएर घर तिर । सेकेन्ड डिभिजनको खवर पुर्याएर बा सँग एटलसको चावि मागे । बाले युद्ध जितेको न हारेको अनुहार वनाएर चावि दिनुभयो । अहिले सम्झन्छु बा को अनुहार युद्ध जितेको जस्तो थियो, म त्यतिवेला गलत थिए । राजु फेल भएको थियो तर पनि खुसी थियो । उसलाई पनि पास हुनुभन्दा साइकल चलाउन पाउनुमा नै मज्जा थियो । काँचो दिमाग ।
भर्खरै विस्तारित हुन थालेको तुलसीपुर वजारमा एकाध साइकल भाडामा दिने पसलहरु थिए । क्यान्सरले अन्तिम अवस्थामा पुगेका विरामी जस्ता हुन्थे भाडामा दिने साइकलहरु । न त व्रेक, न घण्टी न त टायर नै राम्रा ।  वनाउदा वनाउदा हैरान परेका साइकलहरुलाई काम चलाउ वनाएर भाडामा दिने गरिन्थ्यो । तर पनि प्रतिघण्टा ५ रुपैयाका दरले वजारमा विना काम साइकल हाँक्नुको खुसी “डिभि” पर्नुभन्दा कम्ता थिएन । नखाइ नखाइ खाजाको पैसा जोगाएर साइकल भाडामा चलाइन्थ्यो । यस्तो लाग्थ्यो कतै  यो पैसा भन्ने चिज केवल साइकल भाडामा चलाउनका लागि मात्र वनेको हो कि ? कतिले त बाको गोजो सम्म छाम्थे साइकल चलाउनका लागि ।  साइकलको कन्डिसन ठिक नहुदा कतिपटक लडेर घुडाँबाट छाला छुट्टिन्थे । कतिको हात भाँचिन्थ्यो तर पनि साइकलको नशाले कहिल्यै छाडेन । सायद साचो प्रेमको भनेको यहि होला । कहिलेकाही चार पाँच किलोमिटर टाढा पुगेको वेला टायर प्वाल पर्ने । ओ हो, त्यस्तो वेलामा त आधा प्राण नै जान्थ्यो । एकातिर पैसा तिरेर पनि साइकल चलाउन नपाइने अर्कातिर साइकल वालाको गालि । “आम्मा कसम अर्कोदिन वाट साइकल चलाउदैन” भनेर कसम खाइन्थ्यो । तर मन मरे पो, अर्कोदिन घामसँगै ताजा भएर आउथ्योे । मेरो छिमल र वर्गका अधिकांशका लागि साइकल चलाउन सिक्ने र रहर मेट्ने वाटो नै भाडाका साइकल हुन्थे । हामी साइकल सिक्न कपडादेवि महेन्द्र मा.वि.को चौरमा जान्थ्यौ । त्यहाँवाट टरिगाउँ विमानस्थलमा विमानहरु चराजस्तै उडेर वस्ने गर्दथे । हामीलाई विमानमा उडेभन्दा पनि वढि मजा साइकल चलाउनमा हुन्थ्यो । साइकलको नशाले एकप्रकारको पागलपन नै सवार थियो म भित्र । होटलमा सधै विहान पाउरोटी राख्ने र दिउँसो पैसा दिने चलन हुन्थ्यो । दिउँसो साइकल चलाउन पाउने आशामा म कतिपटक पाउरोटीवालालाई कुरेर वसिरहन्थे । कहिल्यै चलाउन पाइदैन थियो तर पनि प्रयास गर्न भने छाडिएन ।
दिउँसो साइकल चलाउन पाउने आशामा म कतिपटक पाउरोटीवालालाई कुरेर वसिरहन्थे । कहिल्यै चलाउन पाइदैन थियो तर पनि प्रयास गर्न भने छाडिएन ।
साइकल क्रेजले दिमाग खुस्किदै जान थालेपछि साथी राजुले गज्जवको जुक्ति निकाल्यो । “तैले पाउरोटी वेच ,एकातिर पैसा पनि हुन्छ अर्कातिर साइकल पनि मज्जाले चलाउन सकिन्छ ।” ओहो कुरो त मनासिव रहेछ विहान पाउरोटी वेच्यो, साझ पैसा उठायो , दिउँसो पढ्न गयो । तर आइडिया घटिया रहेछ । आमाका कानमा कताबाट परेछ, झाको झार्नुभयो । मैले त्यो घटिया लाइन नछोएरै छाडिदिए । राजु घटिया आइडियाको लागि “फेमस” थियो सारा टोल अनि स्कुल भरि । उसले नसताएको एउटा मात्र कोहि मान्छे थियो भने त्यो केवल म मात्र थिए । तिन जना मान्छे मिलेर वनेको जस्तो ज्यान भएको राजु भनेपछि नडराउने पो को थियो र ? मसँग ऊ डराउनुको एउटा कारण थियो । जो कारणलाई मैले उसको निर्देशनमा लुकाएर राखेको थिए ।
हाम्रो शौच गर्ने ठाउँ पनि अरुको भन्दा फरक थियो । त्यो दिन राजुलाई पखालाले मर्ने गरेर च्यापेको रहेछ । उ दौडेर झाडिमा गयो । झाडिमा के दौडेर गएको थियो । “ऐय्या” गर्दै वेस्मारी कराउन पो थाल्यो ।
तुलसीपुरको सेन्टर स्कुल प्राथमिक तह सम्म मात्र थियो । हामी  ४ मा पढ्थ्यौ । समय वैशाखको थियो , विहान स्कुल लाग्ने गर्दथ्यो । तेश्रो पिरियडमा शौच विश्राम हुन्थ्यो, करिव १० मिनेटका लागि । हामी शौच पनि सँगै जान्थ्यौ । मैले यहाँ भन्नै पर्छ हामी कृष्ण र सुदामा जस्तै थियौ । हाम्रो शौच गर्ने ठाउँ पनि अरुको भन्दा फरक थियो । त्यो दिन राजुलाई पखालाले मर्ने गरेर च्यापेको रहेछ । उ दौडेर झाडिमा गयो । झाडिमा के दौडेर गएको थियो । “ऐय्या” गर्दै वेस्मारी कराउन पो थाल्यो । झाडिमा कतै सर्पले टोक्यो कि भन्दै गएको त कुरा अर्कै पो रहेछ । खासमा हामी पाइन्ट भित्र टेलरमा सिलाएको इजारावाल कट्टु लगाउथ्यौ । विहान हतारमा स्कुल आउदा इजार वेस्मारी वाँधिएको रहेछ । एकातिर पखालाले च्यापेको छ अर्कातरि इजार खुल्दैन । उसलाई हैरान भएछ । असह्य भएर चिच्याएको रहेछ , विचरा राजु । म हतार हतार कक्षामा गएर पेन्सिल काट्ने कटरको व्लेड ल्याएर  इजार काटिदिए । विचारो धन्नै “इजारा सहिद ” वनिसकेको । पहिलो पटक राजु मेरो सामु झुकेर घटनाका वारेमा कसैलाई नवताउन अनुनय विनय गर्यौ । मैले पनि त्यो कुरामा खासै बाल दिइन । त्यो घटनाले राजुलाई निकै त्रसित वनाएको थियो । करिव महिना दिन जति उसले पाइन्ट भित्र कट्टु नै लगाएन । शौचका वेलामा मैले निकै चासो राखेर हेर्थे त्यो कुरा । घरमा वा को साइकल आएपछि मनमा एकप्रकारको अहम् पलाएर आयो । अव म सँग जतिवेला पनि साइकल हुने भयो । क्यान्सर लागेका थोत्रा साइकल भाडामा चलाउने दिन मैले वरुवागाउँले कुलोमा वगाउने भए । साइकलका लागि कसैका सामु निहुरीमुन्टि न हुनु नपर्ने भयो । म कोठा भित्र वाहिर गर्दा साइकल देखेर मख्ख पर्थे । सुहागरातमा वेहुली देखेर मख्ख परेको वेहुलो जस्तो । साइकल घरमा आएको दिन मलाई रातभरि निद्रा लागेन कतिवेला विहान होला र साइकललाई दौड प्रतियोगितामा सामेल गराउला भन्ने लागेको थियो । रातभरि सपनाका पत्रहरु केलाइ केलाई आखिर विहान पनि भयो । बा सँग साइकल चलाउछु भन्ने साहस पनि थिएन । विहान होटल भरि चिया खाने मान्छे जम्मा भइसकेका थिए । अरु दिनभन्दा मैले निकै मन लगाएर काम गरे । बा लाई प्रभावमा पार्नै पर्ने भयो । तर बा गले पो, मलाई बा पत्थर जस्तो लाग्यो । बा केही नवोलेपछि मैले आफै वाटो खोले “ बा साइकल चलाउछु है एकछिन ” । बा को अनुहारमा रिसको आगो वल्यो । मैले दोहोर्याउन सकिन । “मामा वारिमा साग छ भान्जाको के लाग्छ ” भने जस्तो पो भयो त । आफ्नै घरमा भएको साइकल पनि चलाउन नपाइने भयो ।  “यो अफिसको साइकल हो म वाहेक कसैले पनि चलाउन मिल्दैन ” बाले डाइलग पेल्नुभयो । म अवाक भए । रातिका सपनाहरु रेलगाडिका डिब्बा जस्तै ठेलमठेल गर्दै सुइकुच्चा ठोके ।
बा यता उता गएको वेलामा त्यहि ताला लगाएको साइकलको माथि चढेर घण्टि वजाउदै आनन्द लिन्थे ।
मन भरि साइकल चलाउने रहर छ , अनि घरमा साइकल पनि छ । तर यी दुइको “केमेष्ट्री” मिल्ने होइन  । मलाई मर्नु भयो । बा यता उता गएको वेलामा त्यहि ताला लगाएको साइकलको माथि चढेर घण्टि वजाउदै आनन्द लिन्थे । रहरको पनि त माया लाग्छ नि , पुरा होस् या नहोस् । रातोदिन चिन्ताले म आकुल व्याकुल भए । अव कसलाई भनु मनको कुरा । राजुलाई शेयर गरे । उसले साइकलको ताला फोड्ने आइडिया सिकायो । म काँचो दिमाग, उसको आइडियालाई दर्शन मानेर स्विकारे । उसले चाबि नभए पनि ताला लगाउन र खोल्न मिल्ने वनायो । तर के गर्ने हिम्मत आउने कुरा भएन । बा लामो समयका लागि वाहिर जाने दिनको प्रतिक्षा गर्न थाले । कहिलेकाही वाहिर जाने कुरा सुनेर मन खुसी हुन्थ्यो , तर बा लामो समय वाहिर जादा साइकल अफिस मै थन्किन्थ्यो । फेरि मन अमिलो हुन्थ्यो । भाग्यको रेखा अचानक वलियो भयो ।  एकदिन मौका पर्यो । राजुले साइकल निकाल्यो । मलाई पिजडावाट वाहिर आए जस्तो भयो । हावामा कावा खादै साइकल हुइकाइयो । बा को नयाँ अफिसको साइकल पाएपछि किन गाँउ भरि नदेखाउने । म प्रचार गर्दै हिड्न थाले । भाडामा साइकल लिएर चलाउने मान्छे । खासै त्यति म पोख्त थिइन । हावामा  डुवुल्की मार्दै राजुलाई अगाडि वसाएर साइकल दौडिरहेको थियो । राजुपनि उत्तेजित अवस्थामा “साइकल  डान्स” गरिरहेको थियो । अचानक बाटोमा राजु जोस्सिएर हल्लियो । साइकल पुग्यो वाटो तल्तिर खाल्डोमा । राजुलाई असह्य भएछ आमा चकारेर गालि गर्यो । चोट मलाई पनि थियो तर साइकलको चोट नियाल्न थाले । खासै रहेनछ । मेरो घुँडो हल्का खोल्सिएको थियो । मलाई अचानक काम ज्वरो छुट्न थाल्यो । आइडिया मास्टरले झटपट साइकल टिपेर घरमा लगेर राखिदियो । धन्न भाग्य बा लाइ थाहा भएन । नत्र..... मलाई अहिले पनि डर लाग्छ के हुन्थ्यो होला । साइकल सामान्य कोरिएको थियो बा लाई त्यो थाहै भएन । विहान सात वज्नुभन्दा पनि अघि राजु समाचार वोकेर आइपुग्यो । “एकसातामा एसएलसीको रिजल्ट आउछ वे”  विहान ग्राहकहरुको भिड अलिक वाक्लै थियो । त्यसैेले आमालाई भाडा माझ्ने काम छाडेर म चिया पकाउदै थिए । अचानक राजुको समाचारले ताप्केको विडले भन्दा पनि वेस्मारी च्वास्स पार्यो । रिजल्ट शब्दले दिमाग एकछिन रन्थनियो । मनमा आमाले नसुनेहुन्थ्यो भन्ने लागिरहेको थियो । तर पहिला यस्ता कुरा आमाका कानमै पर्ने  । आमाले डाइलग पेल्नुभयो “यति जावो एस.एल.सी. पास नगर्ने त मरे पनि हुन्छ ।” सोच्दा सोच्दै चियाले स्टोभको आगोलाई अंकमाल गर्न पुगेछ । आमाले कडा गालि “ मेन्सन गर्नुभयो” । हामी राजुले दिएको एक साताको पर्खाइमा थियौ । एकदिन साँझको खाना खादै गर्दा नतिजाको वारेमा कुरा चलिरहेको थियो । बाले एकाएक प्याक्कै भन्नुभयो “चाहे अफिसमा जति गालि गरुन् एस.एल.सी. मा पास भइस् भने तलाई दिनभरि साइकल चलाउन दिन्छु ” अफर खासै वम्पर थिएन । तर पनि मेरो लागि भने महाबम्पर पो थियो ।  बा को साइकल मन खोलेर कहाँ चलाउन पाइएको थियो र ? यहि महापर्खाइका विचमा राजुले घरमा खवर सुनाएको थियो । मलाई शरिर भरि अजिंगर दौडिएको जस्तो डर लागेर आयो । डर लाग्दा लाग्दा साँझ करिव ५ वजेतिर रेडियोले रिजल्ट आएको कुरा  फलाक्यो पनि । म भन्दा वढि बा आमा उत्साहित हुनुहुन्थ्यो । कसरी थाहा पाउने ? रिजल्ट केवल गोरखापत्रमा मात्र प्रकाशित हुन्थ्यो । त्यो दाङ्ग आइपुग्न एक दिन कुर्नुपर्थ्यो । काठमाडौमा चिनेकालाई सिम्वोल नम्वर दिएर हेर्न लगाइयो कसैले पास भन्छन्, कसैले नम्वर छैन भन्छन् । लौ हैरान । सवैलाई रिजल्टको चिन्ता मेरो भने बा को टल्कने साइकल तिर आँखा परेको थियो । परिणाम आएको थाहा छ तर आफैलाई थाहा छैन । जेनतेन रात कटाइयो । तुलसीपुरमा कुन चै मान्छेले राति नाइट गाडि बाट पत्रिका मगाएछ । रिजल्टको दोश्रो दिन विहान पुरै उसको घरमा लाइन । फेल भए केही नपर्ने पास भए १० रुपिया । ओ हो त्यति वेला १० रुपियाको कति महत्व थियो । ४ वटा त समोसा आउथ्यो ।  अहिलेको लगभग चालिस रुपिया जति । आफ्नै आँखाले हेरे रिजल्ट । म पैसा नदिनेमा परिनछु , नयाँ १० को नोट दिदै दौडिए हावा भन्दा पनि वेगवान भएर घर तिर । सेकेन्ड डिभिजनको खवर पुर्याएर बा सँग एटलसको चावि मागे । बाले युद्ध जितेको न हारेको अनुहार वनाएर चावि दिनुभयो । अहिले सम्झन्छु बा को अनुहार युद्ध जितेको जस्तो थियो, म त्यतिवेला गलत थिए । राजु फेल भएको थियो तर पनि खुसी थियो । उसलाई पनि पास हुनुभन्दा साइकल चलाउन पाउनुमा नै मज्जा थियो । काँचो दिमाग । लामो समयको थुक निलाइ यथार्थमा परिणत भयो । बा को साइकल बा कै अगाडि मैले हावा गतिमा दौडाए । विहान खाना खाएर गएको साँझ पाँच वजेसम्म साइकल चलाउदा नि धित मरेन । साइकल सँगको सुहागरातले मलाई सन्तुष्टि दिएन । सात घण्टाको अवधिमा मैले सास फेर्ने वाहेक अरु काम गरिनहोला । जति चलाउदा नि आनन्द आइरहने , फेसबुक भन्दा पनि स्वादिलो  । प्रवेशिकाको दैलो खुल्दा मलाई साइकल प्रेमले चिमोटिरहन्छ आनन्द आउने गरि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies