Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

माओवादी सैन्य शिविरवाट प्रत्यक्ष प्रसारण

\"gobinda_acharya_khabardabali\"आज ५६ साल मंसिर ११ गते दाङको विकट गाउँ हासिपुरको एक अनकन्टार जंगलमा हामी आइपुगेका छौँ । जनमुक्ति सेनासँग प्यूठानमा भेट भएपछि दिनभरको सुताई र ३ रातको हिँडाईपश्चात् यतिखेर म सैन्य शिविरमा आइपुगेको छु । म यो शिविरमा रहँदासम्मका गतिविधिहरुलाई पाठक सामु प्रस्तुत गर्दैछु । सैन्य शिविरमा प्रवेश गर्नैलाग्दा सेन्ट्री बसिरहनु भएका २ जनसेनासँग अकष्मात भेट हुन्छ । बन्दुक समातेर घाँटीमा ग्रिनेड भिरी सैन्य ड्रेस र रातो तारा अंकित टोपी लगाएका ती जनसेनासँग दरिलोसँग हात मिलाएर म सैन्य शिविरभित्र प्रवेश गरेको छु । यतिखेर मैले देखिरहेको छु विशेष रुपमा तयार पारिएको सैन्य प्रशिक्षणस्थल हाम्रा अगाडि छ । प्रशिक्षणस्थल वरपर छापामार टीम, अतिथि एंव हेटक्वाटरका प्रतिनिधिहरुका लागि विभिन्न क्याम्पहरु खडा गरिएका छन्  भान्सा एंव चर्पीहरुको निर्माण गरिएको छ  । पानीको उचित व्यवस्था मिलाइएको छ  । मेश कमिटीले खाना बनाइरहेका छन् र जनसेनाहरु फिल्ड सफा गरिरहेका छन् ।
मलाई लाग्यो : जनसेनाहरु धेरै महान छन्, यिनीहरु कहिल्यै हार्दैनन् र हार्ने छैनन् ।
यहाँको दृष्य मलाई कता कता नौलो लागिरहेको छ । किताबको पानामा पढेको चिनियाँ र रुसी क्रान्तिका लालसेनाहरुका संघर्षको कथाहरुको सम्झना भइरहेको छ । शहरी क्षेत्रमा बसेर प्रचार कार्यमा संलग्न एउटा व्यक्तिका लागि यस किसिमको दृश्यले प्रभाव पार्नु स्वभाविक पनि हो । दृश्यहरु क्यामेरामा कैद गर्दै म अगाडि बढ्दै गर्दा त्यहाँ राता झण्डा व्यानर र मञ्च देख्छु । एकै छिनमा पंक्तिवद्ध जनसेनासंग हाम्रो अभिवादन साटासाट हुन्छ र सबैसंग हात मिलाएर आत्मीयता प्रकट गर्दछौं । जनयुद्धले सिर्जेका राता जनसेनाका यति ठूलो लस्कर मैले जीवनमा पहिलोचोटी देख्दै छु । मेरो छाती गर्वले फुलिरहेको छ । यसले ममा जनसेनाप्रति अपार स्नेह र सम्मानभाव जागेर आउँछ । आफ्नो व्यक्तिगत स्वार्थ र ज्यानको प्रवाह नगरी मुक्ति या मृत्युको लक्ष्य राखेर युद्धमा होमिएका राता मान्छेहरुका माझ रहन पाउँदा मात्रै पनि मैले अर्कै रोमाञ्चको महसुस गरेको छु । प्रशिक्षणस्थल वरवर निर्माण गरिएका क्याम्पहरु जनयुद्धका महान् सहिदहरुका नाममा नामाकरण गरिएको छ । दुश्मनसामु झुक्दै नझुकी उच्च मृत्युवरण गर्ने ती महान सहिदहरुको नाम सुन्दा पनि एक खालको दृढ बलिदानीभाव पैदा हुन्छ । हामीले बढो अनुशासित रुपमा पालैपालो खाना खायौं । आफूले खाएका भाँडा सफा गर्यौं र भाडा जाँच गराइसकेपछि तोकिएको क्याम्पमा आएर बस्यौं । एकै छिनमा सैन्य शिविरका प्रमुख अतिथि क.प्रभाकरसहितका प्रशिक्षक कमरेडहरुको आगमन हुन्छ । उहाँहरुको स्वागत अभिवादनसंगै उद्घाटन कार्यक्रम सुरु भएको छ । क.डायमण्डले कार्यक्रम सञ्चालन गर्नुहुन्छ । उपस्थित सबैबाट गाइएको कम्युनिस्ट अन्तर्राष्ट्रिय गीतले उच्च प्रकारको भाव पैदा गरिरहेको छ । पार्टीका विभिन्न जिम्मेवार कमरेडहरुको सम्बोधनको क्रम अघि बढ्दै जाँदा मैले पनि कार्यक्रम सफलताको शुभकामना दिने अवसर पाउँदा गर्वको अनुभूति गरिरहेको छुं । साँझ मेस कमिटीको सूचनापछि हामी खाना खान्छौं । क्याम्पमा आइसकेपछि यस अघि प्रहरी चौकी कब्जा गर्ने क्रममा भएका भिडन्तका प्रत्यक्ष रेकर्ड सुन्नुका साथै फोटोहरु समेत हेर्यौं । भिडन्तका प्रत्यक्ष विवरण कति सजीव थिए, जहाँ छापामार योद्धाहरु जनताका मुक्तिका लागि आफ्नो ज्यानको बाजी लगाएर भिडिरहेका थिए । चौकी कब्जामा आइसकेपछि राजनीतिक कमिसार तथा कमाण्डरहरुले प्रहरीलाई माओवादीको उद्देश्य र लक्ष्य स्पष्टसँग राखेर स–सम्मान सम्झाई बुझाई छाडेका घटनाले माओवादीहरु आफ्नो उद्देश्य कसैलाई पनि लुकाउँदैनन् र आफ्नो कब्जामा आएका शत्रु पक्षका सेनालाई युद्ध बन्दीकोे व्यवहार गरेर छाडिदिन्छन् भन्ने प्रमाणित भएको थियो । आज शैन्य शिविरमा आएको दोस्रो दिन हात मुख धोई चिया खान लागेका थियौं अकस्मात सिठ्ठी बज्यो अरुसँगै हामी पनि फिल्डतिर लाग्यौं । प्रशिक्षणको समय सुरु भएकाले सिठ्ठी बजेको रहेछ । हामी पनि जनसेनासँग लाइन लाग्यौं मेसमा खटिएका बाहेक सबै कमरेड लाइनमा लाग्यौं । तालिमका लागि तयार पारिएका नियमहरु सुनाइए । प्रशिक्षकको कासन अनुसार हामी विभिन्न किसिमका आइटमहरु गर्दै अगाडि बढिरह्यौं । प्रमुख अतिथि प्रभाकर स्वयं सबै आइटमहरुमा सबैभन्दा अग्रिम हुनुहुन्थ्यो उहाँले सबैलाई हौसला बढाइरहनु भएको थियो । त्यहाँ प्रशिक्षण गर्दागर्दै भुतुक्कै थाकिन्थ्यो, कहिले गलिन्थ्यो । छापामारहरु प्रशिक्षणका लागि बनाइएका सुरुङभित्र पस्दै निस्कँदै गर्दा ममा रोमाञ्चताको अनुभूति हुन्थ्यो । म पनि सुरुङमा पसे र, निकै ठूलो मेहनतपछि निस्कन सफल भए । यसरी विविध तालिममा सहभागी भएर साँझ सुत्दा मेरो शरीर पूरै दुखिरहेको थियो । कडा श्रम गरेका योद्धाहरुको अवस्था सम्झँदै मैले आफ्नो दुखाई भुल्ने प्रयत्न गरिरहेको थिएँ । सैन्य शिविरमा आएको तेस्रो दिन पनि छापामारहरुसँगै तालिममा सहभागी बनें । यस अवसरमा धेरै कुरा सिक्न पाइयो । भरुवा बन्दुक भर्न नसक्ने मजस्ताका लागि राइफल, पेस्तोल, बारबोर, टुटु, एयरगन लगायतमा गोली राख्ने, पड्काउने र सफा गर्ने तथा ग्रिनेड हान्ने तरिका सिक्नु कम महत्वपूर्ण थिएन । मैले मनमनै जे सिकेको छु जनताको हितमा प्रयोग गर्ने सपथ खाएँ र अर्को दिन त्यहाँबाट विदा भएर आफ्नो कार्यक्षेत्रमा फर्कने निश्चय गरें । यो तालिम अवधि मेरा लागि धेरै महत्वपूर्ण भयो, जहाँ मैले प्रहरीसँगको प्रत्यक्ष भिडन्तमा जनसेना, घाइते योद्धा र युद्धका कमाण्डरहरुका जीवन्त अनुभूति सुन्ने अवसर पाएँ । जनसेनाले युद्धलाई आफ्नो जीवन बनाएका रहेछन् भन्ने कुरा गहिरो गरी बुझ्न पाएँ । उनीहरु न्यायपूर्ण युद्धलाई माया गर्छन् र आवश्यक परे आफ्नो जीवन बलिदान गर्नु महान सम्झन्छन् भन्ने बुझ्न पाएँ । मैले जनसेनाले रगत बगाएर प्राप्त गरेका हतियारहरु उनीहरुका लागि कति धेरै प्यारा वस्तु रहेछन् भन्ने पनि अनुभूति गर्न पाए । युद्धमा सहभागी भएर मात्र युद्ध सिक्न सकिन्छ भन्ने राम्रो उदाहरण यहाँ पाइयो । यी सबै देख्दा मलाई लाग्यो : जनसेनाहरु धेरै महान छन्, यिनीहरु कहिल्यै हार्दैनन् र हार्ने छैनन् । केही क्षणको हिडाई पश्चात पूर्व पश्चिम राजमार्गबाट बस चढेर काठमाडौं आइपुगेको छु । यहाँ मैले सैन्य शिविरमा घन्किरहेको नारा घन्किरहे झैं अनुभूति गरिरहेको छु । र, अर्को मोर्चामा जान तयार जनसेनाको विजय देखिरहेको छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies