काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले काठमाडौं प्रेसको न्यूज ह्याक गरी हटाउने काममा असगर अली र विश्वास ढकाल हथौंडा मात्र भएको बताएका छन्। उनले आफ्नो ट्वीटमा ट्वीट गर्दै उक्त कुराको जानकारी गराएका हुन्।
बाह्रखरी अनलाइनमा ‘प्रकाशित काठमाडौं प्रेस ह्याक गरेको सिरान टेक्नोलोजीद्वारा स्वीकार’ शीर्षकको न्यूज पोष्ट गर्दै डा. अर्यालले बालुवाटारको अनुमतिबिना असगर र विश्वासले त्यो काम गर्नै नसक्ने बताएका छन्। यस खालको गतिविधिमा राजनीतिक नेतृत्वको निर्देशन भएको र त्यो कुरा खोज्नुपर्नेसमेत उनले लेखका छन्।
डा. अर्यालले ट्वीटरमा लेखेका छन्, ‘असगरजी र विकासजी प्राविधिक मात्र हुन, म हथौडालाई भन्दा हथौडा चलाउने हातलाई खोज्नुपर्छ भन्छु। यो प्रकरणको कारक राजनीतिक तहकै हुनुपर्छ। सिरान टेकलाई कसले त्यसो गर्न लगायो, त्यो खोजौं। उनीहरूको मात्र आँटले त्यति ठूलो गलत काम भएको छैन।’
उनले आफ्नो ट्वीट प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मेन्सन गरेका छन्। सिरान टेकले राजनीतिक नेतृत्वको निर्देशन बिना त्यसो गर्न नसक्ने डा. अर्यालको तर्क छ। सानो आँटले त्यति ठूलो गलत काम नभएको भन्दै उनले हथौडा ठोक्ने हात खोज्नुपर्ने भन्दै प्रधानमन्त्री र उनको टीम नै साइबर अपराधमा जोडिएकोसमेत उल्लेख गरेका हुन्।
बुधबार काठमाडौं प्रेसमा प्रकाशित न्यूज प्रधानमन्त्रीका आइटी विज्ञ असगर अलीले आफ्नो कम्पनि सिरान टेकमार्फत् डिलिट गर्न लगाएका थिए। प्रधानमन्त्रीका आइटी विज्ञको काम साइबर अपराधको पनि उच्च दृष्टान्त भएको भन्दै त्यसको सर्वत्र आलोचना हुँदै आएको छ। नेपाल पत्रकार महासंघले समेत त्यसको कडा शब्दमा निन्दा गरेको छ।
यता सिरान टेक्नोलोजीले काठमाडौं प्रेस ह्याक गरेको स्वीकार गरेको छ। सिरान टेक्नोलोजिजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सम्पादक गोविन्द परियार र सिरान टेक्नोलोजीको व्यवस्थापनबीच समाचारका विषयमा संवाद चलिरहेको बेला गलत सूचनाका कारण सिरान टेक्नोलोजीको प्राविधिक टिमले न्युज पोर्टलबाट उक्त समाचार हटाइउको छानबिनका क्रममा पाइयो। देशभर भएको लकडाउनका कारण सिरान टेक्नोलोजिजको सम्पूर्ण टीम अहिले वर्क फ्रम होमबाट काम गरिरहेको छ। अहिलेको यो विषय परिस्थितिमा काम गर्ने क्रममा गलत सूचना आदानप्रदान हुँदा गम्भीर त्रुटी हुन गएको हामीले पायौँ।”
विज्ञप्तिमा समाचार हटेको जानकारी पाउनासाथ फेरि प्राविधिक टिमलाई भनेर त्यो समाचार जस्ताको त्यस्तै प्रकाशित हुने वातावरण समेत तयार पारेको उल्लेख छ। सिरान टेक्नोलोजिजका तर्फबाट कम्पनीका अध्यक्ष विश्वास ढकालले काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारलाई पत्र लेखेर चिन्ता व्यक्तसमेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
यसरी सिरान टेकले आफूहरुले काठमाडौं प्रेसको समाचार डिलिट गरेको स्वीकारेपछि प्रधानमन्त्रीको सचिवालयले गरेको साइबर क्राइममाथि नयाँ बहस सुरु भएको छ। संविधानले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको परिस्थितिमा प्रधानमन्त्रीकै सचिवालयबाट साइबर अपराध हुनुले सरकारकै औचित्यमाथि प्रश्न उठेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: