Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

मिर्गौला पीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह

काठमाडौं । जिल्लाको माछापुच्छे« गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गर्नुभएको छ । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गर्नुभएको हो ।

चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उनी गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । उपचारकारका क्रममा चिकित्सकले उनका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए ।

अहिले उनको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहँदा चिकित्सकले काठमाडौ रिफर गरेका छन् । “पैसा छैन । कसरी काठमाडौ जानु ? डाक्टर सरले छिटो काठमाडौ जानुस् भन्नुभएको छ । ”गहभरि आँशु पार्दै पीडित किशोरीले भनिन् ।

उनका बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आउनुभएको छ । “ उपचार गर्न परिवारसँग पैसा छैन । मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु ।”, उनीले भनिन् । कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहनुभएका उनीले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुआत गरेकी थिइन् ।

किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि रु १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिनुभयो । उहाँले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गर्नुभएको छ । किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ । स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन् ।

किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ«े बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: