Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

बेनी नगरपालिकाको बदमासी : खरिद ऐन छलेर बगर ठेक्का

म्याग्दी । बेनी नगरपालिकाले सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धा नै नगराई न्यूनतम मूल्यमा बगर ठेक्कामा लगाएको छ ।

बेनी नगरपालिका–६ डम्मरा र ३ नम्बर वडाको दूधेखोलास्थित म्याग्दी नदी किनारको बगरबाट ढुङ्गा र बालुवा उत्खनन गर्न माघ २२ गतेको नगर कार्यपालिकाको बैठकले स्थानीयवासीलाई ठेक्कामा दिने निर्णय गरेको थियो ।

डम्मराको बगरबाट प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (आइइई)मा उल्लेख भएको परिणामको ढुङ्गा, बालुवा उत्खनन र बिक्री गर्न प्रदेश सरकारले तोकेको दररेटअनुसार एकमुष्ट रु पाँच लाखमा तेजबहादुर खत्रीलाई ठेक्कामा दिने निर्णयमा उल्लेख छ ।

खरिद ऐनलाई छलेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा न्यूनतम मूल्यमा प्रतिस्पर्धा बिना नै ठेक्कामा लगाएकामा निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले आपत्ति जनाए। गत वर्ष डम्मरा, अग्नीखेत र चुत्रेनीको बगर टाकुरा विकास विल्डर्सलाई रु १५ लाख ५० हजारमा ठेक्कामा लगाएको थियो ।

गत मङ्सिरमा डम्मराबाहेकका ठाउँका बगर उत्खननका लागि ठेक्का आह्वान गरेको थियो । रु ५३ हजार न्यूनतम मूल्य कायम भएको दूधखोलाको बगर उत्खनन गर्न ठेक्का परेको थिएनन् । अन्य ठाउँको बगर प्रतिस्पर्धाको प्रक्रियामार्फत ठेक्कामा लगाएको छ ।

डम्मराको लिफ्ट खानेपानी आयोजनाको मुहान सुकेको र बस्ती जोखिममा परेको भन्दै बगर उत्खनन गर्न रोक लगाउन माग गर्दै उच्च अदालत पोखराको बागलुङ इजलासमा स्थानीयवासी जीवन श्रेष्ठले २०७६ साउन ७ गते मुद्दा दर्ता गरेका थिए। नगरपालिका, जिल्ला समन्वय समिति, प्रशासन र बेनी नगरपालिकाको वडा नं ६ को कार्यालयलाई विपक्ष बनाएर दायर गरिएको सो मुद्दाको माग दाबी नपुग्ने ठहर गर्दै अदालतले पुस २२ गते खारेज गरेको थियो ।

अदालतको आदेशपछि सम्बन्धित वडाबाट आएको प्रस्तावअनुसार उत्खनन गर्न दिने निर्णय भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । अन्य बगरको ठेक्का प्रक्रियामा व्यवसायीले मिलेमतो गरेर प्रतिस्पर्धा हुन नसकेको र छोटो अवधि भएकाले कार्यपालिकामा प्रस्ताव लगेर ठेक्कामा दिने निर्णय गराएको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies