Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, शुक्रबारसम्म डिस्चार्ज हुने

काठमाडौं । दोस्रो पटक मृर्गौला प्रत्यारोपण सफल भएकाे एक सातापछि प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण र उपचारबारे त्रिवि शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकहरुले पहिलो पटक पत्रकारसँग अन्तरक्रिया गरेका छन्।

त्यसक्रममा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले शुक्रबारसम्ममा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिएकी छन्। ‘प्रधानमन्त्री ओलीलाई अब चाँडै नै अस्पतालबाट डिस्चार्ज गर्दैछौुं, उनले भनिन्, ‘अबको दुईतीन भित्र नै डिस्चार्जको तयारी गरेका छौं। अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार आइसकेको छ।’

उनले डिस्चार्ज गर्ने समय भइसके पनि परिवारबाट केही समय अस्पतालमै निगरानीमा राख्‍न भनिएकाले थप दिन लम्बिएको बताइन् । सिंहले प्रधानमन्त्री डिस्चार्ज हुने दिन भने पक्का गरिनन्। उनले तीन दिनभित्र जुन दिनमा पनि ओलीलाई बालुवाटार फर्काउन सक्निे बताइन् । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले मंगलबार पहिलो पटक संयुक्तरुपमा आफ्ना कुरा राखेका हुन्। यसअघि केहीबाहेक चिकित्सक यसबारेमा बोलेका थिएनन्।

उपचारमा संलग्‍न चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मूख्य सूचक अप्रेशनको दोस्रो दिनदेखि नै साधरण रहेको बताएका छन् ।

गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। भाञ्‍जी समीक्षा संग्रौलाले दिएको मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री ओली एक सातादेखि अस्पतालको आईसीयूमै छन्।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: