Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कोरोना सचेतनाका लागी अन्तिम समयमा नेकपाको प्रशिक्षण रद्द

काठमाडौं। सरकारले कोरेना भाइरसको सम्भावित जोखिमबाट टाढा रहनका लागि ठूला सभा/सम्मेलन नगर्न गरेको आग्रहअनुसार सत्तारुढ दल नेकपाले जारी प्रदेशको आन्तरिक भेला, प्रशिक्षण रोकेको छ ।

प्रदेश १ को झापा विर्तामोडमा म‌ंगलबारका लागि राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम तय भएको थियो। तर बिहानै उक्त कार्यक्रम रोक्न केन्द्रले निर्देशन दिएको प्रदेश १ का इन्चार्ज तथा स्थायी समिति सदस्य भीम आचार्यले जानकारी दिए।

विर्तामोडको सीटी सेन्टरमा मंगलबार हुने प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादल लगायतका नेता जाने कार्यक्रम तय भएको थियो।

तर बिहान मात्रै नेताहरुले हाललाई कार्यक्रम स्थगित गर्न प्रदेश पदाधिकारीलाई निर्देशन दिएका हुन्। निर्देशनपछि अनुसार झापा जान एयरपोर्ट पुगिसकेका गृहमन्त्री रामबहादुर थापा बादल फर्किएका छन्। वरिष्ठ नेता झलनाथ खनाल भने कार्यक्रमका लागि हिजो नै झापा पुगिसकेका थिए।

आज प्रशिक्षण कार्यक्रम गर्ने र भोलि सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ नेकपा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सम्वोधन गर्ने गरी कार्यक्रम तय गरिएको थियो।उक्त कार्यक्रम पनि अब स्थगित भएको छ।

नेकपाले यस अगाडी कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, ५ नम्बर प्रदेश , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा पार्टी प्रशिक्षण तथा राजनीतिक भेलाको आयोजना गरिसकेको थियो। प्रदेश १ र २ मा मात्र बाँकी थियो।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: