Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कोरोना भाइरसको प्रभाव : सुन हालसम्मकै महँगो

काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुन प्रतिऔँस १५८७.७७ डलर कायम भएको छ । यो ५.१४ डलरले उकालो लागेको हो ।

केही दिनअघि पनि यो मूल्यले उछाल मारेर १६१० डलर पुगेको थियो तर यो निकै छोटो अवधि मात्र कायम रहेकाले त्यसको प्रभाव नेपाली बजारमा भने नपरेको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए ।

तर फेरि पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छिटै नै एक हजार छ सय डलरभन्दा माथि पुग्ने अनुमान गर्न थालिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाली बजारमा पनि सुनले नयाँ रेकर्ड बनाएको छ ।

मङ्गलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार सात सय रुपियाँमा कारोबार भयो । यसअघि गत माघ १८ गते ७६ हजार पाँच सय रुपियाँको रेकर्ड बनाएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार चार सय रुपियाँमा किनबेच भएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी ८९० रुपियाँ प्रतितोलामा कारोबार भएको छ । सुनको मूल्य बढेसँगै कारोबारमा कमी आएको व्यवसायीले बताएका छन् ।

लगातारको मूल्यवृद्धि र सरकारले लिएको नीतिका कारण पछिल्लो छ महिनामा सुन आयात गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा बढी घटेको छ ।

नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो छ महिनामा आठ अर्ब ६० लाख रुपियाँको सुन आयात भएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies