काठमाडौं । केन्द्रीय कमिटीबाट पारित भएको विशेष अभियानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शीर्ष नेतृत्वलाई समेत सहभागी गराउने भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका शीर्ष नेताहरु पनि अभियानमा जोडिने भएका छन्।
नेकपाले फागुन महिनामा अभियानको तयारी र चैत १ गतेदेखि पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि उपत्यकासहित सातै प्रदेशमा अभियान सुरु गर्दैछ। नेकपाका महासचिव विष्णु पौडेलका अनुसार मंगलबार बिहान नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि प्रदेशस्तरीय भेला र बैठकका मिति तय भएका हुन्। प्रादेशिक भेला र बैठक प्रदेश ५ को बुटवलबाट सञ्चालन गर्ने र विराटनगरमा टुंगाउने नेकपाको तयारी छ।
महासचिव पौडेलका अनुसार फागुन महिना अभियानको तयारी बैठक र भेला गर्ने साथै चैत, वैशाख र जेठमा अभियान सञ्चालन गर्ने गरी गृहकार्य अघि बढेको छ। फागुनमा हुने प्रदेश भेला र बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित सचिवालयका सबै सदस्य सहभागी हुने महासचिव पौडेलले जानकारी दिए।
‘अभियानमा सचिवालयका सबै कमरेड सहभागी हुनुहुनेछ। अहिलेसम्म भेला र बैठकको मिति तय भए पनि को कहाँ जाने भन्ने तय भइसकेको छैन। केही दिनमा टुंग्याउँछौं,’ पौडेलले भने। नेकपाको प्रादेशिक भेला र बैठक फागुन ४ देखि सुरु भएर फागुन २१ मा सकिने छन्। चैत्र १ बाट जिल्ला जिल्लामा अभियान सञ्चालन गर्ने योजना नेकपाको छ। गत माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकले विशेष अभियानको कार्ययोजना पारित गरेको थियो।
अभियानले वैचारिक, राजनीतिक भावनात्मक एकता सुदृढ गर्ने छ। यस अभियानमा सरकारको कामको प्रचार हुने र जनसम्बन्ध विस्तार हुने नेकपाको दावी छ। पार्टी एकताको २० महिनापछि नेकपाले तल्लो कमिटीसम्म पुग्ने गरी अभियान चलाउन लागेको हो। यस्तै, अभियानका क्रममा पार्टी सदस्यताको नवीकरण गर्ने योजना नेकपाको छ। अभियानमा केन्द्रीय सदस्यसहित सबै पार्टी सदस्य जोडिने छन्।
नेकपा कार्यालय सचिव ईश्वरी रिजालका अनुसार प्रदेशस्तरीय भेला एक दिन र अर्को दिन बैठकको कार्यक्रम तय भएको छ। नेकपाले प्रदेशस्तरीय भेला प्रदेश ५ बाट सुरु हुनेछ। रिजालका अनुसार प्रदेश ५ मा फागुन ४ गते भेला र ५ गते बैठक, कर्णाली प्रदेशमा फागुन ६ र ७, सुदूरपश्चिम प्रदेशमा फागुन ९ र १०, गण्डकी प्रदेशमा फागुन १२ र १३, वाग्मती प्रदेशमा १५ र १६, प्रदेश २ मा १८ र १९ र प्रदेश १ मा २० गते भेला र २१ गते बैठक तय भएको छ।
नेकपाले सबै जिल्ला हुँदै स्थानीय तहका वडा र टोलसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। फागुन महिनामा अभियानको तयारी बैठक र भेला गर्ने र चैत १ बाट अभियान सञ्चालन गरी जेठमा सम्पन्न गर्ने योजना नेकपाको छ। यस्तै असार र साउन महिनामा अभियानको समिक्षा गर्ने निर्णय नेकपाले गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: