Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय

कालिकोट । जनयुद्ध दिवसको दिन कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो।

२५औं जनयुद्ध दिवसको सन्दर्भ पारेर पलाँतामा खेलकुद कार्यक्रमसमेत गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए। जनयुद्धका सहिदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ। उक्त कपमा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका बीचमा प्रतिस्पर्धा गराईने गरिएको छ। कपमा छात्रा र छात्रहरुका टिमहरुबीच छुट्टाछुट्टै भलिबल प्रतिस्पर्धा गराइने छ।

फागुन एक गतेबाट पलाँता गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालन गर्दैछ। त्यसैगरी आगलागी पछि पुनर्निर्माण गरिएको खाडाको बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री तथा सांसदलगायत सम्पुर्ण राजनीतिक दल र सरोकारवालालाई आमन्त्रण गरिएको गाउँपालिका अध्यक्ष बमले जानकारी दिए। विकास निर्माणका कार्यहरुले तिव्र गति लिएको र आगामी फागुन महिनादेखि विकास निर्माणका कामहरू अझ धमाधम हुने बमको भनाइ छ।

पलाँतामा पर्यटनको प्रचुर संभावना रहेको उल्लेख गर्दै पर्यटकिय क्षेत्रको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा वृद्धि गरी गाउँपालिकालाई समृद्धि बनाउने पलाँता सरकारको लक्ष्य रहेको उनले बताए। पर्यटन, उर्जा, कृषि, उधोग र आधुनिकीकरणले मात्र विकास र समृद्धि संभव रहेको बताउदै बमले स्रोत साधनहरुको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए।

बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन पलाँता सरकारले युवा लक्षित कार्यक्रम सञ्चालन गरेको बताउदै गाउँमा नै रमाउन प्रेरणा प्रदान गरीएको उनले जानकारी दिए। अध्यक्ष बमले पलाँता गाउँपालिकाको विकासमा कुनै पनि कमि हुन नदिने बताउदै विकासको मुल फुटाउदै आफ्नो पहलमा अबको २ वर्ष भित्रै पलाँता भित्रका मोटर बाटो स्तरोन्नति गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending