काठमाडौं । पुर्व सभामुख तथा आफ्ना विश्वासिला नेता कृष्णबहादुर महराले जति कमजोरी गरे त्यो भन्दा बढी एमसिसिमा आफुलाई साथ दिएका कारण फसाईए भन्ने सुचना पाईरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को सुचना पाए –पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा सभामुखको उम्मेदवार उठाउँदैछन् ।
यो सुचना प्रधानमन्त्रीसमेत रहेका ओलीकै पात्रहरुबाट प्रचण्डले प्राप्त गरेका थिए । ओलीले केही आफ्ना विश्वासिला नेताहरु भएको ठाउँमा प्रचण्डले सभामुख छोड्न नमाने आफु एक्लैले पार्टी नेता संसदीय दलका उपनेता सुवास नेम्वाङ्लाई उम्मेदवार तोकेर जाने बताएका थिए । यसो गर्दा नेकपाको आधिकारिक उम्मेदवार नेम्वाङ् हुने ओलीको ठम्याई थिए ।
प्रचण्डलाई उदृत गर्दै स्रोत भन्छ –यसो गर्दा साविक माओवादी या प्रचण्डले नेम्वाङ्लाई नै समर्थन गर्ने या अर्को उम्मेदवार तोक्ने बाटो मात्रै बाँकी रहन्छ । –‘नेम्वाङ्लाई नै समर्थन गरे राम्रै हुन्छ अर्को उम्मेदवार उठाए माओवादीहरु फुटेर जान्छन्, केही बिग्रदैन’ भनेर ओलीले भनेको सुचना प्रचण्डले प्राप्त गरेका थिए ।
यो सुचना प्राप्त गरिसकेपछि सरकार संचालनमा समेत मनखुशि गरिरहेका ओलीसँग लड्ने मनस्थितिमा प्रचण्ड पुगे । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत सबै कार्यकारी निकाय ओलीले चलाउने भए एकताको के अर्थ ? भनेर प्रचण्डले प्रतिपश्न गरेको स्रोत बताउँछ ।
हुन पनि पियनदेखि राजनीतिक नियुक्ति लगायतका विषयमा ओलीले सुरु देखि नै एकलौटी निर्णय गरिरहेका थिए । प्रधानमन्त्रीको हैसियतमा त गरे गरे, साविक माओवादीका भागमा परेका मन्त्रालयहरुका नियुक्ति प्रस्तावहरुमाथि ओलीले क्याविनेटमा दुई वर्षसम्म छलफल गर्न दिएनन् । कतिपयमा मन्त्रीस्तरिय निर्णय गर्न पर्ने स्थानहरुमा प्रधानमन्त्री कार्यालय आफैले समेत निर्णय गराए ।
उद्योगमन्त्री मातृका यादवको प्रस्तावमा मात्रै हुनेसक्ने बालाजु औधोगिक क्षेत्रको जिएमको समयअवधी थप्ने निर्णय प्रधानमन्त्री कार्यालय आफैले प्रस्ताव गरी पारित गराए । यादव संलग्न मन्त्रालयका करिब एक दर्जन फाइलहरु क्यविनेटमा थन्किरहेका छन् । कृषीमन्त्रि चक्रपाणि खनाललाई पनि ओलीले यादवकै अवस्थामा राखे ।
राष्ट्रपति विद्यादेवि भण्डारीसँगको सभामुखबारे छलफलमा ओलीले उस्तैपरे प्रचण्डलाइ द्वन्दकालिन मुद्दामा समेत तान्न सकिने बताएको सुचना समेत प्रचण्डले प्राप्त गरेको स्रोतले बतायो ।
वामदेव निवासमा भएको झमघटमा समेत प्रचण्ड यिनै सुचनाका आधारमा पुगेका थिए । आफुलाई सबैतिरबाट पेल्ने र एकएक गर्दै पुर्व माओवादी नेताहरुलाई सिध्याउने रणनीतिमा ओली लागेको निष्कर्षमा प्रचण्ड पुगे पछि सभामुख कुनै पनि हालत नछोड्ने र व्यावस्थापिकामा समेत ओलीलाई मनखुशी गर्न नदिने पक्षमा प्रचण्ड उभिए ।
समान्यत प्रचण्डलाई अस्थिर, उदार र अडान छोड्ने नेताका रुपमा बुझिने गरेको भएपनि प्रचण्डले आफ्नो भागमा परेको सभामुख छोड्ने मुडमा छैनन् । स्रोत भन्छ –प्रचण्ड अहिले आफु ओलीका विरुद्ध नजाने तर थिचोमिचो नसहने मुडमा छन् । अर्कोतिर जसरी ओली सभामुखमा आफु अनुकुलको ल्याएर अमेरिकी कार्यक्रम एमसिसि पारित गराउन चाहन्छन् त्यसैगरी प्रचण्ड इण्डोप्यासिफिक योजनाको एमसिसि रोक्न चाहन्छन् ।
आफुलाई ओलीले सर्वत्र घेरामा पार्न लागेको र सिध्याउन खोजेको हो कि भन्ने आशंकामा विश्वस्त हुन थालेका प्रचण्डले आफ्नो भागको सभामुख साविक एमालेलाई छोड्ने अवस्थामा छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: