Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

ओली–प्रचण्डको कार्यकक्षमा ताला

काठमाडाैं । तत्कालीन एमाले र माओवादीबीच ३ जेठ ०७५ मा पार्टी एकता भएको अर्को दिन दुवै अध्यक्ष ओली र प्रचण्ड पहिला धुम्बाराही र त्यसपछि पेरिसडाँडा गएर पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरे । धुम्बाराहीमा प्रचण्डको कार्यकक्ष बनेको थिएन, त्यसैले प्रचण्डलाई ओलीकै कार्यकक्षमै कुर्सी राखियो । र, यस्तै अवस्था पेरिसडाँडामा पनि भयो । लगत्तै धुम्बाराही र पेरिसडाँडामा दुवै अध्यक्षका भिन्दाभिन्दै कार्यकक्ष बने ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ– धुम्बाराहीको आ–आफ्ना कार्यकक्षमा वेलावेला ओली र प्रचण्ड जान्छन्, तर पेरिसडाँडामा ओलीको कार्यकक्ष बनेको साढे १९ महिना भयो ओली एकपटक पनि कार्यकक्ष पुगेका छैनन् । पार्टी एकतापछि प्रचण्ड तीन-चारपटक मात्र पेरिसडाँडाको कार्यकक्षमा पुगेका छन् । त्यसैले पेरिसडाँडामा रहेको ओली र प्रचण्डको कार्यकक्ष ताल्चा लगाएर राखिएको छ । मुसाले कुर्सी टेबुल र सोफा बिगार्यो कि भनेर कहिलेकाहीँ कोठा खोलेर कर्मचारीले हेर्छन् र सरसफाइ गरेर फेरि ताला लगाउँछन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको कार्यकक्ष छ । अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र प्रवक्ता श्रेष्ठ कहिलेकाहीँ पेरिसडाँडा पुग्ने गरे पनि अर्का अध्यक्ष ओली भने एकपटक गएपछि दोहोर्याएर पुगेका छैनन् । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षमा प्रायः ताला झुन्ड्याएको हुन्छ । पार्टीको कार्यक्रममा ओली धुम्बाराही जाने गरे पनि पेरिसडाँडाको आफ्नो कार्यकक्षमा भने दोहोर्याएर छिरेका छैनन् ।

तत्कालीन एमाले र माओवादीबीच ३ जेठ, ०७५ मा राष्ट्रिय सभागृहमा एकीकरणको घोषणा गरिएपछि ४ जेठमा अध्यक्ष ओली र प्रचण्डले धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय संयुक्त रूपमा अवलोकन गरेका थिए । त्यसवेला प्रचण्डको कार्यकक्ष पहिलाकै थियो । ओलीको कोठा मात्रै थियो । ओलीका लागि तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई बस्ने कोठा खाली गरिएको थियो । तर, कुर्सी, टेबुल बनेका थिएनन् । त्यस दिन ओली र प्रचण्ड दुवैले कार्यकक्ष हेरे । तर, दुवै जना केहीबेर एकै ठाउँ कुर्सी राखेर प्रचण्डको कार्यकक्षमा बसे ।

दुवै ठाउँमा कार्यालय भएकाले एकतापछि पेरिसडाँडामा नेताहरूको कम उपस्थिति हुने गरेको तत्कालीन माओवादी पार्टी कार्यालयका मुख्य सचिव एवं नेकपा केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले बताए । ‘पार्टी कार्यालय अवलोकनका दिन अध्यक्ष, महासचिव, प्रवक्तालगायत नेताहरू आउनुभयो । आ–आफ्नो कार्यकक्षमा एकछिन बस्नुभयो । कोठा–कोठा हेर्नुभयो । पुस्तकालय अवलोकन गरेर जानुभयो,’ बुढाथोकीले भने, ‘अध्यक्ष ओली दोहोर्याएर आउनुभएको छैन । अध्यक्ष प्रचण्ड तीन–चार पटकभन्दा बढी आइसक्नुभयो ।’ महासचिव र प्रवक्ता भने प्रायः आउने गरेको उनले बताए ।

पार्टी एकता हुँदा दुवै केन्द्रीय कार्यालयमा दुवै अध्यक्षका कार्यकक्ष राख्ने निर्णय गरिएको थियो । त्यसैअनुसार, पेरिसडाँडामा ओली र प्रचण्डको कार्यकक्ष बन्यो । तर, आफ्नो कार्यकक्ष बनेको झन्डै २० महिना हुन लाग्दासमेत ओली एकपटक पनि पेरिसडाँडा गएका छैनन् । अहिले नेकपाले धुम्बाराहीलाई केन्द्रीय कार्यालय तथा पेरिसडाँडालाई केन्द्रीय विभाग र जनसंगठनहरूको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ ।

धुम्बाराहीस्थित कार्यालयमा अध्यक्षद्वय, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नौ सदस्यीय सचिवालयका सबै नेताको फरक–फरक कार्यकक्ष छ । धुम्बाराहीमा तेस्रो तल्लामा दायाँतिर प्रचण्ड र बायाँतिर ओलीको कार्यकक्ष छ भने बीचमा ‘वेटिङ’ कक्ष छ । दुवै अध्यक्षको कार्यकक्षबीच रहेको ‘वेटिङ’ कक्षमा नेकपाले सचिवालय बैठक गर्दै आएको छ । तर, पार्टी एकतायता प्रचण्डको अध्यक्षतामा तीनपटक धुम्बाराहीमा सचिवालयको बैठक बस्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने सहभागी भएका छैनन् ।

अध्यक्ष प्रचण्डले पनि निवासलाई नै भेटघाटमा प्रयोग गर्दै आएकाले बैठक र अत्यावश्यक काममा बाहेक धुम्बाराही केन्द्रीय कार्यालय धेरै कम पुग्छन् । ‘कार्यालयमा महासचिव मात्र नियमितजस्तै आउनुहुन्छ,’ धुम्बाराहीस्थित कार्यालय सचिव श्रीराम ढकालले भने, ‘अन्य सबै नेताहरू प्रायः व्यस्त भएर होला कमै आउनुहुन्छ । त्यसैले, अध्यक्षहरूको कार्यकक्ष पनि आएको वेला मात्र खोलिन्छ, अघिपछि ताल्चा लगाएरै बन्द गरिएको हुन्छ ।’ नेकपाले पार्टीका केन्द्रीय कार्यक्रम र बैठकहरू धुम्बाराही र जनवर्गीय संगठन विभागीय कार्यक्रमहरू पेरिसडाँडामा गर्दै आएको छ ।

पेरिसडाँडास्थित नेकपा कार्यालयको दोस्रो तलाको पश्चिमतिरका दुई अलग–अलग कोठालाई अध्यक्षको कार्यकक्ष बनाइएको छ । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षका सोफा, टेबुल, दराज, भित्तामा राखिएका माक्र्स, एंगेल्स, लेनिन र माओका तस्बिर एउटै राखिएको छ । तर, सोफा, टेबुल, दराजको रंग भने फरक छ, प्रचण्डको रातो र ओलीको कालो । अध्यक्ष ओली–प्रचण्डका अतिथि कुर्ने कोठामा रातो र खैरो रंगका सोफा राखिएका छन् । नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपालको पेरिसडाँडामा कार्यकक्ष बनाइए पनि बाहिर नेमप्लेट राखिएको छैन ।

ओलीको कार्यतालिका डेढ वर्षदेखि अलपत्र

नेता–कार्यकर्ता र सांसदहरूले भेट्न मात्रै होइन, समस्या सुनाउनसमेत नपाएको भन्दै व्यापक आलोचना गरेपछि प्रधानमन्त्री ओलीले सचिवालयमार्फत सम्पर्कमा रहन, जनगुनासो सुन्नका लागि नियमित कार्यतालिका नै बनाए । १३ असार, ०७५ मा प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले महिनाको १ गते धुम्बाराही र १५ गते पेरिसडाँडा कार्यालय पुगेर बिहान ११ देखि दिउँसो ३ बजेसम्म नेता–कार्यकर्ता भेट्ने कार्यतालिका नै सार्वजनिक गरे ।

त्यसपछि कार्यतालिकाअनुसार, उनी एकपटक धुम्बाराही पुगे । त्यसयताको डेढ वर्षमा भने कार्यतालिका लागू हुन सकेको छैन । ‘प्रधानमन्त्रीज्यू व्यस्त बन्नुभएकाले पनि कार्यतालिकाअनुसार, भेटघाट हुन सकेन,’ प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस संयोजक चेतन अधिकारीले भने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: