Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

प्रेमिकासँग लगनगाँठो कस्दै कप्तान पारस

काठमाडौं, लामो समयदेखिको प्रेम सम्बन्धमा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काकाे विवाह १४ फागुनमा हुने भएको छ । नेपाली टोलीका सफल कप्तान खड्का प्रेमिका प्राप्ती राज्यलक्ष्मी राणासँग वैवाहिक जीवनमा बाधिन लागेका हुन् । \"paras_1\" लामो  समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका उनीहरुको दुई वर्ष अघि नै मगनी (इन्गेजमेन्ट) भएको थियो । आर्मी अफिसर्स क्लबमा पारिवारिक सदस्यको जमघटमा उनीहरुको इन्गेजमेन्ट भएको थियो । प्राप्ती स्वर्गीय दिपविक्रम राणाकी छोरी हुन् । पारस २००४ देखि नेपाली नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य हुन् । उनले मेलेसियाविरुद्धका खेलमा डेब्यु गरका थिए । २०४४ सालमा जन्मिएका पारस काठमाडौं बुद्धनगरका बासिन्दा हुन् । प्रेम सम्बन्धमा रहे पनि पारसले सामाजिक संजालमा प्राप्तीसँगको फोटो सार्वजनिक गरेका थिएनन् । तर, उनकी प्रेमिकाले भने सन् २०१३ देखि नै फोटो सामाजिक संजाल फेसबुकमा राख्दै आएकी छिन् । \"paras_6\" क्रिकेट खेल्दै गरेको र केही सेल्फी फोटा राणाले फेसबुकमा राखेकी छन् । विभिन्न प्रतियोगितामा पारसले खेल्दै गरेको, म्यान द म्याच जितेको र सँगै घुम्न गएको फोटा छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि यो जोडीलाई संचारमाध्यमले पछ्यान सकेको थिएन । काठमाडौंको गोकर्ण रिसोर्ट पुग्दा मात्र यो जोडीको फोटोे सार्वजनिक भएको थियो । नियमित कप्तान हुँदै नेपाललाई डिभिजन ५, ४ र ३ को विजेता बनाउँदै २ दुईमा पुऱ्याउन पारसको योगदान महत्वपूर्ण रहेको छ । नेपाललाई बंगालादेशमा भएको टी २० विश्कपमा क्रिकेटमा पुर्याउन उनको नेतृत्व सफल भएको थियो । बराबरी अंकका बावजुद विश्वकपमा पनि नेटरनरेटमा बंगालादेशभन्दा पछि पर्दै अर्को चरणमा पुग्ने सम्भावना नेपालले गुमाएको थियो । भरपर्दा ब्याट्सम्यान पारस मिडियम पेश बलर हुन् । \"paras_4\" केही समय अघि नामिबियामा भएको डिभिजन २ मा शीर्ष दुईमा रहँदै डिभिजन १ प्रवेश नगरे पनि नेपाललाई आइसीसीले च्चाम्पियनसीप खेल्न दिने निर्णय गरेको छ । जसमा नेपालले स्कटल्याण्ड, हङकङ, केन्या, युएई, नेदरल्याण्ड, नामिबायासँग होम एण्ड अवेका आधारमा खेल्दैछ । पारस एपिएफबाट व्यावसायिक क्रिकेट खेल्छन् । यसै वर्ष उनी क्रिकेटको पुरानो मेरिलोबोन क्लबबाट अष्ट्रेलिया, बेलायतसहितका खेलाडि सम्मिलित टिमबाट खेल्दैछन् । बिहीबार हुने विवाहको स्थान भने खुलाइएको छैन । राणाको उमेर पनि २७ वर्ष नै छ । \"paras_5\" तस्वीर: प्राप्तीको फेसबुकबाट प्राप्त
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: