Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

फष्टाउँदै व्यावसायिक च्याउखेती

भीमदत्तनगर । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । यहाँको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् ।

तीन वर्षदेखि गाउँमा हजारी आइपिएम कृषक समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको स्थानीय किसान बताउँछन् । “गत वर्ष मात्रै हामीले करिब सात क्विन्टल च्याउ बिक्री गर्यौ”, कृषक समूहकी सचिव शान्ति चौधरीले भनिन्, “च्याउबाट मुनाफा पनि राम्रै हुन्छ ।” गाउँका २८ जना समूहमा आबद्ध भएर सामूहिक च्याउखेती गरिरहेको बताउँदै चौधरीले अनुदान सहयोग मिलेपछि एक टनेल थप गरेर व्यवसायलाई विस्तार गरिएको बताए । “गाउँमै दिनमा रु १८० प्रतिकिलो बिक्री हुन्छ”, उनले भने, “च्याउका लागि बजारको कुनै समस्या छैन ।” उनले गाउँघर र नजिकैको बेलौरी बजारमा च्याउ बिक्री वितरण हुँदै आएको जानकारी दिए ।

त्यसैगरी उक्त समूहलाई च्याउ उत्पादनका लागि टर्नेल (च्याउखेती गर्ने कच्ची घर) बनाउन कृषि ज्ञान केन्द्रले पनि रु ३४ हजार सहयोग गरेको थियो । बेलौरी नगरपालिका–५ का वडाध्यक्ष सेटुकुमार चौधरीले स्थानीय तहले पनि च्याउ उत्पादनका लागेका किसानलाई गत वर्षदेखि सहयोग गरिरहेको बताए । “वडा कार्यालयबाट पनि यो वर्ष तीन क्विन्टल च्याउको बीउ, पराल काट्ने मेसिनलगायतको सहयोग भएको छ”, उनले भने, “दक्षिण क्षेत्रमै सबैभन्दा बढी च्याउखेती हाम्रो वडामा छ ।” उनले गाउँमा च्याउखेतीतर्फ किसानको आकर्षण बढिरहेको बताउँदै उत्पादन वृद्धि गरी लैजान सके नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताए ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले यहाँका स्थानीय तहका विपन्न समुदायका किसानको आयस्तर उकास्न गरिबी निवारण कोष र जीविकोपार्जन कार्यक्रमअन्तर्गत च्याउखेती गर्ने किसानलाई बिरुवा वितरण, टनेल निर्माण र अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । जीविकोपार्जन कार्यक्रमअन्तर्गत कञ्चनपुरको दक्षिण क्षेत्रमा केही वर्षअघिदेखि च्याउखेतीमा आबद्ध गराउन १५ वटा कृषक समूहलाई सहयोग गरिएको कार्यक्रमका संयोजक राजकुमार सुनारले बताए ।

“गत वर्षदेखि हामीले शुरुआत गरिदिएको कृषक समूहलाई यहाँको स्थानीय तहले पनि अनुदानलगायतको सहयोग गरिरहेको छ”, संयोजक सुनारले भने, “निम्न आयस्तर भएका समुदाय र लक्षित वर्गलाई सहभागी गराएर विभिन्न आयमूलक व्यवसायमा लगाइरहेका छौँ ।”

त्यसैगरी बेलौरी नगरपालिकाको वन्तरीयाका महिला किसान च्याउखेती सामूहिकरुपमा गरिरहेका छन् । च्याउखेतीको समूहमा आबद्ध मिना चौधरीले गत वर्ष एक क्विन्टल च्याउ बिक्री गरेको बताए । बेलौरी नगरपालिका–३ पडावमा पनि कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट प्रस्तावमा आधारित च्याउखेती शीर्षकबाट त्यहाँका किसानले टर्नेल निर्माणमा ५० प्रतिशत अनुदान लिएर च्याउखेती गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले कञ्चनपुर र कैलालीमा दुई वटा शीर्षकमा अनुदान रकम आएको बताउँदै ५० प्रतिशत अनुदान सहयोगमा किसानले समूह र एकलरुपमा च्याउखेती गरिरहेको जानकारी दिए । “यहाँका किसानका लागि प्रस्तावमा आधारित च्याउखेतीमा समूह र एकल गरी १२३ जना किसान छनोट भएर काम गरिहेका छन्”, उनले भने, “त्यसका लागि किसानलाई ५० प्रतिशत अनुदान दिन रु १५ लाख बजेट आएको थियो ।”

त्यसैगरी एकल महिलालाई च्याउखेतीमा लागेर आयमूलक व्यवसाय अँगाल्न रु १० लाख च्याउखेती गर्न अनुदान आएर किसान महिला छनोट भइसकेको प्राविधिक सहायक सिंहको भनाइ छ । “कञ्चनपुर र कैलालीका ६० जना एकल महिलालाई छनोट गरेर उनीहरुले च्याउखेती थालिसकेका छन्”, सिंहले भने, “पछिल्ला वर्षमा यहाँ च्याउ उत्पादन बढिरहेको छ । बजारमा च्याउको माग बढिरहेको छ ।”

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies