बागलुङ । विसं २०३४ ताका गाउँललेले खरानी र पहेँलो माटो लगेर अँधेरी खोलाबाट कुलो ल्याएर गाउँसम्म सिँचाइ सुविधा पुर्याएका थिए । यसबाट खेतीकिसानी सजिलो, उत्पादनमा वृद्धि भएको थियो । बागलुङ नगरपालिका–५ मालिकावासीको सिँचाइ सपना सँधैलाई भने टिकेन ।
निमित मर्मतसम्भारको अभावमा विसं २०६० तिर कुलो बन्द भएपछि यस गाउँमा पुनः सिँचाइको अभाव खट्कियो । सुख्खा याम त गाउँलेलाई अभिशाप नै बन्ने गर्दथ्यो ।
स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आएसँगै अँधेरीखोलाको सिँचाइ सपना फेरि ब्युँझियो । पुरानो मुहान र कुलो सिँचाइ आयोजनामा फेरियो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत निर्माणाधीन सो आयोजना पुरा हुने चरणमा छ ।
गएको असोजदेखि निर्माण थालेको सोमरस निर्माण सेवाले चार महिनामै काम सक्न लागेको हो । “केही भागमा पाइप बिछ्याउन बाँकी छ, आयोजनाको काम अब लगभग सकियो”, निर्माण व्यवसायी प्रदीप सापकोटाले भने । बाटोका कारण गाउँलेहरुबीच असहमति बढेपछि पाइप बिछ्याउने काम केही ढिला भएको थियो । पाइप पनि समयमै आउन सकेन । मुहान, पोखरी, च्याम्बर, नाली, कुलोलगायत संरचना निर्माणको काम सकिएको छ । निर्माण कम्पनीले रु ४५ लाखमा सिँचाइ आयोजनाको ठेक्का पाएको थियो ।
आयोजनाको काम छिटो भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका सब–इन्जिनियर कल्याण पौडेलले बताए । “निर्माण कम्पनीले तीव्र गतिमा काम गर्र्यो, आयोजना छिटै पूरा हुने क्रममा छ”, उनले भने ।
आयोजनाबाट गाउँभरिमा २५ सय मिटर पाइप बिछ्याइने छ । दुईटा ठूला पोखरी निर्माण गरिएको छ । वडाध्यक्ष शिवप्रसाद सापकोटाका अनुसार साविक मालिका गाविसका वडा नं। ४, ५ र ६ का बासिन्दाले आयोजनाबाट प्रत्यक्ष लाभ लिनेछन् । चनौटे, नुवा, पात्लेलगायतका फाँटमा अबदेखि बाह्रैमास सिँचाइ सुविधा पुग्ने उनको भनाइ छ । “मालिकाको हजारौँ हेक्टर जमिनमा सिँचाइ पुग्छ, अँधेरीखोलाको धेरै पुरानो सिँचाइले बल्ल मूर्त रुप पायो”, उनले भने ।
सिँचाइ आयोजना पार्नका लागि प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले समेत पहल लिएका थिए। वडाको अधिकांश भेगलाई समेट्ने गरी सिँचाइ आयोजना बनेपछि किसान पनि खुसी छन् । “सिँचाइको सारै समस्या थियो, अब सबैलाई सुविस्ता हुने भयो”, स्थानीयवासी कृष्ण सापकोटाले भने ।
मालिकामा उब्जाउ जमिन भएर पनि सिँचाइ अभावले खेतीबाली प्रभावित बनेको थियो । सिँचाइसँगै खानेपानी, सडकजस्ता पूर्वाधार विकास वडाको प्राथमिकतामा छ । ‘एक घर, एक धारा’ को लक्ष्य पूरा गर्न खानेपानी योजना पनि सञ्चालित छन् । सडक निर्माणलाई पनि गति दिइएको छ । सदरमुकाम बागलुङ बजारदेखि जम्मा ९ किमी दुरीमा रहेको मालिका गाउँमा भर्खर विकासका कार्यहरु थालनी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: