Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पुडासैनी आत्महत्यामा लामिछानेलाई जेल : कानुन यसरी आकर्षित हुन्छ !

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानकै आधारमा लामिछानेसहित तीन जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको हो।

साउन २९ गते पुडासैनीले आत्महत्या अगाडि रेकर्ड गरेको भिडियो नै सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि मात्र यो प्रकरण ब्यापक बन्यो। भिडियोमा उनले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका छन्।

सोही अनुसार यस अघि नै प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि अनुसन्धान अगाडि बढाइसकेको थियो । सार्वजनिक हुनु अगावै प्रहरीले भिडियो हात पारिसकेकाले अनुसन्धानले ठोस रुप नै लिइसकेको प्रहरी स्रोत बताउँछन् ।

सार्वजनिक भिडियोअनुसार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई मर्नका लागि दुरुत्साहन गरेको प्रमाण प्रहरीले फेला पारिसकेको छ। पुडासैनीले रेकर्ड गराएको भिडियोलाई प्रहरीले ‘मृत्युकालिक कथन (डाइङ डिक्लेरेसन)’ मानेको छ।

मृत्युकालिक कथनलाई प्रमाण ऐन–२०३१ ले बलियो प्रमाण मान्छ ।

कानुनमा यसो भनिएको छ–

दफा - १८५. आत्महत्या गर्न दुरुत्साहन दिन नहुने : 
(१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । 
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । ‘पत्रकार पुडासैनीले आत्महत्या अगाडि रेकर्डमा भनेको कुराहरू प्रमाणित हुन्छ। यो बलियो प्रमाण हो’, एक प्रहरी अधिकृतले भने। पत्रकार पुडासैनी साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

शुरुमा उनको आत्महत्या भनिए पनि त्यसबारे प्रहरीसहित स्थानीय र आफन्तले आशंका गरे। प्रहरीले पनि अनुसन्धान जारी राख्यो। साउन २४ गतेको प्रतिनिधिसभा बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो। शून्य समयमा बोल्ने सांसदहरुले पुडासैनीको आत्महत्याबारे अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

लामिछाने र कँडेललाई ‘न्यूज २४’ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो। पक्राउ परको तीनै जनालाई प्रहरीले चितवन लगेको छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: