काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तेश्रो चरणको संगठन विस्तार अभियान शुरु गर्न लागेको छ। देशब्यापी रुपमा आफ्ना पार्टी नेता कार्यकर्ताको पक्राउ, धरपकड र हत्यामा समेत सरकार लागिपरेको भन्दै योजनावद्ध प्रतिरक्षाको नीतिअन्तर्गत पार्टी गतिविधि विस्तार गर्न उक्त पार्टीका महासचिव विप्लवले पार्टी पङक्तिलाई आन्तरिक सर्कुलर गरेका छन्।
‘दीर्घकालीन भौतिक कारबाही सञ्चालन गर्ने पार्टी केन्द्रीय नीति तय भएकोले साउन १५ गतेदेखि असोज महिनासम्म तेस्रो चरणको संगठन विस्तार अभियान सम्पूर्ण पार्टी सदस्यले सुरक्षित ढंगले सञ्चालन गर्नु’ विप्लवको गोप्य सर्कुलरमा उल्लेख छ।
विप्लवले यस्तो परिपत्र साउन ९ मा जारी गरेका हुन्। सबै जिल्ला कमिटी इञ्चार्ज, भातृ संगठन इञ्चार्ज, विद्यार्थी संगठन इञ्चार्ज लगायत पार्टीका सबै संगठनलाई विशेष सर्कुलर पठाउँदै उनले साउन १५ गतेदेखि असोज महिनासम्म तेस्रो चरणको संगठन विस्तार अभियान सुरक्षित ढंगले सञ्चालन गर्नसमेत निर्देशन गरेका छन्।
विप्लवले पार्टी पङक्तिमा जारी गरेको परिपत्रमा पार्टीको नीतिबारे स्पष्ट पार्दै भनिएको छ, – ‘संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न पार्टीले दीर्घकालीन भौतिक कारबाही सञ्चालन गर्ने केन्द्रिय नीति भएअनुसार सम्पूर्ण पार्टी सदस्य सुरक्षित रहनुपर्ने।’
त्यसो त विप्लवको उक्त परिपत्रको सूचना सुरक्षा निकायसम्म पनि पुगिसकेको स्रोतको दाबी छ। पार्टी कमिटीले आफ्नो असरदार निशानाहरू छनौट गर्नुपर्ने, चन्दा संकलन अभियान निरन्तर सञ्चालन गर्नुपर्ने परिपत्रमा उल्लेख छ।
विप्लवको पार्टीले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा अन्र्तगत पार्टी गतिविधि गरिरहेको छ। सहर र गाउँ दुवैलाई जोडने र विद्रोहमार्फत राज्यसत्तामाथि धावा बोल्ने नीति एकीकृत जनक्रान्तिको देखिन्छ। तर, विप्लवको पार्टी गतिविधि छापामार युद्धकै शैलीको भएको भन्दै पार्टीमा बहस समेत हुदै आएको थियो।
तर विप्लवको पछिल्लो गोप्य सर्कुलरमा पार्टीलाई छापामार शैलीमा ढाल्ने तयारीबारे समेत परिपत्रमा उल्लेख भएको छ। ‘पार्टी क्रमिक रुपमा छापामार शैलीको फौजी स्वरुपमा परिवर्तन हुनेछ,’ परिपत्रमा छ।
विप्लवको पार्टीले भारतीय माओवादीसँग पनि सम्र्पक बढाएको सूचना सुरक्षा स्रोतले पाएको छ। सुरक्षा स्रोतका अनुसार, भारतीय माओवादीका कतिपय नेताहरुसँग पछिल्ला दिनमा विप्लवका पार्टीका नेता कार्यकर्ताले भेटघाट समेत गरिसकेका छन्।
खासगरी, पश्चिम कमाण्ड इन्चार्ज समेत रहेका विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’, मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’, सैन्य फाँटका उदयबहादुर चलाउने ‘दीपक’सहित अन्य केही नेताहरुले भारतीय माओवादीका नेताहरुसँग भेटघाट गरेको सूचना सुरक्षा स्रोतसँग छ।
उनीहरुले हरियााणमा भाकपा माओवादीका नेताहरुसँग भेटघाट गरेको अनुमान सुरक्षा स्रोतले गरेको छ। सरकारले वार्ताका नाममा आफूहरुमाथि दमनको नीति अनुसरण गर्न खोजेको भन्दै उसले आफना नेता कार्यकर्तालाई परिपत्रमार्फत सर्तक रहन निर्देशन गरेको हो।
केही दिनअघि सरकार र विप्लवका पार्टी नेताहरुबीच वार्ताको वातावरण निर्माणका लागि अनौपचारिक छलफल भइरहेको समाचार आइरहेका थिए। त्यही क्रममा उपत्यका ब्यूरो इञ्चार्ज समेत रहेका नेता माइला लामा पक्राउ परेपछि भने विप्लवका पार्टी नेताहरु सशंकित बनेका छन्।
लामाको पक्राउको विरोधमा उनीहरुले १५ साउनमा वागमति, नारायणी र जनकपुरका केही जिल्ला बन्दको घोषणा समेत गरेका छन्। प्रवक्ता खड्कबहादुर विश्वकर्माले शनिबार वक्तब्य जारी गदै बन्द सहितको सङ्र्घषका कार्यक्रम घोषणा गरेका थिए। लामालाई गत शनिबार पेप्सिकोलाबाट प्रहरीले पक्राउ गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: