Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

घूस रकम फिर्ता गर्न नेताहरूलाई निर्देशन

बिबिसि । भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घूस दिएको रकम फिर्ता गर्न आदेश दिएकी छन्।

गत सोमवार उनकै पार्टीका एकजना स्थानीय नेताको घरमा आफूहरूले तिरेको रकम फिर्ता गर्न भन्दै मानिसहरूले छापा मारेका थिए।

पछिल्ला दिनमा उक्त राज्यभर त्यस्ता घटना हुने क्रम बढ्दै गएको विवरणहरू सार्वजनिक भएका छन्।

\"उनीहरूले लिएको घूस रकम पीडितहरूलाई फिर्ता गर्नुपर्ने हुन्छ। हामी यी नेताहरूलाई पाठ पढाउने छौँ,\" एक प्रदर्शनकर्ताले इन्डो एसिया न्यूज सर्भिसलाई भने।

घूसलाई भारतीय राजनीतिमा सामान्य रूपमा हेरिने भएपनि हाल देखा परेको परिदृश्य भने अप्रत्याशित रहेको बीबीसी बांग्लाका अमिताभ भट्टशाली बताउँछन्।

लोकप्रिय नेता बेनर्जी सन् २०११ मा सत्तामा आएकी हुन्।

तर पछिल्ला केही महिनामा भने उनको लोकप्रियता कम हुँदै गएको सङ्केत देखिन थालेको छ। यसले उनलाई चिन्तित बनाएको हाम्रा संवाददाता बताउँछन्।

हालसालै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीले पाएको सफलता पछि राज्यमा आफ्नो वर्चस्व केही हदसम्म बढाउनका लागि उनले त्यस्तो निर्देशन दिएको हुनसक्ने बताइएको छ।

कुल ४२ सिट भएको पश्चिम बङ्गालमा उनको पार्टीले २२ सिट मात्र जितेको थियो।

सन् २०१४ को निर्वाचनमा बेनर्जीको पार्टीले ३२ सिट जित्न सफल भएको थियो।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: