काठमाडौं । आज शनिबार बस्ने नेकपाको सचिवालयमा १३ महिनादेखि थन्किएको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने एजेण्डाले स्थान पाउने भएको छ ।
पार्टी एकिकरण पछि निकै महत्वको रुपमा हेरिएको नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित हुने भएको छ । पार्टीका अध्यक्षद्धय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको छलफलले पार्टीको राजनीति प्रतिवेदन प्रकाशित गर्ने निर्णय गरेको नेकपा सचिवालय स्रोतले जनाएको छ ।
सचिवायल वैठकबाट पारित भईसकेको राजनीतिक प्रतिवेदन नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओलीको अनइच्छाले गर्दा सार्वजनिक हुन सकेको थिएन । पार्टी सचिवालयबाट पटक–पटक प्रतिवेदन प्रकाशित गर्न माग गरेपनि ओलीले ताँथी राख्दै आएका थिए । प्रतिवेदनको अभावमा पार्टीको प्रशिक्षण तथा राजनीतिक गतिविधिमै पनि समस्या परेको थियो ।
के छ त नेकपाको राजनीतिक प्रतिवेदनमा ?
पार्टी एकता भएको करिब १ वर्षपछि प्रकाशित गरिन लागेको नेकपाको राजनीतिक प्रतिवेदनमा पार्टीले लिने राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीतिलाई स्पष्ट गरिएको छ । प्रतिवेदनमा तत्कालिन नेकपा एमालेले स्वीकार गरेको ‘जनताको बहुदलीय जनवाद’ र तत्कालिन माओवादीले लिएको ‘२१ औं शताब्दीको जनवाद’लाई थाँती राखी ‘जनताको जनवाद’ लागु हुने कुरा उल्लेख छ ।
अन्तरिम राजनीतिक प्रतिवेदनमा मुख्य कार्यदिशाको रुपमा क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण तर्फ अगाडि बढ्ने उल्लेख छ । यसका लागि राष्ट्रिय पुँजीवादी उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीवादी आर्थिक क्रान्ति र समृद्धिको लक्ष्य अघि सारिएको छ । भूमण्डलीकृत साम्राज्यवादसँग संघर्ष गरेर अर्थतन्त्रलाई समाजवादउन्मुख नबनाएसम्म राष्ट्रिय पुँजीवादको विकास गर्न नसकिने निष्कर्षसहित समाजवादउन्मुख राष्ट्रिय पुँजीवादको विकास र सामाजिक न्यायसहितको समृद्धि तात्कालिक दिशा, कार्यभार र लक्ष्य हुने प्रतिवेदनमा उल्लेख छ ।
संविधानको कार्यान्वयन गर्दै शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत सरकार निर्माण गरि राष्ट्रिय स्वाधीनता एवं हितको रक्षा गर्दै समाजवादउन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग गर्ने कुरा उल्लेख छ । प्रतिवेदनमा सामाजिक न्यायसहितको समृद्धि र समाजवादको आधार निर्माणलाई नै मूल राजनीतिक कार्यनीति बनाइएको छ ।
‘यो मूल राजनीतिक कार्यनीति तत्कालै फेरबदल हुने सामान्य कार्यनीति होइन । यसले सापेक्ष रूपमा लामो अवधिसम्म हाम्रो समाज, राजनीति र वर्गसंघर्षलाई दिशा निर्देशित गर्नेछ ।’ प्रतिवेदनमा लेखिएको छ, ‘उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीवादी औद्योगिकीकरण, समृद्धि र समाजवादको भौतिक आधार तयार नभएसम्म समाजवादमा रूपान्तरण गर्ने वा समाजवादी कार्यक्रम लागू हुन सक्ने स्थिति बन्दैन ।’
प्रतिवेदनमा रणनीतिक लक्ष्यको रुपमा समाजवादी क्रान्ती गर्ने र शान्तीपूर्ण रुपकै संघर्ष गर्ने उल्लेख छ । शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढ्ने नीतिले बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचन, संसद् र सरकारलाई संघर्षको मुख्य मोर्चाका रूपमा लिने कुरा स्पष्ट स्पष्ट रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
केहिदिनमै बाँकी काम टुंगीने
नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओली निरन्तर विदेश भ्रमणको कारण पार्टीको सचिवालय वैठक पनि नियमित बस्न सकेको छैन् । आज अध्यक्षद्धय बीच पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी एकताका बाँकी विषयलाई टुंग्याउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ । अध्यक्षद्धयबीच भएको विशेष छलफलले थाँती सचिवालय वैठक शुक्रबार बसाल्ने र एकताका बाँकी काम टुंग्याउने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: