Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

पौडलको निधनले सिंगो पार्टी र नेपाली कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षतीः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम (डिआर) पौडेलको असामयिक निधनले सिंगो पार्टी पंक्ति र नेपाली कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षती भएको बताएका छन् । पाैडेल प्रति श्रद्धान्जली अर्पण गर्नु चितवन पुगेका अध्यक्ष प्रचण्डले साँझ एक शोक वक्तव्य जारी गर्दै पौडेल सादा र सरल जिवनशैली अपनाउने नेता भएको बताए ।

प्रचण्डद्वारा जारी शोक वक्तव्यः

शोक वक्तव्य

आज बिहान ६ः४५ बजे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनिराम (डिआर) पौडेलको ५३ वर्षको उमेरमा हृदयघातका कारण दुःखद् एवं असामयिक निधन भएको छ । हाम्रो पार्टी कमरेड धनिराम (डिआर) पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि.सं. २०२३ कार्तिक ४ गते तात्कालीन दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका क. धनीराम (डिआर) पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । नेकपा (चौथो महाधिवेशन)को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०५१ मा तात्कालिन अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत बन्नुभएको थियो ।
२०३८ सालमा नेकपा (चौम) को सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । उहाँ अखिल नेपाल जनवादी युवा लिगको संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । बिगतमा लामो समय उहाँले पार्टीको वैचारिक मुखपत्र ‘जनएकता’ साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो ।
२०५१ साल कात्तिक २१ गते कमरेड गंगा बेल्बासेसँग उहाँको जनवादी विवाह भएको थियो । उहाँका दुई छोरी जागृति र आकृति सहित बुबा, आमा, एक भाइ र सात दिदी–बहिनी हुनुहुन्छ ।
तत्कालिन नेकपा (एकताकेन्द्र मसाल) र नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को पोलिट्व्युरो सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै २०७० सालको संविधान सभामा सभासद् र शिक्षा मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो । उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्यका रुपमा शिक्षाको नीति–निर्माणसहित दिवाकर स्मृतिग्रन्थ पुस्तकको सम्पादन गरिरहुनुभएको थियो । हाल उहाँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का बीच एककीकरण पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
सादा र सरल जिवनशैली अपनाउँदै आउनुभएका पौडलको असामयिक निधनले सिंगो पार्टी पंक्ति र नेपाली कम्युनष्टि आन्दोलनमा अपुरणीय क्षती भएको छ । यस शोकको घडीमा क. धनिराम (डिआर) पौडेल प्रती हाम्रो पार्टी पुनः भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।
३१ जेठ, २०७६

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

\"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE