वैज्ञानिकले बनाए पानी र ब्याक्टेरियाबाट चल्ने इन्जिन (भिडियोसहित)
आषाढ़ ६ गते, २०७२ शनिवार 20th June, 2015 Sat१३:०७:२३ मा प्रकाशित
५ असार, नयाँ दिल्ली । भविष्यमा पानीबाट सवारीसाधन चलाउने सपना सायद छिट्टै नै साकार हुँदैछ । यो सपनालाई कोलम्बिया युनिभर्सिटीका बायोइन्जिनियर्सले पूरा गर्नेछ । उनीहरुले यस्तो इन्जिनको विकास गरेका छन् जसमा इन्धनको रुपमा पानी र ब्याक्टेरियाले काम गर्नेछ । यो इन्जिनले पानी र ब्याक्टेरियाबाट नै ऊर्जा लिएर चल्ने गर्दछ । यो इन्जिनको प्रयोग भविष्यमा सवारीसाधनलगायत थुप्रै विद्युतीय उपकरणमा गर्न सकिनेछ ।
यसरी गर्नेछ काम:
जर्नल नेचर कम्युनिकेसनमा छापिएको खबर अनुसार यो इन्जिनले पानीको वाष्पीकरण र ब्याक्टेरियाबाट ऊर्जा लिन्छ । इन्जिनमा भरिएको पानीमा जब पानी तापक्रमको अनुसार बाफ बन्छ तब वातावरणमा उपलब्ध ब्याक्टेरिया त्यसमा मिल्ने गर्दछ । त्यसपछि बाफसँग सम्पर्कमा आउने ब्याक्टेरिया तन्किने र खुम्चिने गर्दै बाफ पातलो हुने गर्दछ र यही परिवर्तनले इन्जिनलाई घुमाउने गर्दछ ।
यस्तो छ इन्जिनः
पानी र ब्याक्टेरियाद्वारा चल्ने इन्जिन बनाउने इन्जिनियर्सको समूहलाई लिड गर्ने अज्गुर शाहीनको भनाई अनुसार उनीहरुले यो प्रोजेक्ट थुप्रै दशक पहिले सुरु गरेका थिए तर सफलता अहिले पाएका छन् । यद्यपी यो इन्जिन आफ्नो सबैभन्दा सानो रुप अर्थात् ४ इन्चको लम्बाईमा छ । यो इन्जिन १.८ माइक्रोवाट्सको इनर्जी जेनेरेट गर्ने गर्दछ जसमा एउटा एलइडी बल्ब र सानो कार चलाउन सकिन्छ । भविष्यमा यो इन्जिनको क्षमतालाई बढाएर यसलाई सवारीसाधन र थुप्रै विद्युतीय उपकरणमा फिट गर्न सकिने बताइएको छ ।
हेर्नुहोस् भिडियोः
https://www.youtube.com/watch?v=xeLD8u-z-Wg
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: