Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

नक्सलाइट गुरिल्ला थिए मिथुन चक्रवर्ती

\"Mithun-Chakraborty-7\"३ असार, नयाँ दिल्ली । सन् १९८० देखि भारतीय सिनेमामा राज गर्दै आएका डिस्को डान्सर भनेर चिनिने मिथुन चक्रवर्ती चलचित्रमा आउनुपूर्व नक्सलाइट (हालको भारतीय माओवादी) का गुरिल्ला थिए । उनको एकमात्र भाइको करेन्ट लागेर मृत्यु भएपछि सरकारी दमन झेलिरहेका मिथुनले नक्सलाइट आन्दोलन छोडे । हिंसात्मक आन्दोलनमा संलग्न भएपनि बलिउड क्षेत्रमा सफलता हासिल गर्ने उनी सम्भवतः एक मात्र अभिनेता हुन् । कोलकाताको चर्चित स्कटिस चर्च कलेजबाट केमेस्ट्रीमा स्नातक गरेका मिथुनले सन् १९७६ मा बंगाली मूलका मृणाल सेनद्वारा निर्देशित चलचित्र मृगयाबाट फिल्मी दुनियाँमा पाइला टेकेका थिए । मिथुनले मृगयादेखि ओएमजीसम्मका प्रत्येक फिल्ममा आफ्नो एक छाप छोड्न सफल भएका छन् । बलिउड पुग्नुअघि मिथुनले पुणे फिल्म संस्थानबाट अभिनयको अध्ययन पनि गरेका थिए । अभिनय र नृत्यमा पोख्त मिथुन मार्सल आर्टस्का ब्ल्याकबेल्टधारी हुन् । फिल्मी क्षेत्रमा निकै सफल रहेका मिथुनको व्यक्तिगत जीवन भने असफल रह्यो । सन् १९९० मा मोडल हेलेना ल्युकसँग विवाह बन्धनमा बाँधिएका उनीहरुको निकै छोटो समयमा नै सम्बन्धबिच्छेद भयो । त्यसलगत्तै उनले भारतीय अभिनेत्री योगिता बालीसँग विवाह गरे । योगितासँग सम्बन्ध रहिरहेकै बेला सन् १९८० ताका उनले अर्की चर्चित नायिका श्रीदेवीसँग गुपचुप रुपमा विवाह गरेका थिए । उनका एक फ्यनले उनीहरुको विवाहको सर्टिफिकेट लिक गरिदिएपछि मिथुनले उनीसँगको सम्बन्ध स्विकार गरेका थिए । मिथुनले योगितासँग लामो समयसम्म पनि सम्बन्धविच्छेद नगरेका कारण श्रीदेवीले उनलाई छोडिन् । योगिता बालीबाट उनका तीन छोरा, मिमो, रिमो, नमासी र एक छोरी दिशानी छन् । अभिनयसँगै राजनीतिमा पनि संलग्न मिथुन हाल तृष्णमूल कांग्रेसबाट राज्यसभा सदस्य छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies