Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जान्नैपर्ने कुरा : किन हुन्छ शीघ्रपतन, शिथिलता र अनिच्छा ?

म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य चाँडै स्खलन हुने गरेको छ । श्रीमती बेलाबेलामा झर्किने गर्छिन् । यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो ?

सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर यत्तिकै हैरान भइरहेका हुन्छन् । साथीहरूको बीचमा कुरा हुँदा ‘मेरो त यार कहिलेकाहीँ एक घण्टासम्म पनि जान्छ’ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन् ।

शीघ्र स्खलनको समस्या प्रायः सबैले अनुभव गरेका हुन्छन् । चा“डो वीर्य स्खलन हुने समस्या सापेक्षिक कुरा हो । यसलाई परिभाषित गर्न गाह्रो छ । स्वस्थ व्यक्तिको तीन मिनेटमै वीर्य स्खलन हुन्छ भने शीघ्र स्खलन भएको ठान्ने व्यक्तिले २.३२ सेकेन्डमा वीर्य स्खलन हुँदा पनि शिकायत गर्न थाल्छन् । तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ । त्यसैले पनि पुरुषले शीघ्र स्खलनको अनुभूति गर्छ । कतिपयले भने वीर्य स्खलनअगाडि आउने रसलाई वीर्य ठान्ने र यौन फिल्ममा देखाइएको लामो यौनकार्यको दृश्यबाट प्रभावित भई आपूmमा शीघ्र स्खलन भएको शंका गर्छन् ।

तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ । आफ्नो यौन पार्टनरसँग राम्रोसँग ‘फोरप्ले’ गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एकदेखि तीन मिनेटसम्म यौन सम्पर्क गर्दा पर्याप्त हुन्छ । तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको यौन जीवन बिग्रन्छ । केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थिर रहन्छ । त्यसैले फोरप्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आनन्द प्राप्त गर्न सकिन्छ ।

शीघ्र स्खलन नियन्त्रण सम्भव छ । यौनसम्पर्कको क्रममा वीर्य स्खलन होलाजस्तो भयो भने लिंग बाहिर निकाल्ने अनि फेरि चालु गर्ने, पार्टनरको अंगमा ध्यान नदिने, यौन क्रीडा रोकेर ध्यान अर्कैतर्पm मोड्ने, महिलामाथि बसेर यौन क्रिडा गरेमा स्खलन ढिलो हुने हुनाले आसन परिवर्तन गर्ने, स्खलन हुन लाग्दा पार्टनरलाई गति कम गर्न संकेत गर्ने, स्खलन होलाजस्तो भयो भने लिंगको फेदमा अ“ठ्याउने, अण्डकोष र मलद्वारबीचको वीर्यनली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कन्डम प्रयोग गर्ने गरेमा शीघ्र स्खलनको समस्या बिस्तारै हट्छ । यसका साथै लिंगवरिपरिको मांसपेशीको कसरत, हस्तमैथुन गर्दागर्दै वीर्य स्खलन रोक्ने अभ्यासले पनि शीघ्र स्खलन घटाउन सकिन्छ । यसका लागि दृढ अठोट एवं धैर्यका साथै पार्टनरको सहयोग र समझदारी पनि आवश्यक हुन्छन् ।

म २५ वर्षीय युवा हुँ । सम्भोगको इच्छा हुँदाहुँदै पनि सेक्स गर्न सक्दिनँ । मेरो लिंग कडा नै हुँदैन । तीन वर्षदेखि मलाई यो समस्या भएको हो । गर्लफ्रेन्डसँग सम्बन्ध नै तोडिदिऊँ जस्तो भएको छ । म के गरूँ ?

तपाईंको समस्या उत्तेजना समस्या अर्थात् ‘इरेक्टाइल डिस्फंक्सन’ हो । चिन्ता, हीनताबोध र मानसिक तनावले तपाईंलाई यो समस्या भएको हो । यसको उपचार एमदमै सम्भव छ । चाँडोभन्दा चाँडो डाक्टरसँग छलफल गर्नुहोला ।

तपाईंले सम्बन्ध तोड्नु हुँदैन । सम्बन्धभन्दा ठूलो कुरो यौन हुन सक्दैन । घुमघामले तपाईंहरूको सम्बन्ध अरू प्रगाढ हुन सक्छ । बरु, तपाईं आफ्नी गर्लफ्रेन्डसँग खुलस्त कुरा गर्नुस् । उहाँ तपाईंलाई साँच्चिकै प्रेम गर्नुहुन्छ भने उहाँले तपाईंको समस्या बुझेर समाधानमा सहयोग गर्नुहुनेछ ।

मेरो श्रीमान् ३९ वर्षको हुनुहुन्छ । म २८ वर्षकी छु । हाम्रो बिहे भएको पाँच वर्ष भयो । हामी सुखी थियौँ । तर, अहिले उहाँ असाध्यै पिउनुहुन्छ । एक वर्षदेखि उहाँले मलाई यौनसुख दिन सक्नुभएको छैन । उहाँमा यौनचाहना नै छैन । कहिलेकाहीँ कोसिस गर्नुहुन्छ तर उहाँको लिंग उत्तेजित नै हुँदैन । केही सीप नलागेपछि त्यत्तिकै सुत्नुहुन्छ । आजभोलि त मलाई झर्को लाग्ने, सानो सानो कुरामा रिस उठ्ने हुन्छ । अझ बेलुका व्यर्थको कोसिस गर्दा म कराइदिन्छु । के गर्ने होला ? उहाँको उपचार हुन सक्ला ?

वैवाहिक सम्बन्धमा उतारचढाव आउँछन् । यो सत्य हो । तपाईंको श्रीमान्लाई अहिले धेरै तनाव छ जस्तो बुझिन्छ । अहिले उहाँलाई सबैभन्दा बढी आवश्यकता तपाईंको छ । सबैभन्दा पहिले त राम्रो मनोचिकित्सकसँग उपचार गराएर उहाँको मदिरा सेवन गर्ने बानी छुटाउनुहोस् । एक पटक मदिराको कुलतबाट उम्किनुभयो भने उहाँका यौन चाहना र क्षमता दुवैमा निस्सन्देह वृद्धि हुनेछ । अहिले उहाँमा भएको समस्या इरेक्टाइल डिस्फंक्सन हो, जसको कारण अत्यधिक मदिरा सेवन हो । धेरै रक्सी खाने पुरुषलाई उत्तेजनाको समस्या हुन्छ । तपाईंको श्रीमान्को सबैभन्दा प्रभावकारी उपचार नै रक्सी छाड्नु हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending