चितवन । ‘भेटघाट ग्रुप’ले दुई वर्षको अध्ययनपछि चितवनमै पहिलोपटक नेपालकै सबैभन्दा ठूलो फनपार्क निर्माण गरिरहेको छ ।
भरतपुर ४, लंकूस्थित ‘जेम्स वल्र्ड फनपार्क’को नाममा आगामी वैशाख १ गतेबाट सञ्चालनमा ल्याउने तयारी सहित तीव्रगतिमा निर्माण कार्य भइरहेको छ । ग्रुपका अनुसार फनपार्क सञ्चालनमा आएपछि एकैपटकमा ४ हजार ५ सय मानिसले एकैसाथ सेवा लिन सक्ने छन् । २५ करोड रूपैयाँको लगानीमा निर्माण भइरहेको फनपार्कमा १०० भन्दा बढी खेल समावेश गरिनेछ ।
भेटघाट ग्रुपका अध्यक्ष महेश तिवारीका अनुसार ४ प्रकारको टिकट सुविधा हुनेछन् । १० हजार रूपैयाँमा प्रिभेन्स कार्ड र उक्त कार्ड लिएका व्यक्तिले कार्डको आधारमा वर्षभरि नै निःशुल्क सेवा लिन पाउने व्यवस्था मिलाइएको उनले बताए ।
‘उक्त कार्ड लिएर अन्य व्यक्ति आउँदासमेत हामीले १५ प्रतिशत छूट दिने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘नयाँवर्षको अवसरमा वैशाख महिनाभरिका लागि २५ प्रतिशत छूटको व्यवस्था गरेका छौँ ।’
समृद्ध महानगरको परिकल्पनासहित स्थानीय सरकारले काम गर्न लागिरहेको बेलामा भरतपुरभित्रै ठूलो लगानीमा व्यवसाय सञ्चालन हुनु सकारात्मक काम भएको आयोजकको दाबी छ । अध्यक्ष तिवारीका अनुसार फनपार्कले अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त गरिसकेको छ । ६६ जनालाई प्रत्यक्ष रोजगारी दिने गरी काम गरिएको उनको भनाइ छ ।
करिब तीन विघा क्षेत्रफलमा फैलिएको फनपार्क निर्माणका लागि भेटघाट समूहको ५१ प्रतिशतसहित ६९ जना शेयर सदस्य छन् । चितवनको पर्यटन विकाससँगै अन्य विकासका गतिविधिका लागि पनि फनपार्कले ठूलो मद्दत पुर्याउने फनपार्कका संरक्षक गोविन्द तिवारीले दाबी गरे ।
शहिदचोकबाट करिब साढे ३ किलोमिटर र २४ कोठीबाट पश्चिमतर्फ साढे दुई किलोमिटरको दूरीमा रहेको उक्त फनपार्क यही चैत २८ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: