Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

स्पेनस्थित दूतावासमा भएको घटना आतङ्कवादी आक्रमण: उत्तर कोरिया

स्पेनको राजधानी म्याड्रिडस्थित आफ्नो दूतावासमा गत महिना भएको घटनालाई उत्तर कोरियाले \'गम्भीर आतङ्कवादी आक्रमणको\' रूपमा अर्थ्याएको छ।  घटनाबारे पहिलो पटक टिप्पणी गर्दै प्योङ्याङले अनुसन्धानको माग गरेको छ।

अमेरिकाको सङ्घीय जाँच ब्यूरो (एफबीआई) सो घटनामा संलग्न रहेको भन्ने चर्चालाई पनि आफूले नजिकैबाट नियालेको उसले बताएको छ।उत्तर कोरियाली नेता किम जङ-अनलाई अपदस्थ गर्न लागिपरेको छोलिमा सिभिल डिफेन्स नामक समूहले बुधवार घटनाको जिम्मेवारी लिएको थियो।

उक्त समूहले म्याड्रिडस्थित उत्तर कोरियाली दूतावासबाट कम्प्युटरहरू र डेटा लगेको र आफूले भेटेका प्रमाण एफबीआईलाई दिएको दाबी गरेको छ। घटनामा संलग्न मुख्य सन्दिग्धहरूको नाममा कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी भएका छन्।

के भएको थियो?

स्पेनका अधिकारीहरूका अनुसार समूहका एक व्यक्ति व्यापार मामिला हेर्ने उत्तर कोरियाली सहचारीलाई भेट्ने बहानामा दूतावास प्रवेश गरेका थिए।

उनको नाम एड्रिअन हङ चाङ भएको बताइएको छ। आफूले उक्त अधिकारीसँग पहिले पनि भेटिसकेको र व्यावसायिक विषयमा छलफल गर्ने भन्दै उनी उत्तर कोरियाली दूतावास गएका थिए।

उनले दूतावास प्रवेश गरेलगत्तै उनका साथीहरू पनि भित्र छिरे। उक्त समूहमाथि सहचारीलाई सोधपुछ गरेको र आफूसँग मिल्न फकाउने प्रयास गरेका आरोप लगाइएको छ।

उत्तर कोरियाका सहचारीले त्यस्तो आग्रह अस्वीकार गरेपछि उनलाई बाँधेर भुइँतलामा छोडिएको थियो। एड्रिअनबाहेक अन्य दुई व्यक्ति पनि सो घटनामा संलग्न रहेको बताइएको छ।

उनीहरू अमेरिकी नागरिक साम र्‍यू र दक्षिण कोरियाका उ रान ली हुन्। उनीहरूले दूतावासका कर्मचारीहरूलाई घण्टौँसम्म बन्दी बनाइएका थिए।

एक महिला झ्यालबाट भाग्न सफल भएकी थिइन् र गुहार माग्दै कराएकी थिइन्। लगत्तै छिमेकीहरूले प्रहरी बोलाएका थिए। घटनास्थलमा प्रहरी आइपुग्दा उनीहरूलाई एड्रिअनले स्वागत गरेका थिए।

उत्तर कोरियाली नेता किमको तस्बिर अङ्कित बिल्ला भएको पहिरन लगाएका उनले दूतावासमा केही समस्या नरहेको बताएका थिए। उक्त समूहका अधिकांश व्यक्ति दूतावासको सवारीसाधन प्रयोग गरेर भाग्न सफल भएका थिए।

एड्रिअन र अन्य केही त्यसपछि पछिल्लो भागमा रहेको प्रवेशद्वारबाट दूतावासकै गाडी प्रयोग गरेर निक्लिएका थिए। उनीहरू चार समूहमा बाँढिएर पोर्चुगलतर्फ लागेका थिए।

अमेरिकामा बस्दै आएका मेक्सिकोका नागरिक एड्रिअनले त्यसपछि एफबीआईलाई सम्पर्क गरेर आफ्नो हिसाबमा त्यस दिनको विवरण पेस गरेका थिए।

उक्त समूहबारे के थाहा छ?

फ्री जोसनको नाम बाट समेत परिचित छोलिमा सिभिल डिफेन्स (सीडीसी) उत्तर कोरियामा किम वंशको शासन अन्त्य गर्न चाहन्छ। उक्त समूहले आफ्नो वेबसाइट र युट्युबमा राखेको एउटा भिडिओमा दूतावास घुसेका व्यक्तिमध्ये एकले उत्तर कोरियाका कम्युनिस्ट नेताहरूको तस्बिरमा पनि आक्रमण गरेको देखिन्छ।

किमका भतिजा किम ह्यान-सोललाई मकाऊबाट भगाउन सफल भएको श्रेयसँगै सीडीसीले ठूलो चर्चा पाएको थियो। सन् २०१७ मा उत्तर कोरियाली शासक किमका सौतिनी दाजु किम जङ-नामको मलेशियाको विमानस्थलमा हत्या गरिएको थियो।

आफ्नो बुवाको हत्यापछि उत्तर कोरियाबाहिर बस्दै आएका ह्यान-सोलले आफू उत्तर कोरिया फर्कन चाहेक बताएका छन्। उनले किमलाई \'तानाशाह\' को संज्ञा दिएका छन्।

घटनाबारे स्पेनी अधिकारीहरू के भन्छन?

स्पेनको एल पाइस पत्रिकाले अनुसन्धानलाई नजिकबाट नियालेका स्रोतलाई उद्धृत गर्दै उक्त घटनाको योजना \'सैन्य समूह\'ले बनाएजस्तो देखिएको उल्लेख गरेको छ।

उनीहरूका अनुसार समाचार घटनामा संलग्न भएकाहरू आफूले खोजेको वस्तुबारे राम्ररी परिचित भएको जस्तो देखिन्थ्यो। स्पेनका अधिकारीहरूले अमेरिकी गुप्तचर निकाय र उनीहरूका सहयोगीहरू मिलेको हुन सक्ने शङ्का गरेको एल पाइस र एल कन्फिडेन्शियलले लेखेका छन्।

एल पाइसले उक्त समूहका दुई जनाको अमेरिकी गुप्तचर निकाय (सीआईए) सँग सम्बन्ध रहेको लेखेको छ। सीआईएले उक्त विषयमा बीबीसीसँग कुरा गर्न मानेन। अमेरिकाले उक्त घटनामा आफ्नो संलग्नता नरहेको भन्दै आएको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE