काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समानतासहितको तीब्र आर्थिक विकास नेपालीहरुको चाहाना भएको बताउनुभएको छ । लगानी सम्मेलनको समापन समारोहलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो, ‘यो सम्मेलनलाई हामीले कोशेढुंगा सावित गराउन चाहेका छौं । म आशा र बिश्वास गर्छु कि सहभागीहरुले आपसी आर्थिक क्रियाकलापमा आफैं सहभागी भएर नेपालको सामाजिक आर्थिक रुपान्तरणको एक अंग बन्दै आशा र समर्पणसहित यो ठाउँ छोडनु हुनेछ ।’
अध्यक्षले समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, ‘सामाजिक आर्थिक विकासका लागि हाम्रो संविधानले हामीलाई कार्ययोजना दिएको छ । आर्थिक विकासमा नीजि क्षेत्रको भूमिकालाई स्थापित गराएका छौं । उत्साहजनक रुपमा अन्वेषणलाई सशक्त बनाउन र आर्थिक प्रभावकारितालाई सुनिश्चित गराउन हामी नीजि क्षेत्रलाई प्रबद्र्धन गराउन चाहन्छौं । नीजि क्षेत्रलाई सञ्चालन गर्न सक्ने उपयुक्त वातावरण सार्वजनिक क्षेत्रले सिर्जना गर्नुपर्दछ । आर्थिक विकासलाई सम्भव तुल्याउन सरकारले पनि महत्वपूर्ण र सिर्जनात्मक भूमिका निर्वाह गर्न सक्छ । आर्थिक विकासका लागि नीजि क्षेत्रको भूमिका पनि उत्तिकै आवश्यक र महत्वपूर्ण हुन्छ । सार्वजनिक क्षेत्र लगानी र जनताको सुरक्षालाई सुनिश्चित गराउन सामाजिक विकासको क्षेत्रमा केन्द्रित हुनु पर्दछ । सार्वजनिक क्षेत्रले बजारको समान प्रतिस्पर्धाको सुनिश्चित गराउनु पर्दछ । लाभ र जोखिमलाई प्रभावकारी रुपमा बाँडफाँड गर्न सार्वजनिक नीजि साझेदारी मोडलले उपयोगी हुन सक्छ ।’
उहाँले हामीले विदेशी लगानीको कुरा गरिरहँदा हामीले घरेलु नीजि क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । विदेशी लगानी घरेलु नीजि क्षेत्रको लगानीको प्रतिस्थापना होइन, परिपुरक हुन सक्छ र हुनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विदेशी व्यवसायबाट वित्त, ज्ञान, प्रविधि, बिधि, र आधुनिक साधनलाई परिचित गराउन नेपाली नीजि क्षेत्र तयार रहनु पर्दछ । नीजि क्षेत्र उत्पादकत्वलाई बढाउन र प्रभावकारीतालाई सुनिश्चित गराउन र सार्वजनिक क्षेत्रले सामाजिक सुरक्षा र सुरक्षालाई ध्यान दिनुपर्छ ।
निष्कर्षमा हामी लगानीकर्ताका जायज चासोहरुलाई सम्बोधन गर्न र ग्रहण गर्न खुला र तयार छौ । यो सम्मेलन नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि उपयुक्त लगानीमैत्री वातावरण बनाउन, साझा समस्याहरुलाई समाधान र साझा मुद्दामा छलफल गर्ने मञ्च भएको छ । ’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: