Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मेरो भ्रमणले अमेरिका र विश्वभरि नयाँ सन्देश दियो : प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका प्रचण्ड बिहीबार बेलुका स्वेदश फर्किएका हुन्।

स्वदेश फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भ्रमणले विश्वभरि सकारात्मक सन्देश र तरङ्ग दिएको बताए। उनले अमेरिका बसाइका क्रममा आफ्नो भ्रमणले नेपालको शान्ति प्रक्रिया स्थापित गर्न सहयोग पुगेको बताए।

उनले पत्नी सीता दाहालको स्वास्थ्यमा निकै सुधार आएको बताए। प्रचण्डले भने, ‘सीता दाहालको उपचारको काम सकेर एयरपोर्टमा आएको छु। म जाने बेला पनि मूख्यतः उपचारको निम्ति जाँदैछु भनेको थिए। केही राजनीतिक भेटघाट पनि हुन्छन् भनेको थिएँ। त्यहीअनुसार नै भेटघाट र कुराकानी भयो।’

प्रचण्डले पत्नी सीताको उपचारका लागि मूख्यतः ३ ठाउँमा अनुसन्धान र उपचार भएको बताए। उनले भने, ‘अमेरिकाका ३ ठाउँमा अनुसन्धान र उपचारको काम भयो। सीताको स्वास्थ्यको खास समस्या के हो ? भन्नेबारे डाक्टर मात्र होइन, चिकित्सा क्षेत्रका वैज्ञानिकहरुले पनि अनुसन्धान गरे। पहिल्यै सिङ्गापुरमा गरिएको अनुसन्धानको विकसित रुप नै रहेछ।’

\"\"

प्रचण्डले सीताको शरीर र मस्तिष्कलाई फूर्तिलो बनाउने यन्त्र र औषधि लिएर आफूहरु फर्किएको बताए। उनले भने, डाक्टरले २ क्याटगोरीका शरीरमा लाउने प्याज दिएका छन्। नयाँ औषधि दिएका छन्। यो रोगलाई पिएसपी भनिँदो रहेछ। अमेरिकाका डाक्टरहरु यसलाई क्यान्सरकै औषधिमार्फत् उपचार गर्न सकिनेबारे अन्तिम परीक्षणमा रहेछन्।’

‘आउने मे महिनासम्म त्यसबारे ‘भेरीफाइ’ भएपछि उक्त औषधि चलाउन सकिने सल्लाह दिएका छन्’ प्रचण्डले भने, ‘सीताको स्वास्थ्यमा सुधार आएको छ। जर्ज क्राउन हस्पिटलको प्रयासले हामी धेरै नै आशावादी भएका छौं। उपचारको प्रक्रिया सकेर म नेपाल फर्किएको छु।’

‘म जहाजमै रहेको बेला मेराविरुद्ध मेरील्याण्डमा उजुरी परेको परेछ’ द्धन्द्धकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै प्रचण्डले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पु¥याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ।’

प्रचण्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीहरुले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए। उनले भने, ‘राजदूत लगायतका साथीहरुले नै त्यो व्यवस्था गर्नुभएको रहेछ। उहाँहरुमा प्रचण्डलाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ। हुनेवाला केही पनि थिएन। अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन’ जारी गरिसकेको थियो।’

अमेरिका बसाइका क्रममा नेपाली समुदायसँग सघन कुराकानी भएको प्रचण्डले बताए। उनले भने, ‘उपचारको काम सकिएपछि अमेरिका बस्ने नेपालीहरुसँग राम्रो कुराकानी भयो। नेपालका बारेमा, २ देशको सम्बन्धका बारेमा सकारात्मक कुराकानी भयो। त्यसले म हौसला मिलेको छ।’

मेरिल्याण्ड राज्यमा नेपाली मूलका सांसद ह्यारी भण्डारीले आफू स्वागत गरेको प्रचण्डले बताए। भ्रमणका क्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूत, अमेरिकी सरकारका विशिष्ट कर्मचारी र अमेरिकामा रहेका नेकपाका नेता–कार्यकर्तासँग पनि राम्रो कुराकानी भएको प्रचण्डले बताए। उनले नेपालको सशस्त्र युद्धबारे अमेरिकामा रहेको भ्रम निवारण भएकोसमेत बताए।

प्रचण्डले नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएकोसमेत जानकारी गराएका छन्। उनले भने, ‘नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा सम्वाद नभएको लामो समय भएको छ। अब उच्च तहमा राजनीतिक सम्वाद हुनुपर्छ भन्ने विभिन्न तहका छलफलमा कुराकानी भएको छ, त्यसका लागि हामी प्रयास गर्छौं।’

अब पार्टी एकताको कामले गति लिने उनले बताए। प्रचण्डले भने, ‘म अमेरिका नगएको भए यतिञ्जेल पार्टी एकता टुंगोमा पुग्थ्यो। अब हामी पार्टी एकतालाई गति दिन्छौं। केही दिनमा एकता प्रक्रिया टुंगिन्छ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: