Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

लोकतन्त्रका विरुद्ध समाचार नलेख्न सभामुख महराकाे आग्रह

काठमाडौँ, १३ चैत। सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आयोगले बुधबार आयोजना गरेको सूचनाको हकसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सूचना माग्न पाउनु र सूचना प्रवाह गराउनु सबैको दायित्व भएकाले लोकतन्त्रमा खुल्लापन रहेमा सूचना मागिरहनु नपर्ने बताए। “मुलुकमा अपारदर्शिता बढेमा वा सूचना लुकाउने प्रवृत्ति बढेमा सूचनाको हकसम्बन्धी कानून र आयोगको अत्यावश्यकता हुने तर सूचनाको सहज पहुँच भएमा कानून र आयोगको औचित्य हुँदैन” सभामुख महराले भने, “वास्तविक राष्ट्रिय एकता कायम गर्ने प्रकारका सूचना प्रवाहमा रचनात्मक हिसाबले सबै लाग्नुपर्छ, सूचनाका नाममा लोकतन्त्रलाई खतरामा पार्ने काम गरिनु हुँदैन, पत्रकारिताको धर्म पनि यही हो।” सूचनाको हकसम्बन्धी ऐनलाई आवश्यकतानुसार संशोधनका लागि सम्बन्धित पक्षसँग छलफलसहित ल्याइएमा संसद्ले पारित गर्न सहज भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना माग र प्रवाहको विवरण सार्वजनिक गर्न नेपाल सरकारका सबै निकाय, राजनीतिक दल, वित्तीय र सामाजिक संस्थालाई समेत नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न आदेश जारी गरिएको बताए। उनले खुल्ला सरकारी तथ्याङ्कका अवधारणा कार्यान्वयन गर्न र राज्यको जिम्मेवारीमा रहँदा गोपनीयताका सपथ खाने परम्परा हटाउन सरकारलाई सुझाव दिएको बताए। आयुक्त किरण पोखरेलले सूचना प्रवाहमा देखिएका बाधा र अवरोध हटाउन आवश्यक रहेकाले कानूनबमोजिम पाउनुपर्ने सूचना नपाइएमा आयोगले आदेश दिएर सूचनाको हक कार्यान्वयन हुँदै आएको बताए। अर्का आयुक्त यशोदा तिमल्सिनाले समाजका हरेक क्षेत्रमा सूचनाको हकको जागरण वृद्धि हुँदै गएको बताए। कार्यक्रममा विभिन्न २१ मन्त्रालयका सूचनाको हकसम्बन्धी मूल्याङ्कन गरिएको ‘आरटिआइ अडिट’को प्रतिवेदनलगायत तीन पुस्तक सार्वजनिक गरिएको थियो।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE