Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

वडाध्यक्षले गरे १६ वर्षीय बालिकासँग बाल विवाह

इटहरी, ८ चैत । खोटाङमा वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राउतले बालविवाह गरेका हुन्।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा उनले बालविवाह गरेको उजुरी परेको छ । वडामा भएका विभिन्न भ्रष्टाचारका विषयमा परेको उजुरीमा बालविवाहको कुरा पनि समेटिएको छ । २०५८ साल चैत २७ गते जन्मिएकी खोटाङकी एक किशोरीसँग ३५ वर्ष माथिका वडाध्यक्ष राउतले बालविवाह गरेको हुन । स्थानीय पन्जिकारिको कार्यालयमा २०५९ चैत १ गते गरिएको जन्मदर्ता तथा बालिकाको विद्यालयको प्रवेश परीक्षापत्रमा समेत २०५८ चैत २७ गतेकै जन्म मिति देखिएको छ ।

मुलुकी देवानी संहिता २०७४ अनुसार गैरकानुनी हुनेगरि २० वर्ष भन्दा कम उमेरकी बालिकालाई राउतले मागी विवाह गरेका हुन । उनले २०७५ श्रावणमा विवाह गरेका थिए । विवाहको महिना बालिकाको उमेर १७ वर्ष पनि पुगेको देखिँदैन । १६ वर्ष ४ महिना हाराहारी मात्रै भएको अवस्थामा बालिकालाई वडाध्यक्ष राउतले विवाह गरेका हुन्। नगरपालिकाको कानुनी मस्यौदा संयोजकसमेत रहेका वडाध्यक्ष राउतले आफै कानुनको खिल्ली उडाउँदै बाल विवाह गरेका हुन ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले भने आफूलाई राउतले बाल विवाह गरेको बारेमा कुनै जानकारी नआएको बताएका छन् । ‘मलाई बाल विवाह भएको बारेमा कुनै लिखित मौखिक जानकारी आएको छैन’, मेयर राईले भने, ‘बाल विवाह नै भएको हो भने स्थानीय सरकारले गर्न सक्ने कारबाही गर्नेछौँ ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE