काठमाडौं । विप्लव नेतृत्वको माओवादीमाथि सरकारले लगाएको प्रतिबन्धलाई चारैतिरबाट आलोचना गर्न थालिएको छ । विप्लवसँगै जनयुद्धमा होमिएकाहरुले समेत उनी र उनको समूहलाई प्रतिबन्ध लगाएर सरकारले गलत गरेको टिप्पणी गरेका छन् । जनयुद्धका सहकर्मी एवं केही वर्ष अघिमात्रै एउटै पार्टीबाट अलग भएका मोहन वैद्य किरणले सरकारको ‘विप्लव’ माथि प्रतिबन्धको निर्णय अत्यन्तै गलत भएको र त्यो ‘फासीवाद कदम’ भएको बताएका छन् ।
उनले भने, ‘राजनीतिक समस्याको हल राजनीतिक रुपैले नै गर्नुपर्छ । त्यो नगरेर सरकारले ठूलो गल्ती गर्यो । यसखालको प्रतिबन्ध फुकुवा गर्नु पर्छ । सरकारको दमनकारी भूमिका तत्काल बन्द गर्नु पर्छ । उहाँहरुसँग वार्ता गर्नु पर्छ ।’ विप्लवलाई प्रतिबन्ध लगाउने ठाडो प्रस्ताव उनीसँगै जनयुद्धमा रहेका उनका सहकर्मी एवं तत्कालिन माओवादीका कमाण्डर रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रीको हैसियतमा मंगलबारको मन्त्रीपरिषद् बैठकमा गरेका थिए ।
जुन प्रस्तावलाई मन्त्रीपरिषद् बैठकले तत्कालै स्वीकृति गरेको थियो । प्रधानमन्त्री एवं तत्कालिन एमाले र सोही माओवादीबीच एकता भई जन्मिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्षले मुलुकको शान्ति सुरक्षा खल्बलाउनेलाई निषेध गरिने भन्दै अभिव्यक्ति दिएको भोलिपल्ट मन्त्रीपरिषद् बैठकमा बादलले ‘विप्लव समूह’लाई प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरेका थिए ।
त्यसबारे ओलीले ‘व्रिफिङ’ गर्दा तत्कालिन माओवादी अध्यक्ष समेत रहेका नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारात्मक रुपमा लिएको बताइएको छ । उनले आइतबार पोखरा पुगेर युद्धकालको जस्तो ‘प्रचण्ड’ बन्न नखोज्दा राम्रो हुने चेतावनी विप्लवलाई दिएका थिए । किरणले विप्लवसँगै युद्ध गरेकाहरु सरकारमा आएर विप्लवलाई मात्रै आपराधिक समूहको ‘विल्ला’ लगाई राजनीतिक गतिविधिबाट रोक्नु अनौठो भएको बताए ।
उनले भने, ‘राजनीतिकरुपमा काम गर्दा या जनयुद्धकालमा हामीलाई पनि तत्कालिन सरकारले आपराधिक समूह भन्थ्यो । त्यसो भए अहिले सरकारमा बस्नेहरु चोखा छन् त ? त्यही जनयुद्धकै भरमा सरकारमा बस्न हुने उनीहरुलाई अनि अहिले राजनीतिक माग राखेर अघि बढेको समूहलाई अपराधी भनेर प्रतिबन्ध लगाउन मिल्छ ?’
सरकारबाट प्रतिबन्धको निर्णय फिर्ता नगरेमा मुलुक पुनः मुठभेडमा होमिने संकेत देखिएको किरणले बताए । वि.सं २०६९ असार ३ गते काठमाडौंस्थित वौद्धमा राष्ट्रिय भेला गरेर प्रचण्ड नेतृत्वको एकीकृत माओवादीबाट किरण, बादल, विप्लवले पार्टी विभाजन गरी ‘नेपाल कम्युनिट पार्टी माओवादी’ गठन गरेका थिए ।
त्यही वर्ष पुस २४ गते देखि माघ २ गते सम्म चलेको पार्टीको सातौं महाधिवेशनबाट किरण अध्यक्ष बनेका थिए भने वर्तमान गृहमन्त्री रामबहादुर थापा बादल महासचिवमा निर्वाचित भएका थिए तर आन्तरिक मतभेदका कारण उनीहरुको सहकार्य लामो समय टिकेन र २०७१ सालमा पार्टी विभाजन भएको थियो ।
किरण र बादललाई छोडेर विप्लव र खड्गबहादुर विश्वकर्माले छुट्टै पार्टी गठन गरेका थिए । ‘नेकपा माओवादी’ बाट नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ नै नाम राखी पार्टी सञ्चालन गर्दै आएका महासचिव विप्लव केही समयदेखि भूमिगत छन् ।
किरणले कुनै कारण बस आफूहरु विप्लव समूहसँग छुट्एि पनि उनीमाथिको प्रतिबन्ध राजनीतिकरुपमा निकै ठूलो भुल भएको टिप्पणी गरेका हुन् । उनले भने, ‘हामी कुनै कारणबस पार्टी विभाजनको मोडमा पुग्यौं । तर, हामीले एउटै उद्देश्यसहित युद्ध सुरु गरेका थियौँ र त्यसका सम्पूर्ण प्रक्रियामा सँगै पनि थियौं । तर, आज उहाँहरुमाथि जे भएको छ त्यो ठिक होइन ।’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: