Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

‘देशभन्दा ठूलाे अरु केही छैन, धम्कीदेखि तर्सिन्नँ’ : भीम रावल

काठमाडौं । नेकपाका नेता भीम रावलले सिके राउतसँग सरकारले गरेको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेपछि उनका विरुद्ध विभिन्न कुप्रचार भएका छन् । देशको पक्षमा बोल्दा आफ्नो कुप्रचार भएको भन्दै उनले प्रतिरोध गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै रावलले त्यतिबेला नेपालको शान्ति सुरक्षा बिग्रिएको र आफू गृहमन्त्रीमा नियुक्त हुँदा अमेरिका मात्र नभएर अन्य देशका कुटनीतिज्ञले समेत स्वागत गरेको स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालमा सुरक्षा स्थिति बिग्रिएको बेला संभवत क्षमता र अनुभव हेरेर होला गृहमन्त्रीमा मेरो नियुक्तिलाई अमरिकी कूटनीतिज्ञले मात्र होइन प्रमुख देशका कूटनीतिज्ञले स्वागत गर्दै विशेष सुरक्षा नीतिको समर्थन गरेका थिए । यसलाई कसैको खबरी भन्ने जस्तो निकृष्ट प्रायोजित कुप्रचार गरिदैंछ ।’

साथै उनले नेपाल आमालाई गालिगलौज गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिएको भन्दै असन्तुष्टी पनि पोखेका छन् । उनले भनेका छन्, ‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्राउन विदेशीहरूसँग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिँदै अलग देशको नेतासँगझंै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरितका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैन ।

भीम रावलसँगै वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले पनि सहमतिमा शंका गरेका छन् । तर प्रधानमन्त्री ओली पक्षका नेताहरुले भने त्यसको बचाउ गर्दै आएका छन् ।

तर, यसमा नेकपाका सांसद भने विभाजित देखिएका छन् । आइतबार भएको संसद बैठकमा राउतसँगको सहमतिमा शंका गरेका भीम रावललाई लक्षित गर्दै ओली पक्षीय नेता महेश बस्नेतले रावललाई सिटामोल खान सुझाव दिएका थिए । नेता रावलले बस्नेतको भनाइको जवाफ सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएका थिए ।

यहि क्रममा सोमबार बिहान प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सम्झौताको विरोध गर्ने वा त्यसमा शंका गर्नेलाई लक्षित गर्दै व्यंग्यात्मक ट्वीट गरेका थिए ।

उनले लेखेका छन्, ‘नेताहरु झुक्किए, फसे वा फसाइए या तिनिहरुले गल्ति नै गरे पनि केही कुरा छैन–हामी धन्य छौं । मुलुक जोगाउने एक–से–एक उहाँहरु हुनुहुन्छ । आङ् सिरिङ्ग हुन्छ र साह्रै आश्चर्य लागिरहेको छ, उहाँहरुको जन्मअघि यो मुलुक कसरी जोगिए छ ?’

रिमालले ‘मुलुक जोगाउने एक–से–एक उहाँहरु’ भनेर भीम रावलसहितका नेतालाई संकेत गरेका हुन् । सीके राउतसँगको सम्झौताले नेकपाभित्र आन्तरिक मिलेमतोको विपरित कलहले घनिभूत रुप लिँदै गएको देखिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: