Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

पाठक घूस प्रकरणमा अपराध महाशाखाका एसएसपी सिंह पनि संलग्न



काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घूस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घूस लिएको स्विकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ –‘भिडियो प्रकरणमा प्रत्यक्ष जोडिएका केही व्यक्तिसँग बयान सुरु भइसकेको छ, उनीहरूले प्रमाण नष्ट गर्न पाठकले एसएसपी सिंहलाई परिचालन गरेको बयान दिएका छन्,’ अख्तियार स्रोतले कान्तिपुरसँग भन्यो, ‘भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिने, धम्क्याउनेदेखि सादा कागजमा बयान गराएको सम्म खुलेको छ ।’
अख्तियार स्रोतका अनुसार महाशाखा प्रमुख सिंहसहित साइबर अपराधसमेत हेर्ने महाशाखाको पिलर ४ का डीएसपीलगायतको टोलीले पटक–पटक धरपकडदेखि दुर्व्यवहार गरेको बताएका छन् ।
लोकमानकै लय

रकम बुझाउने ज्ञानेन्द्र झाका अनुसार अख्तियार आयुक्त पाठकले दुईपटकमा ४० र ३८ लाख गरी कुल ७८ लाख रुपैयाँ घूस बुझेका थिए भने पाठककै निर्देशनमा १५ लाख रुपैयाँ उनका भाइ शुभनारायणलाई बुझाइएको थियो । घूस बुझाएर पनि काम नभएपछि झाले राजनारायण र शुभनारायणसँग रकम फिर्ता माग्न थाले । रकम फिर्ता माग्दै शुभनारायणलाई सन्देशहरू पठाउन थाले । त्यसपछि राजनारायणले एसएसपी सिंहलाई प्रयोग गरेर धरपकड गर्ने रणनीति बनाए ।
‘भिडियो खिचेको पत्ता पाउनासाथ पाठकले प्रहरीमार्फत हामी दुवै जनाको फोन निगरानीमा राखेर जासुसी गरिसकेका रहेछन्,’ झाले कान्तिपुरसँग भने, ‘केही दिनमै एसएसपी सिंहको टोलीले हामीलाई पक्राउ गरेर लग्यो ।’ प्रहरीले सुरुमा शुभनारायणलाई किन धम्क्याएको भनेर केरकार गरेको थियो । ज्ञानेन्द्र र ध्वजमानले उजुरी देखाउन चुनौती दिएपछि सिंहले आफैं धम्क्याउन थाले । भिडियो खिच्ने ध्वजमानले सिंहको भनाइ उद्धृत गर्दै भने, ‘सानो भएर ठूलो मान्छेसँग जुध्ने ? के सोच्नुभएको छ ? सिरियस केस हो । इन्काउन्टर पनि हुन सक्छ ।’

आफूहरूमाथि धरपकड गरे ठीक नहुने भनी मोक्तानले सोझै पाठकलाई फोन गरेर चेतावनी दिए । त्यसपछि केही दिन शान्त भएका पाठकले ‘आफू कामको सिलसिलामा थाइल्यान्ड जाने’ बताए । सोही दिन फेरि दुवै जनालाई अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गर्‍यो र दुवैको पृष्ठभूमि बुझ्नेदेखि अन्य व्यक्तिगत विवरणबारे जानकारी माग्यो । प्रहरीले लिखित बयानसमेत लियो । ‘किन शुभनारायणलाई धम्क्याएको ?’ भन्ने सवाल गरेपछि झाले ‘शुभनारायणले आफ्नो दाइ (राजनारायण) को दम्भमा १५ लाख रुपैयाँ मागेर लगेको तर फिर्ता नगरेको’ लिखित जवाफ दिए ।
‘बयान क्रममा कागजमा खाली ठाउँ राखिएको देखेपछि किन त्यसो गरेको भनेर मैले निहुँ खोजेको थिएँ,’ मोक्तानले भने, ‘हाम्राविरुद्ध झूटो प्रमाण थपेमा ठीक हुँदैन भनेर हिँडेको थिएँ ।’ झाका अनुसार आफूहरूविरुद्धको उजुरी देखाउनुस् भन्दा प्रहरीले सुन्दैनथ्यो । केवल बोलाएर खाली नेपाली कागजमा बयान गराउने, छाड्ने र फेरि बोलाउने गरिरहेको थियो । बीचमा एसएसपी सिंहले बोलाउने, महाशाखामै राख्ने र बयान नलिई फर्काउने गर्न थालेको मोक्तानको भनाइ छ ।

प्रहरीले सुरुमा झामाथि केन्द्रित रहेर धरपकड गरेको र पछि भिडियो खिच्ने मोक्तानलाई पनि बयानमा बोलाउन थालेको उनीहरूको भनाइ छ । मोक्तानलाई पटक–पटक प्रहरीले तारिखमा बोलायो । पछि महाशाखाबाट उनीहरूको बयानको फाइल नै गायब पारिएको स्रोतले बतायो । ‘लोकमानकै शैलीमा फेरि पनि प्रहरी प्रशासनको दुरुपयोग गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘उनीहरू पक्राउ परेको, बयान लिएको लगायत कुनै पनि प्रमाण यहाँ भेटिँदैन ।’

दुवैले सल्लाह गरेर प्रहरीलाई दिएको बयानमा ‘आयुक्त पाठकले आफूहरूसँग घूस लिएको र त्यसकै बदलास्वरूप दुःख दिएको’ भनी सहीछाप गरेका थिए । एक दिन सडकमा हिँडिरहेका बेला एउटा भ्यानमा आएका १२ जनाजतिको समूहले झालाई कब्जामा लियो र झालाई सोझै प्रहरीको अपराध अनुसन्धान महाशाखा पुर्‍यायो । उनले निकै अनुरोध गरेपछि आधा घण्टामा प्रहरीले फोन गर्न अनुमति दियो । अनि साथी मोक्तानलाई घटनाबारे जानकारी गराए । ‘सबै कुरा थाहा पाएपछि मैले सोझै पाठकलाई फोन गरेर झालाई नछाडे तत्काल भिडियो सार्वजनिक गरिदिने धम्की दिएँ,’ मोक्तानले कान्तिपुरसँग भने, ‘त्यसको केहीबेरमा उहाँलाई छाडियो ।’

प्रहरीले केही दिनपछि मोक्तानलाई समेत बोलाएर यातना दिन थाल्यो । बारम्बार महाशाखाका प्रहरीले यातना दिन थालेपछि झा र मोक्तानसहित अन्य केही सहयोगीसहित प्रहरी कार्यालय पुगे । उनीहरूले आफूमाथिको उजुरी र त्यसको प्रमाण माग्दै बिनाआधार यातना दिए पत्रकार सम्मेलन गरेर सबै विवरण सार्वजनिक गरिदिने चेतावनी दिए । त्यसपछि उनीहरूले एक नेताको सहयोगमा भिडियोबारे जानकारी गराए ।

गृह मन्त्रालयमा आफूहरूमाथि धरपकड भएको उजुरी दिएपछि अपराध अनुसन्धान महाशाखाले सक्रियता देखाउन छाड्यो । अपराध अनुसन्धान महाशाखाका एसएसपी सिंह र उनको चार नम्बर पिलरको टिम केही पछि हटेको उनीहरू बताउँछन् ।
सबैतिरबाट ट्र्याप

महानगरीय प्रहरीको अपराध अनुसन्धान महाशाखाले शुभनारायण पाठकको उजुरी र त्यसक्रममा भएको धरपकडको सबै कागजात गायब बनाए पनि विभिन्न स्रोतबाट त्यससम्बन्धी प्रमाण सुरक्षित रहेको भेटिएको छ । एकबाहेक विभिन्न स्रोतबाट समेत प्रमाण संकलन भइरहेको अख्तियार स्रोतले बतायो ।

अडियो कुराकानीको एक भागमा तत्कालीन आयुक्त पाठकले ज्ञानेन्द्र झालाई आफूहरूबीचको कुराकानी बाहिर लिक भएको भन्दै केरकार गर्न खोजेका छन् । झाले समेत त्यसो भएको भन्दै जवाफमा भनेका छन्, ‘मलाई पनि यो ठीक लागेन । कसले यो गरिरहेछ ?’ जवाफमा पाठकले प्रमाण नष्ट गर्ने उपाय सुझाएका छन् । भन्छन्,‘अडियो रेकर्ड गर्ने व्यक्ति पत्ता लागेमा प्रहरीलाई भनेर ५ मिनेटभित्र छापा मार्न र सबै भिडियो सिज गर्न सकिन्छ । त्यो कुनै गाह्रो काम होइन ।’
भिडियो खिच्ने ध्वजमान मोक्तानले कान्तिपुरलाई उपलब्ध गराएको भिडियो फुटेजमा समेत महाशाखा प्रमुख सिंहको संलग्नता देखिन्छ । आयुक्त पाठकको कार्यकक्षमै गएर भिडियो खिचेका मोक्तानसँग सवालजवाफमा पाठकले सिंहको संलग्नता स्विकारेका छन् ।

‘हुँदाहुँदा तपाईं महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुखलाई नै प्रयोग गरेर ज्ञानेन्द्र झाजीलाई पक्राउ गर्नुभएछ हैन, यो ठीक भएन,’ मोक्तानले भनेका छन् । उनी सादा कागजमा किन बयान गराएको र बीचमा खाली ठाउँ राखेर षड्यन्त्रपूर्ण व्यवहार गरेको भन्दै झोक्किएपछि पाठकले आफ्ना भाइ शुभनारायणले मौखिक उजुरी दिएकाले प्रहरीले सम्झाउनुपरेको जवाफ दिएका छन् । उनले भनेका छन्, ‘ज्ञानेन्द्रले मेरो भाइलाई धम्क्याएछ, भाइले उजुरी दिएकाले यसो सोधपुछ गरेको होला, म अहिले नै रोकिदिन्छु ।’

राजीनामा दिनुभन्दा दुई दिनअघि फागुन १ गते कान्तिपुरसँगको कुराकानीमा समेत आयुक्त पाठकले महाशाखाका प्रमुख सिंहको नाम जोडेका थिए । ‘पैसा नदिएको भनेर मेरो भाइलाई धम्क्याएको धीरजप्रताप (महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी धीरजप्रताप सिंह) ले पनि सुनेको थियो रे, धीरजले प्रमाण देऊ भनेछ । उसले मेरो भाइलाई पटकपटक गाली गर्दोरहेछ । उसले म्यासेज पनि पठाउँदो रहेछ । म्यासेज त मलाई पनि आएको छ । धीरजले थुन्दिन्छु भनेपछि म्यासेज पठाउन छाडेछ,’ पाठकले संक्षिप्त अन्तर्वार्ता क्रममा भनेका थिए, ‘मैले उसलाई पक्राउ गराएको होइन । भाइलाई धम्क्याएपछि सहयोग गरेको सम्म हो ।’

प्रहरी प्रवक्ता उत्तम सुवेदीले ‘घटनाबारे अहिलेसम्म कुनै उजुरी, सूचना वा पत्राचार नभएको’ प्रतिक्रिया दिए । ‘हामीलाई यसबारे कुनै सूचना छैन भने सोध्ने कुरै भएन,’ उनले भने । घटनाको प्रकृति र अवस्था हेरेर प्रहरीले कुनै व्यक्तिलाई फोनबाट बोलाउनेदेखि जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिन सक्ने भन्दै उनले ‘परिस्थिति बुझेर मात्रै प्रतिक्रिया दिन उपयुक्त हुने’ बताए । ‘प्रहरीले शान्तिसुरक्षाको अवस्थालाई हेरेर कहिलेकाहीँ फोनबाट बोलाउनेदेखि कुनै व्यक्तिलाई हतारमा नियन्त्रणमा लिन्छ, त्यहाँ के भएको हो, बुझेर मात्रै प्रतिक्रिया दिनु उचित हुन्छ,’ सुवेदीले कान्तिपुरसँग भने, ‘घटनाबारे कुनै जानकारी नभएकाले यसै भन्न सकिएन ।’

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख सिंह तालिमको सिलसिलामा संयुक्त राज्य अमेरिकामा छन् । घटना र आरोपबारे विवरण खुलाएर ‘म्यासेन्जर’ मार्फत उनको प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन । हाल महाशाखाको नेतृत्व सम्हालेका एसपी सोमेन्द्रसिंह राठौरले ‘घटनाबारे आफूलाई केही थाहा नभएको’ प्रतिक्रिया दिए । ‘हुन त त्यो बेला पनि म महाशाखामै थिएँ तर केही थाहा भएन,’ उनले कान्तिपुरसँग भने, ‘मलाई यसबारे प्रधान कार्यालयबाट पनि सोधपुछ भएको थियो । कुनै जानकारी नभएको जवाफ दिएको छु ।’



Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending