काठमाडौं । टन्टलापुर घाममा असिनपसिन गर्दै जनताका घरमा भोट माग्दा ‘स्मार्ट सपना’ बाँड्ने जनप्रतिनिधिको आजभोलिको तुजुक हेर्दा जनताका प्रतिनिधि कम र शासक बढी लाग्छन् । प्रदेशदेखि गाउँपालिकासम्मका एक से एक जनप्रतिनिधिहरु निलज्ज रुपमा महंगा सवारी साधन किन्नमा नै राष्ट्रिय ढुकुटी रित्याउँदा मतदाता पुर्पुरोमा हात राखेर पश्चात गर्नुको विकल्प छैन । त्यसो त कतिपय जनप्रतिनिधिहरुले आफ्नो तलब पनि समाजसेवामा नलगाएका भने होइनन् । तर त्यस्ता उदाहरण नगन्य मात्रामा रहेका छन् ।
देशबाट युवा जनशक्ति बाहेक कुनै पनि चिज विदेश निर्यात नभई रहेको परिपेक्ष्यमा महंगा बिलासी सवारी साधनको आयातले मुलुक झन् जर्जर अवस्थामा पुग्ने देखिएको छ । पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्म विभिन्न बाहानामा विदेश जाने मन्त्री र कर्मचारीहरुले फर्किदा के सिकेर नेपालमा लागू गरे भन्ने प्रश्न उठ्नु जायज छ ।
संघीयता पश्चात त बिदेश जानेकाे संख्या झनै बढेर गएको छ । जनताको करले बिदेश सयर गर्ने र महंगा होटलमा डकारेर फर्किने नै हो भने बिदेश भ्रमणको अर्थ नै के होला र ! यसै सन्दर्भमा बाँकेको नेपालगञ्ज उपनगरपालिकाका जनप्रतिनिधिबीच विदेश भ्रमणका लागि गोलाप्रथाको रमाइलो भएको छ ।
विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको बताइएको छ ।
गोलाप्रथा अनुसार उपप्रमुख थापामगर छनोटमा परेका छन् ।
विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई तीन÷तीन र एउटा फोरमको भागमा परेको थियो । काङ्ग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काङ्ग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: