Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मोदीले चुनाव जितुन् भन्ने चाहन्छ पाकिस्तानी सेना, यस्तो छ कारण

बीबीसी । भारतले पाकिस्तानभित्र पसेर हवाई आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ। पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले भारतको आक्रमणको उत्तर उचित समय र ठाउँमा दिने चेतावनी दिएको छ।

तर के पाकिस्तानको सेनाले भारतविरुद्ध कुनै कारबाही गर्न सक्छ?

प्रस्तुत छ, दक्षिण एशियाको सुरक्षा मामिला विशेषज्ञ प्राध्यापक क्रिस्टिन फेयरको धारणा।

भारतले आफूले गरेको भनेको आक्रमणबाट कुनै क्षति नभएको पाकिस्तानले बताएको छ। जबकि पाकिस्तानी क्षेत्रभित्र पसेर बमबारी गरेको भारतको दाबी छ।

यो वास्तवमा ठूलो साहसिक आक्रमण हो। पाकिस्तानी वायुसेनाको बाध्यता के हो भने ऊसँग भन्ने कुरा केही छैन। मलाई लाग्छ पाकिस्तानले यो मामिलालाई शान्त हुन दिनेछ। यसलाई थप अघि बढ्न नदिन उसमाथि ठूलो अन्तर्राष्ट्रिय दबाव छ।

भारतले के गर्‍यो वा गरेन त्यसको अझै पूरा जानकारी छैन। तर पाकिस्तानले त्यसलाई घटाएर भनिरहेको छ। त्यसो गर्नु सकारात्मक सङ्केत हो।

युरोपेली सङ्घ, अस्ट्रेलिया र अन्य कैयौँ देशले पाकिस्तानलाई प्रतिकार नगर्न भनिरहेको हामीले देखिरहेका छौँ।

लामो युद्ध हुँदैन

हामी चाहन्छौँ, अमेरिकी राष्ट्रपतिले यो मामलामा बलियो हस्तक्षेप गरून् र पाकिस्तानलाई रोकून्। चीनले पनि पाकिस्तान अहिले कुनै युद्धमा सहभागी होओस् भन्ने चाहँदैन।

यस्तोमा मलाई लाग्छ पाकिस्तानले कुनै ठूलो कारबाही गर्नेछैन। तर अहिले नै पूर्ण विश्वासका साथ भन्नु हतारो हुनेछ। किन कि हामी यो घटनाक्रमको प्रारम्भिक चरणमै छौँ।

तर पाकिस्तानको दृष्टिबाट हेर्ने हो भने त विमान नियन्त्रणरेखाको बाटोबाटै आएको भए पनि त्यो नियन्त्रणरेखानजिकै गरिएको आक्रमण नभएर पाकिस्तानभित्र पसेरै गरिएको हो।

तर उसको भनाइबाट सङ्केत के पाइन्छ भने पाकिस्तान हवाई आक्रमणजस्ता आक्रामक कारबाही गर्नेछैन। त्यहाँको सेनाको प्रतिक्रिया नियन्त्रणरेखा वा उत्तरी सीमामा बमबारीमा सीमित गर्न सक्छ।

जब ओसामा बिन लादेनलाई मार्न अमेरिकाले आक्रमण गरेको थियो तब कैयौँ हेलिकोप्टर पाकिस्तानी क्षेत्रमा पसेका थिए। तर पाकिस्तानी वायुसेनाले कुनै कारबाही गरेको थिएन।

\'सात जनालाई मात्र थाहा थियो हवाई हमलाको समयतालिका\'
भारत चकित पर्ने गरी अप्रत्याशित कारबाही गरिने पाकिस्तानी सेनाको चेतावनी
सैन्य जनशक्ति देखेर क्षमता फरक लाग्न सक्छ तर जब दुवै देशका सैनिक नियन्त्रणरेखा र अन्तर्राष्ट्रिय सीमानजिक तैनाथ हुन्छन् तिनको क्षमता धेरै हदसम्म बराबर नै हुन्छ।

एउटा लामो युद्धको स्थितिमा भारतले आफ्नो सेनाको पूरै क्षमता लगाउन सक्छ।

अलगअलग ठाउँमा तैनाथ सेनालाई सीमामा ल्याउन सक्छ। मलाई लाग्छ धेरैजसो अमेरिकी विश्लेषकहरूले पनि यही ढङ्गले सोच्ने गर्छन् कि एउटा छोटो युद्धमा भारत वा पाकिस्तान कसैसँग पनि निर्णायक जितको निम्ति क्षमता छैन।

यी दुई देशबीच युद्ध भयो भने पनि त्यो छोटो हुनेछ किनकि अन्तर्राष्ट्रिय समुदायले परमाणुशक्ति भएका यी दुवै देशबीच लामो युद्ध हुने दिँदैनन्।

निर्वाचनसँग आक्रमणको सम्बन्ध

यो मामिलाको सम्बन्ध भारतमा हुन लागेको निर्वाचनसँग पनि छ। भारतमा भएका आक्रमणको व्याख्या गर्न सकिन्न। तर पुलवामा आक्रमणबाट थाहा हुन्छ कि आक्रमण निकै सोचविचार गरेर गरिएको छ।

आक्रमणमा सैन्य बललाई तारो बनाइएको छ। यो निकै भड्काउने खालको आक्रमण हो। किनकि भारतीयहरू आफ्नो सेनाको विषयमा निकै भावुक छन्।

यो अमेरिकीभन्दा उल्टो हो। अमेरिकामा सर्वसाधारण मारिँदा जनता भड्किन्छन्। त्यसको उल्टो भारतमा सैनिक मारिँदा जनता भड्किन्छन्।

आक्रमणमा निशाना बनाइएको अर्धसैनिक बल सीआरपीएफ भारतमा सबैभन्दा कम बजेट भएका सुरक्षा अङ्गमध्ये एक हो। उक्त आक्रमण निकै विभत्स थियो।

जैश-ए-मोहम्मदले सन् २००० पछि कुनै आत्मघाती घटना गराएको थिएन। उन्नाइस वर्षपछि गरायो र त्यसको उद्देश्य नै भावना भड्काउनु थियो।

आक्रमणको समय पनि निकै सोचविचार गरेर छानिएको छ। त्यसैले यत्रो ठूलो प्रतिक्रिया देखिएको हो।

भारतका मानिसले सुन्न नचाहे पनि वास्तविकता यो हो कि भारतको निर्वाचनमा नरेन्द्र मोदीको जितबाट सबैभन्दा बढी लाभ पाकिस्तानको खास सत्तालाई हुन्छ।

यसको कारण के हो भने पाकिस्तानमा यसबेला कैयौँ घरेलु दबावहरू छन्। सबैभन्दा ठूलो समस्या पश्तुन आन्दोलन हो जो त्यहाँको अखण्डताका लागि ठूलो खतरा हो।

बलुचिस्तानमा भइरहेको सङ्घर्ष पनि त्यहाँको निम्ति खतरा हो। एउटा बलियो भारतबाट हुने खतराले पाकिस्तानलाई आन्तरिक रूपमा एकजुट बनाउँछ।

यदि पाकिस्तानको तर्फबाट हेर्ने हो भने केही चरमपन्थी मारिनुले उसको रणनीतिक मुद्दालाई प्रभावित तुल्याउँदैन। तर भारतमा मोदीको जित सुनिश्चित बनाउन आक्रमण गर्नु पाकिस्तानको खास सत्ताको रणनीतिक आवश्यकतासँग अवश्य पनि मेल खान्छ।

पाकिस्तानलाई के फाइदा?
पाकिस्तानीहरूमा कांग्रेसको जितले हिन्दू अन्धराष्ट्रवादी भारतको डर त्यति उत्पन्न गर्न सक्दैन जति भाजपाको जितले गर्छ।

त्यसैले आक्रमणको समय र शैलीले भारतीय निर्वाचनमा मोदीको जित सुनिश्चित गराउने उद्देश्य भएको सङ्केत गर्छन्। यसअघि भारतीय निर्वाचनमा मोदीको जित सुनिश्चित थिएन।

तर अब जे अवस्था छ, अब मोदीले जित्ने लगभग निश्चित छ र पाकिस्तानी गुप्तचर संयन्त्र यही चाहन्छ। किनकि एउटा बलियो भारत, जोसँग पाकिस्तान डराओस्, त्यसले पाकिस्तानीलाई जतिसुकै अलोकप्रिय काम गरे पनि पाकिस्तानी सेनाको पछाडि उभ्याइदिन्छ।

भारतका मानिसले यो पनि बुझ्नुपर्छ कि \'पाकिस्तानको खास सत्तालाई मोदीको जितले फाइदा पुग्छ\' भन्ने तर्कको अर्थ आक्रमणसँग मोदीको कुनै सम्बन्ध छ भन्ने पनि होइन।

तर मोदीको जित पाकिस्तानी सेनाको आवश्यकता हो। किनकि यसबाट उसले पश्तुन र बलुचमाथि गरिरहेको अत्याचार लुकाउन सक्छ।

(बीबीसी सम्वाददाता दिलनवाज पाशाले प्राध्यापक क्रिस्टिन फेयरसँग गरेको कुराकानीमा आधारित)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: