काठमाडौं। बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम सम्बोधन बन्न पुगेको छ।
बुधबार दिउँसो तेह्रथुमको चुहानडाँडामा मन्त्री अधिकारीले जम्मा पाँच मिनेट सम्बोधन गरे। मन्त्री अधिकारीले प्रधानमन्त्रीकै निर्देशनमा आफू आएको बताएका थिए। यस्तो छ मन्त्री अधिकारीको अन्तिम सम्बोधनको मूख्य अंश।
हामी आज यहाँ छौं, एयरपोर्ट हेर्ने हिसाबले आएका छैनौं। अहिले हामी एयरपोर्ट बनाउने हिसाबबाट हेर्न आएका छौं। मेरो साथमा एयरपोर्टको नक्सा, इस्टिमेट, डिजाइन सबै छ। पहिला एयरपोर्ट बन्न २९ करोड लाग्ने भने पनि अहिले ८७ करोड खर्च हुने अवस्था छ। त्यो सम्पूर्ण इस्टिमेट मैले बोकेर आएको छु।
म यतिबेला २ वटा सन्दर्भ बताउन चाहन्छु। वर्तमान सरकार बनेपछि मुलुकको आर्थिक समृद्धि र विकासले गति लिइरहेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले समृद्धि र विकासको नेतृत्व लिइरहनुभएको छ, हामी उहाँको मन्त्रीमण्डलमा बसेर काम गरिरहेका छौं। यो ठाउँ प्रधानमन्त्रीको जन्मस्थल भएकाले मात्र होइन, एयरपोर्टका हिसाबले उपयुक्त भएकाले हेर्न आएका हौं।
एयरपोर्ट बनाउने भनेपछि हामीले धेरै छलफल ग¥यौं, स्टिमेट हे¥यौं। प्रधानमन्त्रीले हामीलाई सबै कुराको अध्ययन गर्न भन्नुभयो। हामीले सबै कुरा अध्ययन ग¥यौं। त्यसपछि प्रधानमन्त्रीज्यूले पर्यटनमन्त्री नै गएर चुहानडाँडा हेर्नुस् भन्नुभयो। प्रधानमन्त्रीको निर्देशनअनुसार हामी आएका छौं। हामीले यहाँ स्थलगत अध्ययन गर्दा ठाउँ उपयुक्त लाग्यो। यहाँ केही कुराले पनि छेक्दैन।
म तपाईहरुसामू प्रधानमन्त्रीज्यूको सन्देश बोकेर आएको छु। यो सरकार एयरपोर्ट बनाउन प्रतिवद्ध छ। हामी एयरपोर्ट बनाउन प्रतिवद्ध छौं, यसमा अब कुनै शंका छैन। तपाईहरुको हामीलाई साथ छ। पानी परेको छ, मौसम खराब भएको छ, हामीलाई फेरि काठमाडौं पुग्नुछ। म यति भन्न चाहन्छु, सरकारले आफ्नो काम अगाडि बढाइरहेको छ।
सधैं अस्थिरताबाट फाइदा उठाएकाहरु आत्तिएका छन्। उनीहरु कराएका छन्, सरकारले केही काम गरेन भनिरहेका छन्। केही काम भएन भनेका छन्। तर, सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकार बनेपछि धेरै कामहरु भएका छन्। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, तीनै सरकारले काम गरिरहेका छन्। तीनवटै सरकार जनताको पक्षमा छन्, समृद्धिको पक्षमा छन्।
अहिले परिणाम देखिन थालेका छन्। हामीले अझै प्रभावकारी काम गर्नुछ। यहाँ काम भएन भनेर हल्ला गर्नेहरु पनि छन्। उनीहरुले काम नभएर होइन, काम भएर हल्ला गरेका हुन्। सरकारले काम गरिरहेकाले काम गरेन भनेका हुन्। तपाईहरुकहाँ मध्यपहाडी लोकमार्ग बनिरहेको छ। एयरपोर्ट बनाउने भनेर हामी यहाँ आएका छौं। हामीले देशभरिका एयरपोर्ट बनाउँदैछौं। अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदैछौं।
सरकारले पूर्वाधार विकासको काम गरिरहेको छ। विकासका काम भएका छन्, उत्पादनका काम भएका छन्, रोजगारी सिर्जनाका क्षेत्रमा काम भएका छन्। शिक्षा र स्वास्थ्यमा काम भएका छन्। तीनवटै सरकारले काम गरिरहेको छ। देशको आर्थिक विकास र समृद्धिलाई अब कसैले रोक्न सक्दैन, कसैको गफले रोकिँदैन, हामी अगाडि बढ्छौं।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: