Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

गृहमन्त्रीको एक वर्ष–संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार

काठमाडौ ।  गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । मन्त्रालयका अनुसार नागरिकको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्न आवश्यक उपयुक्त सुरक्षाको वातावरण निर्माणका लागि एक वर्षले आधार तयार गरेको छ । संविधान, कानून र सरकारको मार्गचित्रलाई कार्यान्वयन गर्न गृह प्रशासन सुधार कार्ययोजना बनाई कार्यान्वयन गरिएको तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागू गरिएको गृहमन्त्री थापाले बताए । गृह प्रशासनमा विगतदेखिको प्रशासनिक विकृतिहरु न्यूनीकरण भएको दाबी गर्दै उहाँले सुरक्षा अङ्ग परिचालनलाई थप व्यवस्थित र व्यावसायिक बनाएको पनि उनले बताए । मन्त्री थापाले भन्नुभयो, “शान्तिसुरक्षा, अपराध नियन्त्रण र सुशासनमा अझ धेरै गर्न बाँकी छ, यसतर्फ अझै सचेत हुँदै समृद्ध नेपाल निर्माणमा सबै एकजुट हुनुपर्छ ।” सङ्गठित अपराध नियन्त्रणमा सफलता मिलेको, यातायात क्षेत्रको सिण्डिकेट, विकास निर्माण र कानून कार्यान्वयनको क्षेत्रमा रहेका विकृति, अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न मजबुत सुरक्षा आधार प्रदान गर्ने क्रममा तत्कालीन र दीर्घकालीन दुवै अर्थमा पर्याप्त आधारसहितको नतिजा हासिल गर्न सफल भएको मन्त्रालयको दाबी छ । मन्त्रालयले सार्वजनिक गरेको १० महत्वपूर्ण उपलब्धिअन्तर्गत यस वर्ष २४ मध्ये २१ वटा कानून तर्जुमा भएको, मापदण्ड विपरीत व्यक्तिको सुरक्षामा खटिएका २७५ सुरक्षाकर्मी फिर्ता गरिएको, महिला बालबालिकासम्बन्धी छुट्टै अपराध तथा अनुसन्धान भवन निर्माण गरिएको उल्लेख छ । जबर्जस्तीकरणी अपराधका घटनामध्ये ९५ प्रतिशत घटनाको सफल अनुसन्धान गरिएको, अवैध सुन तस्करी र सङ्गठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता मिलेको मन्त्रालयको भनाइ छ । सुन तस्करीमा संलग्न ७५ मध्ये ४६ पक्राउ गरिएको, ३१ फरार रहेको, ३४ लाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको र ३६ अभियुक्तको चल–अचल सम्पत्ति रोक्का गरिएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ । यातयात क्षेत्रमा रहेको लामो समयसम्मको सिण्डिकेटको अन्त्यका लागि नवीकरण गर्ने कार्य बन्द गरिएको, राजमार्गमा हुने अवरोध हटाउन सुरक्षा कारवाहीको कार्यविधि तयार गरी ७७ वटै जिल्लामा लागू गरिएकाले यस्ता अवरोध न्यूनीकरण भएको मन्त्रालयको दाबी छ । विपद् व्यवस्थापन कार्य प्रभावकारी बनाइनु, नेपाल प्रहरीतर्फ सातै प्रदेशमा विपद् व्यवस्थापन कार्यदल बनाइनु, पाँचथर र सिंहदरवारमा कर्मचारीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनु तथा सबै जिल्लाका प्रजिअसँग कार्यसम्पादन सम्झौता गरी कार्यान्वयनमा ल्याउनुलाई पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । मुलुकको सङ्घीय संरचनाअनुसार सबै स्थानीय तहमा प्रहरीको पहुँच बढाइएको, सीमा क्षेत्रमा सशस्त्रको थप बोर्डर आउट पोष्टसहित ५६ वटा नयाँ एकाई स्थापना गरिएको तथा विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याइएको सार्वजनिक विवरणमा उल्लेख छ । अध्यागमनको आधुनिकीकरण र व्यवस्थित गर्ने कार्य प्रारम्भ गरिएको मन्त्रालयले जनाएको छ । विप्लव नेतृत्वको नेकपाका ३४७ लाई पक्राउ गरी मुद्दा चलाइएको, सिके राउत समूहका व्यक्तिहरुलाई समेत कानूनी दायरामा ल्याएको र सूचना प्रविधिको प्रयोगलाई बढाई सुरक्षा निगरानी बढाइएको जनाइएको छ । प्राकृतिक प्रकोप तथा दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने कार्यलाई तीव्र बनाइएको तथा समुदाय–प्रहरी साझेदारी अभियान कार्यक्रमअन्तर्गत हालसम्म ७७ जिल्ला समिति, ७४७ गाउँ÷नगरपालिका समिति गठन गरी समुदायसँग मिलेर शान्तिसुरक्षा कायम गर्नेतर्फ सरकार अघि बढेको मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending