Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कोरियामा मर्सबाट नौको मृत्यु, सङ्क्रमित बढ्दै

\"Mersसोल, दक्षिण कोरियामा केही हप्तामात्र यतादेखि देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को सङ्क्रमणमा कमी आउन सकेको छैन । अधिकारीहरुले यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको बताएका छन् । यसका १४ जना नयाँ सङ्क्रमित बिहीबारमात्र थपिएका छन् । तर बिहीबार यसका कारण कसैको पनि मृत्यु भने भएको छैन । यस सङ्क्रमणका कारण दक्षिण कोरियाली राष्ट्रपतिले अमेरिकको भ्रमण स्थगित गरेका समाचार बुधबार मात्र आएको थियो । यसको सङ्क्रमित भई दक्षिण कोरियामा आजसम्ममा कम्तीमा पनि नौ जनाको ज्यान गइसकेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार थप एकजना गर्भवती महिलामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले जनाएका छन् । केही हप्तामात्र पहिलादेखि सुरु भएको यस सङ्क्रमणबाट कोरियामा मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको र यसको सङ्क्रमण प्रतिदिन जारी नै रहँदा हालसम्म यसका सङ्क्रमित बिरामीको सङ्ख्या १२२ जना पुगेको छ । दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम नामको एक भाइरसको सङ्क्रमणबाट कैयौंको ज्यान गएको छ । दुई हप्ता यतामात्र देखिएको सो सङ्क्रमणका कारण त्यहाँको जनजीवनलाई निकै नै प्रभावित तुल्याइसकेको बताइएको छ । यस सङ्क्रमणको त्रास फैलिएपछि दक्षिण कोरियाले कयौँ विद्यालय बन्द गरेको छ भने सयौँ स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ । त्यसैगरी बिहबार प्राप्त अर्को एक समाचारमा त्यहाँका आर्थिक तथा वित्तीय क्रियाकलापहरुमा पनि कमी आएको छ । पछिल्लो समयमा आएर यस सङ्क्रमणबाट कोरियाको आर्थिक क्षेत्रमा पनि असर पर्न थालेका समाचारहरू पनि आइरहेका छन् । जसका कारण दक्षिण कोरियाको केन्द्रीय बैंकले ब्याजदरमा पनि कटौती गरेको जनाइएको छ । त्रासका कारण आर्थिक क्रियाकलापमा पनि कमी आएकोले ब्याजदरमा कटौती गर्नुपरेको बताइएको छ । हङ्कङ्कमा सङ्क्रमण छैन यसैबीच प्राप्त अर्को एक समाचारअनुसार हङ्कङ्मा भने यस सङ्क्रमणको प्रभाव नरहेको पाइएको छ । हङ्कङ्का स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ यसको सङ्क्रमण भेटिएको छैन । दक्षिण कोरियाको निकट देश हङ्कङ्मा पनि यसको सङ्क्रमण फैलिएको समाचार आएपछि त्यसको परीक्षण भएको थियो । त्यहाँका ३३ जना आशङ्का गरिएका व्यक्तिमा यसको परीक्षण भएको र उनीहरुमा यसको कुनै सङ्क्रमण नभेटिएको पाइएको समाचारमा जनाइएको छ । स्वास्थ्य अधिकारीहरुले देशमा यसको सङ्क्रमण भित्रिन नदिन यस्तो सतर्कता अपनाएको र हालसम्ममा यसको कुनैपनि सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending