Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

आईएसद्वारा ग्यास पठाउने पाइपलाइनमा विस्फोट

बेरुत, इस्लामिक स्टेटका जिहादीहरूले सिरियाको पूर्वी भागबाट राजधानी दमासकसको बाहिरी भागमा प्राकृतिक ग्यास पठाउने पाइपलाइन बुधबार बिहान विस्फोट गराइदिएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ । अब्जरभेटरीले हमास प्रान्तको पूर्वमा रहेको टी–४ विमानस्थलनजिकै मध्यरातपछि उक्त पाइपलाइन आईएसले विस्फोट गराइदिएको उल्लेख गरेको छ । अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले उक्त पाइपलाइनबाट जाने ग्यास दमासकसको बाहिरी भाग तथा होम्समा विद्युत उत्पादन गर्न तथा व्यक्तिगत घर तताउन उपयोग हुने गरेको जानकारी दिए । आईएसले होम्स प्रान्तका अनेकौँ ग्यास क्षेत्र आफ्नो नियनत्रणमा लिएको छ । यस समूहले हालै प्राचीन नगर पालमिरालाई आफ्नो नियन्त्रणमा लिएको थियो । यी क्षेत्र सिरियाको सङ्घर्षरत सरकारका लागि महत्वपूर्ण रहेका छन् । सरकारले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा ऊर्जा उत्पादन गर्न यसै क्षेत्रमा भर पर्ने गरेको छ । अब्देल रहमानले सरकारको ग्यास आपूर्तिमाथि कुनै पनि आक्रमण महत्वपूण भएको र सरकारसँग स्रोत निकै कम भएको बताए । आईएसले आफ्नो नियन्त्रणमा लिएको तेल क्षेत्रलाई आय आर्जन गर्न उपयोग गरिरहेको छ । यहाँ प्राकृतिक ग्यास प्रशोधन गर्ने काम निकै जटिल भएको बेरुतमा कारनेगी मिडिल इस्ट सेन्टरका विश्लेषक यजिद सायीघले बताए । उनले ग्यास पाइपलाइनको विस्फोट हुनु सरकारलाई उपलब्ध प्रमुख स्रोतबाट वञ्चित गर्नु रहेको आफ्नो लेखमा बताएका छन् । सरकारी सेनाले मे २१ मा पालमिरा आफ्नो नियन्त्रणबाट गुमाएको थियो । यसको केही दिनपछि नगरको दक्षिणपश्चिमी थप क्षेत्र पनि सरकारले गुमाएको थियो । सरकार सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तबाट पनि र्फिता भएको छ । यहाँ अल–नुस्र फ्रन्टले आफ्नो अवस्था बलियो बनाएको छ । सरकारी विमानहरूले बुधबार विद्रोहीले नियन्त्रणमा लिएको साराकेब क्षेत्रमा नियमित रूपमा हवाई आक्रमण गरिरहेको र त्यसबाट तीन बालबालिकाका साथमा १० व्यक्तिको मृत्यु भएको अब्जरभेटरीले जानकारी दिएको छ । सन् २०११ को मार्चमा सिरियामा सरकारविरोधी प्रदर्शन आरम्भ भएपछि यस द्वन्द्वका कारण यस मुलुकका दुई लाख ३० हजार जनताको मृत्यु भइसकेको छ र भने यसका कारण दशौँ लाख जनता विस्थापित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending