Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन् पशुपति शर्माको विवादित गितका शब्द !

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा प्रयोग गरेका ‘डेढ अर्ब’ राष्ट्रपतिको हेलिकप्टर प्रशंग, राजनीतिक कार्यकर्तालाई ‘कुकुर जस्तै भुक्छन’, ‘यमराज’ जस्ता शब्दहरु प्रयोग गरेपछि उनको गित विवादमा तानिएको हो । खासगरी सत्तापक्षिय कार्यकर्ताले उनका गितमाथि चर्को विरोध गरेका छन् भने केही सत्तापक्षिय नेता कार्यकर्ता उनको समर्थनमा समेत छन् । उनले आफ्नो गित विवादमा आएपछि शनिबार साँझ युट्युब च्यानलबाट हटाएको घोषणा गरेका छन् साथै उनले परिमार्जितरुपमा ल्याउने बताउँदै सरकारको आलोचना गर्न पाउने आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन् । के छ शर्माको गीतमा ? हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ त्यसकै छोरो पढ्न फेरि बोडिंगतिर जान्छ लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट ०००० डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ? लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज जनताको मुटुभित्र काँडा कति कति डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० वाइडबडी जहाँज किने अरे लुट्नुसम्म लुटे सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे ? ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन् कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन् लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन् हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ? गर्ने काम केही हैन, ठूला ठूला भाषण स्वर्गजस्तो देशमा हजुर यमराजको शासन लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन ट्राफिक पुलिस सीटी फुक्छ, कोहीले सुन्ने हैन त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ ? लट्न सके लुट कान्छा, लुट्न सके लुट लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा यता गयो लुटेकै छन् लुट्छन् उता गयो सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो लट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाईँदैन नेपालमै हो छुट… ००००० ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन् तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् । अब गर्न छोड्दे कान्छा आदर्शको खेती केही न केही त बुझिस होला भनेपछि यति लट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाईँदैन नेपालमै हो छुट…   पढ्नुहोस् पशुपति शर्माको स्टाटस आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु । सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु । सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु । धन्यवाद । पशुपति शर्मा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: