Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

जनताको जलविद्युत कार्यक्रम घोषणा : उर्जामन्त्री भन्छन्–नाफामुलक बनाउँछौं

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखि नेपाली’ को नारालाई सार्थक पुर्याउनका लागि ‘जनताको जलविद्युत आयोजना’ एक कार्यक्रम रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् । नेपालको सबैभन्दा धेरै उपलब्ध प्राकृतिक स्रोत पानिको सहि ढंगबाट प्रयोग र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुरुप जनताको सहभागितामा उक्त कार्यक्रम संचालनमा ल्याइएको उनले बताए । जनताको जलविद्युत कार्यक्रमलाई बजेटमार्फत नै फरक ढंगबाट अघि बढाउने निर्णयअनुरुप सम्बन्धीत निकायसंगको अन्तक्रियाबाट यो आयोजना सुरु हुन लागेको उनले बताए । हरेक नेपालीलाई विद्युतको शेयरधनी हुनका लागि आफ्नो र प्रधानमन्त्री ओलीको दृष्टिकोण अन्तरहित भएको उनले बताए । उनले भने–‘कोही असाध्यै धनि, कोही असाध्यै पछि, गरिबी र विपन्नताको अवस्थामा हुने छैन ।’  समृद्धिका लागि संघसंस्था, निजी क्षेत्र तथा जनताले सहयोग गर्ने अपेक्षा राखिएको उनले बताए । यो कार्यक्रम ३ करोड नेपालीको जनसहभागितासहितको कार्यक्रम बन्ने उनले अपेक्षा व्यक्त गरे । ‘जनताको पकेट पकेटमा रहेको सानो सानो लगानीलाई यसमा संलग्न गराइने छ ।’ उनले भने ।  यस अन्तर्गत रहेको करिव १९ वटा आयोजना र ३ हजार मेगावाट विद्युतका लागि करिब लागत ७ खर्ब अनुमान गरिएको उनले कार्यक्रममा बताए । अपर अरुणको आयोजनामा विराटनगरका नागरिकको पनि लगानी हुने उक्त कार्यक्रममा उतसाहका साथ सबैको साथ मिल्ने अपेक्षा राखिएको बताए । कार्यक्रमको बारेमा जानकारी दिँदै उनले हिमाल पहाड तराई मधेसमा रहेका सबै जनताले लगानी गर्ने राष्ट्रिय अभियान बनने अपेक्षा भएको उनले बताए । यो कार्यक्रमलाई लगानी सहतिको आकर्षक योजनाहरु भएको उनको दावी थियो । अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट सस्तो ब्याजदरमा कार्यक्रम अघि बढाउन उनले बताए ।  सानो लगानी गर्ने विपन्न जनताको पनि लगानीको सुनिश्चितता होस भने काम सुरु गरिएको बताए । साथै, नेपाल सरकारले यो कार्यक्रमलाई मुनाफातिर लानका लागि खेल खेल्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending