Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

जनताको जलविद्युत कार्यक्रम घोषणा : उर्जामन्त्री भन्छन्–नाफामुलक बनाउँछौं

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखि नेपाली’ को नारालाई सार्थक पुर्याउनका लागि ‘जनताको जलविद्युत आयोजना’ एक कार्यक्रम रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् । नेपालको सबैभन्दा धेरै उपलब्ध प्राकृतिक स्रोत पानिको सहि ढंगबाट प्रयोग र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुरुप जनताको सहभागितामा उक्त कार्यक्रम संचालनमा ल्याइएको उनले बताए । जनताको जलविद्युत कार्यक्रमलाई बजेटमार्फत नै फरक ढंगबाट अघि बढाउने निर्णयअनुरुप सम्बन्धीत निकायसंगको अन्तक्रियाबाट यो आयोजना सुरु हुन लागेको उनले बताए । हरेक नेपालीलाई विद्युतको शेयरधनी हुनका लागि आफ्नो र प्रधानमन्त्री ओलीको दृष्टिकोण अन्तरहित भएको उनले बताए । उनले भने–‘कोही असाध्यै धनि, कोही असाध्यै पछि, गरिबी र विपन्नताको अवस्थामा हुने छैन ।’  समृद्धिका लागि संघसंस्था, निजी क्षेत्र तथा जनताले सहयोग गर्ने अपेक्षा राखिएको उनले बताए । यो कार्यक्रम ३ करोड नेपालीको जनसहभागितासहितको कार्यक्रम बन्ने उनले अपेक्षा व्यक्त गरे । ‘जनताको पकेट पकेटमा रहेको सानो सानो लगानीलाई यसमा संलग्न गराइने छ ।’ उनले भने ।  यस अन्तर्गत रहेको करिव १९ वटा आयोजना र ३ हजार मेगावाट विद्युतका लागि करिब लागत ७ खर्ब अनुमान गरिएको उनले कार्यक्रममा बताए । अपर अरुणको आयोजनामा विराटनगरका नागरिकको पनि लगानी हुने उक्त कार्यक्रममा उतसाहका साथ सबैको साथ मिल्ने अपेक्षा राखिएको बताए । कार्यक्रमको बारेमा जानकारी दिँदै उनले हिमाल पहाड तराई मधेसमा रहेका सबै जनताले लगानी गर्ने राष्ट्रिय अभियान बनने अपेक्षा भएको उनले बताए । यो कार्यक्रमलाई लगानी सहतिको आकर्षक योजनाहरु भएको उनको दावी थियो । अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट सस्तो ब्याजदरमा कार्यक्रम अघि बढाउन उनले बताए ।  सानो लगानी गर्ने विपन्न जनताको पनि लगानीको सुनिश्चितता होस भने काम सुरु गरिएको बताए । साथै, नेपाल सरकारले यो कार्यक्रमलाई मुनाफातिर लानका लागि खेल खेल्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: