Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

बिपी उद्यानको नाम परिवर्तन गरेर शहीद उद्यान बनाउने प्रदेश सरकारको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले वीरगञ्जमा निर्माणाधीन बिपी उद्यानको नाम परिवर्तन गरेर शहीद उद्यान बनाउने प्रदेश २ सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेसले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर बर्तमान सरकारले केन्द्रदेखि प्रदेशसम्म कांग्रेसमाथि निरन्त आक्रमण गरेको आरोप लगाएको छ ।

२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र सरकारले गोपाल गिरीलाई वीरगञ्ज उपमहानगरको मेयर बनाउँदा पनि नमेटिएको विपीको नाम अहिलेको केपी ओली नेतृत्वको सरकारले मेट्न खोजेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाए ।

राजाले नियुक्त गरेका मेयरले पनि १० विघाह जग्गामा विपी पार्क बनाउने प्रतिबद्धता जनाएको उनले स्मरण गराए । यसअघि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई प्रदेश सरकारमा लाने भनेर आक्रमण गरेको र अहिले फेरि विपी कोइरालाको नाममा वीरगञ्जमा शिलान्यास गरिएको विपी उद्यान पार्कलाई प्रदेश सरकारले अर्कै नाममा निर्माण गर्ने भनी पुनः शिलान्यास गरेकामा कांग्रेसले आपत्ति जनाएको हो ।

प्रवक्ता शर्माले निषेधको राजनीति चलाउन खोजिएको आरोप लगाउँदै कांग्रेसले त्यसको विरोध गर्ने बताउनु भयो । उहाँले यो विषय नसच्याएसम्म कांग्रेसले केन्द्र र प्रदेश सरकारमा विरोध जनाउने बताउनु भयो । तत्कालीन समयमा उक्त जग्गा व्यक्तिलाई बेच्ने विषयमा लफडा हुँदा विपी उद्यान बनाउनका लागि मात्रै प्रयोग गर्ने भनेर निर्णय भइसकेको अवस्थामा अहिले फेरि कम्युनिष्ट सरकारले कांग्रेसमाथि बलमिच्याईं गर्न खोजेको शर्माको आरोप छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending