Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

प्रदेश १ बाट आयो खुशीको खबर– विराटनगर–इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता

विराटनगर ।  इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता भएको छ । विराट मोनोरेलका अध्यक्ष अशोक मेहताले भारतको नयाँ दिल्ली पुगेर २० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘२० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, नेपाल सरकारले मोनोरेल निर्माण सम्बन्धी अनुमति दिएपछि पैसा आउँछ’, बिराट मोनोरेलका अध्यक्ष मेहताले भने । बहुराष्ट्रिय कम्पनी भिनेष्टाले मोनोरेलमा लगानी गर्न लागेको हो । ‘भारतीयहरुको प्रमुख सहभागीता रहेको बहुराष्ट्रिय कम्पनीले लगानी गर्ने भएको छ, अब बिराटनगर मोनोरेल निर्माण हुने पक्का भएको छ’, मेहताले भने । यहि पुस २९ गते मोनोरेल निर्माणका कम्पनीले नयाँ लगानीकर्ताका रुपमा अजय कुमार सत्याललाई उपाध्यक्ष नियुक्त गरेको थियो । मोनोरेल जापानी प्रविधीको हुनेछ । ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा बुट मोडलबाट मोनोरेल निर्माण गर्ने तय भएको छ । मोनोरेल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । विराटनगर इटहरी सडकमै निर्माण हुने मोनोरेलका लागि बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेका छन् । मोनोरेलमा १ नम्बर प्रदेश सरकार र मार्गधिकारभित्र पर्ने स्थानीय तहहरुले समेत लगानीका लागि इच्छा देखाएको कम्पनीका अध्यक्ष परमानन्द मेहताले जानकारी दिए । कम्पनीले आगामी २ हप्ताभित्रै मोनोरेलको डीपीआर निर्माण आरम्भ गर्ने जनाएको छ । करिब ३० किलोमिटर लामो मोनोरेलले अधिकतम १० वर्षभित्र लगानी उठाई सक्नेछ । मोनोरेलको एक तर्फी भाडा दर ५० रुपैंयाँ प्रस्ताव गरिएको छ । डीपीआरका लागि उपाध्यक्ष सत्याल र इञ्जिनियर सिर्जु दहालको नेतृत्वमा प्रबिधी तथा वैदेशिक समन्वय समिति बनेको छ । त्यसमा भारतका राकेश पुजारी पनि सहभागी छन् । नेपालमै पहिलो पटक मोनोरेलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन लागेको र त्यो बुट मोडलमा हुने पनि प्रबन्ध निर्देशक आत्रेयले जानकारी दिए । सो मोनोरेलले एक पटकमा ५ सय जना यात्रु बोक्ने क्षमता राख्नेछ । बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको पनि आत्रेयले सुनाए । ७ जना व्यवसायीले खडा गरेको बिराट मोनोरेल इन्टरनेशनल प्रालीमा हाल नयाँ लगानीकर्ता थपिएपछि कामले गति लिन लागेको हो । स्रोत– www.deshkonews.com
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: