Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सत्ताधारी दलका नेता र सैनिकको ‘सामुहिक हत्या योजना’ विफल पारेको भेनेजुयली अधिकारीको दावी

काराकास, भेनेजुयला, १८ माघ । भेनेजुयलाको विपक्षीद्वारा केही सरकार पक्षधर नेता तथा सैनिकको ‘सामुहिक हत्या योजना’ बनाएपनि यसलाई सुरक्षा फौजले विफल पारिदिएको गृहमन्त्री नेस्टोर रिभेरलले बिहीबार बताएका छन् ।

भेनेजुयलाको अतिवादी दक्षिणपन्थी समूहले केही राजनीतिक तथा सैनिक अधिकारीको सामुहिक हत्या गर्न एक समूहलाई तयार पारेको पाएपछि सुराकीको आधारमा उनीहरूको योजनालाई विफल पार्न सरकारी सुरक्षा फौज सफल भएको गृहमन्त्री रिभेरोलको दावी छ । ‘नेशनल बोलिभरियन आर्म फोर्स (एफएएनबी)’ बाट छुट्टिएका केही सदस्य कोलम्वियाबाट भेनेजुयला आएका भन्ने गुप्तचर अधिकारीले पाएको सूचनाका आधारमा अपनाइएको सावधानी सफल भएको उनले बताए । सुरक्षाकर्मीले भेल्स देल टुय मा हत्या योजनासाथ आएका एक जना मिगेएल पालासिअस सालसेदोलाई पक्राउ गरेपछि उक्त योजनाको खुलासा भएको गृहमन्त्री रिभेरोलले बताए । सालसेदो एफएएनबीबाट सन् २००६ मा छुट्टिएका थिए । पक्राउ परेका सालसेदोको बयानका आधारमा सुरक्षाकर्मीले अर्का आरोपित अल्वेर्टो सालाजार कावानसलाई नियन्त्रणमा लिएपनि उनीसँगै रहेका दुई सदस्य भने भागेका गृहमन्त्रीले बताएका छन् । यसै घटनाका आधारमा अवकासप्राप्त भेनेजुयली कर्नेल ओसवाल्डो गार्सिया पालोमो र दुई अन्य व्यक्तिलाई बिहीबार पक्राउ गरिएको छ ।सन् २०१८ को अगस्ट ४ मा राष्ट्रपति निकोलस मदुरोलाई हत्या प्रयास गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका पालोमोलाई अत्याधुनिक हतियारसहित गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको छ । उनीसँगबाट दुई ए.के. १०३ राइफल, दुई सेटलाइट फोनसहित विभिन्न वन्दोवस्तीका सामान नियन्त्रणमा लिइएको सरकारी अधिकारीले बताएका छन् । पक्राउ परेका उनीहरू भेनेजुयलाको दक्षिणपन्थी समूहद्वारा भाडामा ल्याइएका आपराधिक गिरोहका सदस्य भएको गृहमन्त्रीले बताए । भेनेजुयलामा जनवरी २३ मा राष्ट्रिय सभाका अध्यक्ष हुँवा गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि र अमेरिकाले उहाँलाई मान्यता दिने बताएपछि यहाँको राजनीतिक अवस्था थप जटील बनेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: