अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन् । चिकित्सा शिक्षा सुधार लगायत यसअघि सरकारसंग भएका सहमति कार्यान्वयनको माग गर्दै अनसन बसेका केसीले २४ औं दिनमा अनसन तोडेका हुन् ।
केसीलाई पछिल्लो समय अनसन तोड्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना लगायतले दबाब दिएपछि उनी अनसन तोड्न राजी भएका हुन् । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिए ।
विधेयक केसीले भनेझैँ हुबहु नआएको भन्दै उनका समर्थक र बिशेष गरी प्रतीपक्ष काँग्रेसले सदन र सडकमा आवाज उठाएको थियो । तर सरकारले केसीका अधिकांश माग पुरा भएको भन्दै केसीसंग वार्ता गर्नुको कुनै तुक नरहेको बताउदैँ आएको थियो ।
डा. केसीको माग अनुसार माथेमा कार्यदलले पेश गरेको प्रतिवेदनको मर्म र भावनाअनुरुप भन्दै सरकारले दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक पास गरेर कार्यान्वयनको चरणमा पु-याएको छ ।
एकपछि अर्का माग थपिए
चिकित्सा शिक्षा सुधारको मागसहित अनसन थालेका केसी सोह्रौ अनसनसम्म आईपुग्दा अरू माग थप गरेका थिए । द्वन्द्वकालिन मुद्धा र निर्मला पन्त प्रकरणको मागका कारण उनी विवादास्पद बनेका थिए ।
सरकारले बिधेयक पास गरेर वार्ताको लागि पहल पनि नगरेपछि नेपाली काँग्रेस माथेमा कार्यदलका सदस्यहरुले अनसन फिर्ता गरेर बिधेयक संशाेधनका लागि भुमिका खेल्नुपर्ने भन्दै मनाएका हुन् । केसीले आज अनसनस्थल त्रिवि शिक्षण अस्पतालको गणेशसमान भवनमा पत्रकार सम्मेलन गरेर अनसन तोडेका हुन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: