चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र सहमतिको आवश्यक भएको बताएका छन् । चितवनको खैरहनीमा बिहीबार कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गरेका हुन् । उनले शिक्षा नै विकास र समृद्धिको आधार भएको भन्दै शिक्षामा गुणात्मक रुपले प्रगति र सुधार सुनिश्चित नभई एउटा राष्ट्रमा समृद्धिको कल्पना गर्नु निरर्थक हुने धारणा राखे ।
अध्यक्षले भने, ‘उच्चस्तरीय शिक्षा आयोगको तर्फबाट भर्खरै एउटा प्रतिवेदन तयार पारेर अब त्यसलाई विधेयकमा परिवर्तन गर्ने र संसदबाट त्यसलाई पारित गरेर शिक्षा क्षेत्रमा सुधारको प्रयासमा सरकार लागेको छ । सबै शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने लक्ष्य पूरा गर्ने दिशामा हामी छौं ।’
निजी क्षेत्र र सामुदायिक क्षेत्रबीच शिक्षाको सन्तुलन कसरी मिलाउने भन्नेमा पार्टी र सरकारको ध्यान केन्द्रित भएको उनको भनाई छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र निजी क्षेत्रलाई नियमन गर्दै लैजानेतर्फ पार्टीको ध्यान गएको उनले जानकारी दिए।
‘राजनीतिक स्थिरताको वातावरण बनाइएको छ । अहिले समृद्धि र विकासको निम्ति सबै क्षेत्रमा हामीले संविधानमा व्यवस्था गरे अनुसार शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता जनताका आधारभुत क्षेत्रहरुलाई मौलिक अधिकारको रुपमा कानुनतः व्यवस्था गरिएको स्थिति छ,’ अध्यक्ष प्रचण्डले भने, ‘कानुनमा व्यवस्था भए अनुसार यो क्षेत्रमा प्रभावकारी कार्यान्वयनतिर जाने चुनौती हाम्रो अगाडि छ । त्यसले राष्ट्रिय एकता र सहमतिको माग गरेको छ । हामी त्यो दिशातिर अगाडि बढ्ने संकल्पमा छौँ ।’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: