Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

साउदीमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन नवनियुक्त राजदूतसँग सभामुखकाे आग्रह

काठमाडौं, माघ १५ । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित साउदी अरेवियाका नवनियुक्त राजदूत मुसैद एस. अल मारवानीसँग नेपाली कामदारहरुले साउदीको विकास निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै सभामुख महराले नेपाली कामदारहरुको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन आग्रह गरेका छन् ।

मंगलबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेट गर्दै उनले थुप्रै नेपालीहरु रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेको चर्चा गर्दै नेपाली कामदारहरुको रोजगारीको अवसर जुटाइदिएकोमा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्त गरे।

भेटका अवसरमा सभामुख महराले नेपाल–साउदी अरेबियाको कूटनीतिक सम्बन्ध चार दशकअघिदेखि नै रहेको भन्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ रहेको बताए । ‘नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध लामो समयदेखि रहिआएको छ, सभामुख महराले भने, ‘दुई देशको कूटनीतिक तथा राजनीतिक सम्बन्ध अझैं प्रगाढ र बलियो बनाउन तपाईंको भूमिकाले विशेष महत्व राख्नेछ ।’

नेपालको संसदीय परम्परा, संघीय संसदको संरचना, शासन पद्धतिलगायतको जानकारी दिँदै सभामुख महराले संघीय संसदको तर्फबाट छिट्टै नेपाल–साउदी अरेयिबा संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताए ।

‘हामीले संघीय संसदको तर्फबाट छिट्टै नेपाल–साउदी अरेयिबा संसदीय मैत्री समूह गठन गर्दैछौं, उनले भने, ‘संसदीय मैत्री समूह गठनले दुई देशबीचको संसदीय अनुभव आदानप्रदानका साथै राजनीतिक सम्बन्ध बिस्तार गर्न सहयोग पु¥याउने मैले विश्वास लिएको छु ।’

सभामुखसँगको भेटका क्रममा नेपालका लागि साउदी अरेबियाका राजदूत मारवानीले साउदी अरेबिया र नेपालको सम्बन्ध घनिष्ठ रहेकोमा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनमा सम्बन्ध थप मजबुत हुनेमा विश्वास व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमा साउदी–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन आफूले सकेको योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । राजदूत मारवानीले साउदी अरेबियाको विकास निर्माणका काममा नेपाली कामदारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै खुशी व्यक्त गरे।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending